×

NMB BANK
NIC ASIA

सयौं नेपाली तीन दिनदेखि सीमामा अलपत्र

चैत १९, २०७६

NTC
Sarbottam
कोरोना भाइरस (कोभिड– १९)को सङ्क्रमण नफैलियोस भनी सरकारले लागू गरेको लकडाउनपछि भारतबाट घर फर्केका विभिन्न १४ जिल्लाका ३०० नेपाली अनुमतिको प्रतिक्षामा । तस्वीरः नरेश केसी/ रासस
Premier Steels
Marvel

भारतका विभिन्न ठाउँबाट मजदुरी गरि फर्किएका १ सय ६३ नेपाली तीन दिनदेखि नेपाल भारत सीमाको दशगजा क्षेत्रमा अलपत्र परेका छन् ।

Muktinath Bank

    नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरसँग सिमाना जोडिएको नेपाल–भारत सीमाक्षेत्रको दशगजामा उनीहरु उद्धारको पर्खाइमा छन् । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन नेपाल र भारत दुबै देशले नेपाल–भारत जमुनाह नाका बन्द गरेका कारण भारतका विभिन्न स्थानबाट आएका नेपाली नागरिक सीमामा आइपुगेपनि स्थानीय प्रशासनले अनुमति नदिँदा अलपत्र परेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    मङ्गलवार खाना र खाजाको व्यवस्था गर्नुभएकी नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले आफुहरुले चाहेर पनि उनीहरुलाई नेपाल प्रवेश गराउन नसकेको बताइन । उनका अनुसार, सीमा नाकामा बाँकेका २७, बर्दियाका १४, दाङका ३१, सल्यानका ९, जुम्लाका १५, सुर्खेतका ७, डोल्पाका ३, अछामका ५, प्युठानका २, रोल्पाका १३, रुकुमका १०, सप्तरीका १, उदयपुरका १, स्याङ्जाका २, दैलेखका १०, झापाका ५, रुपन्देहीका १, नवलपरासीका २, मुगुका २ र अर्घाखाँचीका १ जना रहेका छन् ।


Advertisment
Nabil box
Kumari

    बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपाल–भारत सीमा नाकाबाट कसैलाई पनि प्रवेश गराउने अनुमति नभएको बताए । “उनीहरुलाई सीमा क्षेत्रमै राखेर खानेबस्ने व्यवस्था मिलाएका छौँ, उनीहरु उतै क्वारेन्टाइनमा बस्नेछन्”, उनले भने, “अबैध बाटो भएर नेपाल प्रवेश भएकालाई क्वारेन्टाइनमा राखेर खानपिनको व्यवस्था मिलाएका छौं ।” 
    नेपालगञ्जसहित जिल्लाका विभिन्न नाकामा सयौंको सङ्ख्यामा नेपाली अलपत्र परेका छन् । उनीहरु दसगजासम्म आएर बसेपनि गृहमन्त्रालयको आदेश नभएको भन्दै बाँके प्रशासनले रोक लगाएपछि अलपत्र परेका हुन् ।  राप्तीपारी नरैनापुरस्थित विभिन्न नाकाबाट प्रवेश भएका डेढ सय बढी व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । स्थानीय प्रशासनले नेपालगञ्ज नाकाबाट प्रवेशमा रोक लगाएकाले नरैनापुर क्षेत्रबाट नेपाल प्रवेश हुने क्रम बढिरहेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x