×

NMB BANK
NIC ASIA

अमेरिकामा कोरोना महामारीको सन्नाटा : उद्योग व्यवसाय बन्द, करोडौं बेरोजगार

चैत १९, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र एवं सर्वशक्तिमान राष्ट्रका रुपमा विश्वसामु सामाजिक तथा सामरिक वर्चस्व समेत कायम राख्न सफल संयुक्त राज्य अमेरिका गएको महिना दिनदेखि ‘कोभिड १९’ नाम दिइएको कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको छ ।

Muktinath Bank

करीब महिना दिन अघिसम्म अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्निया र पूर्वीय राज्य न्यूयोर्क घडीको सुइँजस्तै अनवरत मेशिनको लयमा आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेका थिए र विश्वलाई यसैगरी बडो तीब्र गतिमा नियालिरहेका हुन्थे तर अहिले त्यस्तो छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकामा यतिबेला महिनादिन अघिको जस्तो तीब्र गतिको आर्थिक विकासको भन्दा बढी महामारीबाट कसरी मुक्त हुने भन्ने हिसाब किताब हुँदैछ ।


Advertisment
Nabil box
Kumari

सम्भवतः कतिपय बहुराष्ट्रिय कम्पनीहरू यतिबेला सन् २०२० लाई स्वागत गरेर आगामी १ दशकको रणनीति तर्जुमा गर्न केही कार्यक्रमहरू गर्ने तयारीमा थिए तर नयाँ वर्षलाई स्वागत गरेको दोस्रो महिनामै आफ्नो कूल गार्हस्थ्य उत्पादनको २५ प्रतिशत अर्थात ५० खर्ब डलर बराबरको घाटा व्यहोर्नुपरेको तथ्यांक बाहिरिनु र नागरिकहरूले अकालमा मृत्युवरण गर्न बाध्य हुनुपरेका कारण अमेरिकी राज्य सञ्चालनको सम्पूर्ण संयन्त्र यतिखेर तरङ्गित छ ।

Vianet communication
Laxmi Bank

यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण अमेरिकामा मात्र करीब ४ हजार व्यक्तिले जीवन गुमाउनुपरेको छ भने यस भाइरसको संक्रमणमा परेकाको संख्या १ लाख ८० हजार नाघेको छ । यसरी भाइरसको संक्रमणमा परेको यति ठूलो संख्याका नागरिकले यसबाट मुक्त हुन संघर्ष गरिरहेका छन् । चीनको वुहानवाट उत्पत्ति भएर विश्वका झण्डै २०० देशलाई नै संक्रमणमा पारेको भाइरसका कारण अमेरिकामा ३६५ दिन र चौबीसै घन्टा खुल्ने व्यापारिक प्रतिष्ठानहरू पनि अर्को सूचना नभएसम्मको लागि बन्द गरिएका छन् । यो घडी आउला भनेर अमेरिकाका ती कम्पनी एवं सिंगो देशले नै विरलै सोचेको थियो ।

विगत वर्षहरूमा हरेक शुक्रवार साँझ खचाखच भरिने रेस्टुरेन्ट, बार र पवहरू सुनसान छन् भने यहाँ ‘लाइभ म्युजिक’बाट दर्शकलाई मनोरञ्जन प्रदान गर्ने लाखौं ‘लाइभ व्याण्ड’का सदस्य पनि बेरोजगार भएका छन् । सूचना प्रविधिले मारेको फड्कोसँगै आफ्नो हातको औंलामा विश्वका घटनाहरू केलाउने र खेलाउने कार्यमा अभ्यस्त करोडौं अमेरिकी अहिले बेरोजगार छन् । यसबेलाको अमेरिकीहरूको दिनचर्याले यस अगाडिका कहालिलाग्दा घटनालाई समेत ओझेलमा पारिदिएको महसूस भएको छ । पचासै राज्यका गभर्नर आफ्ना नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ताले २४ सै घण्टा चनाखो भएका छन् । 

अहिले अमेरिका कोरोना भाइरसको विरुद्धमा विश्वयुद्धमा होमिएभन्दा पनि बढी होमिएको छ । झण्डै १७ करोड नागरिकलाई घरभित्रै बस्न भनिएको छ भने ८ करोडभन्दा बढीले आउने साताको ‘पे चेक’ बुझ्न नपाउने स्थिति छ । हजारौं साना ठूला कार्यक्रम स्थगित भएका छन् भने हजारौं जहाज एयरपोर्टमा ग्राउन्डेड भएका छन् । त्यसलाई उकास्न ह्वाइट हाउस, सिनेट, हरेक राज्य, नेसनल गार्डदेखि अहोरात्र खटिने स्वास्थ्यकर्मी एकसाथ परिचालित छन् । अहिले अमेरिकाको सारा संयन्त्र देशलाई कारोनाको संक्रमणबाट कसरी मुक्त गर्ने भन्ने ध्याउन्नमा जुटेको छ, जुन पहिलो र दोस्रो युद्धमा होमिएको अमेरिकाभन्दा फरक छैन यहाँका पुराना नागरिकहरू । 

यसैले ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति माइक पेन्स लगायत स्वास्थ्य क्षेत्रहरूको विज्ञ टोलीले पछिल्लो अवस्थाबारे जानकारी दिन दिनहुँ पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिँदै सञ्चालन गरेका कदमदेखि चुनौतीबारे समेत प्रकाश पारिरहेका छन् । यसरी हेर्दा अमेरिकी सरकारबाट जनउत्तरदायी सरकारले गर्ने एउटा कामको अभिभारा पूरा गर्न कुनै कसर नराखिएको देखिन्छ ।

यसै सिलसिलामा सिनेटले २ ट्रिलियन अर्थात २० खर्ब अमेरिकी डलरको राहत प्योकजलाई अनुमोदन गरेको छ । दुवै सदनले अनुमोदन गरेपछि गत शुक्रवार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेर कार्यान्वयनमा ल्याइएको छ । यसले अमेरिकाको इतिहासमा पहिलो पटक सवैभन्दा बढी धनराशी खर्चिनुपरेको छ ।

यो राहात प्याकेज सन् २००८ मा वित्तीय संकटको बेलामा गरिएको वेलआउटको रकम ७०० विलयन डलरभन्दा ३ गुणा बढी छ । यसको अन्य विभिन्न शीर्षक लगायत नागरिकलाई सिधै रकम दिने प्रावधानले कठिन घडीमा जनताको लागि आशाको केन्द्र बनाएको छ । अमेरिकाको कूल जनसंख्याको ९० प्रतिशत अर्थात करीब ३१ करोड अमेरिकीलाई न्यूनतम १ हजार २०० डलरको दरले सिधै रकम दिने प्रस्ताव यसमा गरिएको छ ।

यो प्रस्ताव अनुसार हरेक परिवारका सदस्यले १ हजार २०० डलर र प्रति नाबालकलाई ५ सयका दरले अतिरिक्त रकम दिने उल्लेख गरिएको छ । यो राहत प्याकेजले अमेरिकाको अर्थव्यवस्थालाई थप चलायनमान वनाउने र नागरिक तथा व्यवसायीहरुको मनोबल उच्च वनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

अमेरिकाको कोरोना भाइरसबारे तथ्यांक राख्दै आएको मेरिल्याण्ड राज्यमा रहेको र विश्वको उत्कृष्ट चिकित्सिा विज्ञानको पढाइ हुने जोन हप्किन्स विश्वविद्यालयले राखेको तथ्यांकअनुसार वाशिङ्गटन स्टेट्बाट पैmलिएको यो कोरोना भाइरसले सबैभन्दा बढी विश्वको वित्तीय राजधानीको रुपमा रहेको न्यूयोर्कलाई इपिसेन्टरको रुपमा गाँजेको छ । न्यूयोर्क राज्यमा मात्र मृत्युवरण गर्नेहरूको संख्या १ हजार २०० नाघेको छ भने ६६ हजार ४९७ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । यसैले अहिले अमेरिकाको ध्यान न्यूयोर्क शहरका नागरिकलाई कसरी आश्वस्त पार्ने भन्नेमा केन्द्रित छ । अत्याधिक मात्रामा बिरामी भएपछि सार्वजनिक स्थलहरूलाई अस्पतालको रुपमा परिणत गरिएको छ भने सोमवार मात्र नेभीको एउटा पानी जहाजलाई अस्थाई अस्पतालको रुपमा विकसित गरेर न्यूयोर्क पुर्‍याइएको छ । यसको क्षमता १ हजार अस्पतालको बेड बराबरको रहेको छ । न्यूयोर्कका मेयर विल डि व्लाजियोले भेन्टिलेटरको संख्या बढाइएको र बेडको संख्या पनि ३४ हजारसम्म पुर्‍याइएको जानकारी दिएका छन् ।

उता अर्को राज्य क्यालिफोर्नियामा पनि नेभी अस्पताल पानीजहाज लस एञ्जेलसको बन्दरगाहमा शुक्रवार पुगेको छ उक्त अस्पतालमा पनि १ हजार बेड क्षमताको भएको जनाइएको छ । एकपछि अर्को राज्य गर्दै पुगेको कोरोना भाइरसको कारणले टेक्सास राज्यले न्यूयोर्क र न्यूजर्सी राज्यमा भ्रमण गरेर आएकाहरूले अनिवार्य रुपमा १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम बताएको छ ।

अहिले अमेरिकाका १७ वटा राज्यमा स्वास्थ्यको दृष्टिकोणले संकटकाल लगाइएको छ । त्यसमध्ये आक्रान्त राज्यहरू क्यालिफोर्निया, न्यूयोर्क र वासिङ्गटन रहेका छन् । खासमा भाइरसको प्रकृतिअनुसार मानिसको मानिससँगको नजिकको संसर्गबाट लाग्ने भनेर सचेत गराइएको भएपनि कतिपय मानिसहरू थाहा नपाई यो भाइरसको शिकार भएका छन् ।

अहिले अमेरिकाको न्यूयोर्कमा नै भाइरसको संक्रमण अत्याधिक हुनुको कारणबारे टिप्पणी गर्नु त त्यति व्यावहारिक नहुन सक्छ तर अमेरिकाको पर्यटकीय गन्तव्य भएको कारणले विश्वसँग यसको ठूलो सञ्जाल संयन्त्र नै भाइरस संक्रमणको मुख्य कारण बन्न पुगेको सञ्चारमाध्यमहरू बताउँछन् ।

कूल १ करोड जनसंख्या भएको न्यूयोर्कमा वार्षिक करीब ७ करोड पर्यटक भ्रमण गर्ने र त्यसमध्ये १ करोड ५० लाखभन्दा बढी विभिन्न देशबाट आउने गरेको तथ्यांक देखिएको छ । न्युयोर्कको कम्तीमा १ पटक भ्रमण गर्ने इच्छा त्यसमध्ये १ करोड ५० लाखभन्दा वढी विभिन्न देशबाट आउने गरेको तथ्यांक देखिएको छ । – मधुकर अधिकारी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x