दुर्घटनामा १ जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

सुनसरी सदरमुकाम इनरुवा–६ घोपाली टोलमा एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इनरुवा–६ मधेशाकी ३५ वर्षीया रत्ना श्रेष्ठ रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताए ।


Advertisement

पूर्वपश्चिम राजमार्गअन्तर्गत घोपाली टोलमा को१च ९६०५ नम्बरको एम्बुलेन्सले को१६प २०६४ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार श्रेष्ठको ज्यान गएको प्रहरी नायव उपरीक्षक शर्माले बताए ।

मृतक श्रेष्ठ मधेशा स्वास्थ्य चौकीमा कार्यरत रहेको बताइएको छ । ठक्कर दिने एम्बुलेन्स र चालक मोरङ सुन्दरहरैचाका ४० वर्षीय चन्द्र राई प्रहरी नियन्त्रणमा रहेका छन् ।


Advertisement

कमेन्ट गर्नुहोस्