कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
कोरोना भाइरस संक्रमण पत्ता लगाउन जाँच गर्ने मशिन २ नम्बर प्रदेशको जनकपुर पुगेको ३ दिन भएपनि जडान हुन सकेको छैन ।
संघीय सरकारको स्वास्थ्य मन्त्रालयले पठाएको उपकरण हालसम्म जडान हुन सकेको छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंबाट मशिन लिएर आएका सुरेन्द्र मधुपका अनुसार प्रादेशिक अस्पताल जनकपुरमा ठाउँ, कोठा तथा मशिन जडान गर्नका लागि चाहिने वातावरण नमिलेका कारण मशिन आएको २ दिन बित्न लाग्दा पनि जडान हुन सकेको छैन ।
गत मंगलवार साँझ २ वटा अलग–अलग चारपांग्रे पीकअप भ्यानमा बोकेर मशिन जनकपुर ल्याइएको थियो । ४५० किलोग्राम तौल भएको बायो सेफ्टी क्याबिनेट मशिन, पोर्टेबल रियल टाइम (पीसीआर) मशिन, संक्रमणलाई मार्नका लागि अटो केल्भ मशिन, केमिकल रि–एजेन्ट सहितका उपकरण तथा सामग्री ल्याइएका थिए ।
‘ती मशिनहरू छिटोभन्दा छिटो प्रदेशमा पुर्याउन सकियोस् र नबिग्रियोस् भनेर जोखिम कम गर्न अन्य प्रदेशमा प्रदेश सरकारले हेलिकप्टर चार्टर गरेर लगेका थिए,’ मधुपले भने, ‘तर प्रदेश २ सरकारले हेलिकप्टर भाडाका लागि पैसा नभएको भन्दै राष्ट्रिय प्रयोगशालाको भ्यानमा नै हामीले मेशिन ल्याएका हौं ।’
उपकरण मंगलवार साँझ जनकपुर पुग्यो तर मशिन कुन ठाउँमा राख्ने वा प्रयोगशाला कहाँ स्थापना गर्ने भन्ने यकिन नभएका कारण बुधवार २ बजेसम्म उपकरण जडान हुन सकेन ।
प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नागेन्द्र यादवले अस्पतालको तेस्रो तल्लामा एउटा कोठा सुनिश्चित गरेपछि मशिन राख्ने ठाउँ मिल्यो तर त्यहाँ पनि धेरै व्यवस्थापन मिलाउनुपर्ने भएकाले मशिन जडान हुन सकेको छैन ।
तेस्रो तल्लामा मशिन पुर्याउन धौधौ परेको अस्पताल स्रोतले जनायो । मेसुले जनशक्ति नै नपाएपछि मेसुसहित काठमाडौंबाट आएका २ जना र केही स्वास्थ्यकर्मी आफैंले मशिनलाई तेस्रो तलामा पुर्याएका थिए ।
‘मशिन माथि कोठामा पुगेपनि कोठाको ढोका सिधा करिडोरमा खुल्ने भएकाले तत्कालै मशिन सञ्चालनमा ल्याउन सकेनौं,’ मधुपले भने, ‘बाहिरी वातावरणसँग सिधा सम्पर्क हुने भएपछि अब त्यस कोठाभित्र विभिन्न पार्टिसन गर्ने तथा सेटअप गर्ने काम शुरू गरिएको छ ।’ बिहीवार साँझसम्म पार्टिसन सेटअप भए रातिदेखि मशिन सञ्चालनमा ल्याएर कोरोनाको परीक्षण शुरू गर्न सकिने उनले बताए ।
तीब्रगतिमा कोरोना संक्रमण परीक्षण गर्न उपकरण आएपनि १ दिनमा १० वटासम्म मात्र नमूना परीक्षण गर्न सकिने उनले बताए । ‘एक पटकमा एउटा मात्र नमूनाको परीक्षण गर्न सकिन्छ,’ उनले भने, ‘त्यसको १ घण्टापछि रिपोर्ट आउने गर्छ ।’ त्यसकारण १ दिनमा बढीमा १० घण्टासम्म मात्र मशिन चलाउन सकिने हुँदा १ दिनमा बढीमा १० जनाको मात्र नमूना परीक्षण गरेर प्रतिवेदन दिन सकिने उनले बताए ।
ठूलो मशिनमा १ पटकमा ८० वटा नमूनाको परीक्षण गर्ने गरिन्छ । ठूलो मशिन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा मात्र छ ।
स्वास्थ्य मन्त्रालयले २ नम्बर प्रदेशको लागि नमूना संकलन गर्ने ५ सय किट समेत पठाएको छ । संघीय सरकारले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको आपूर्ति शाखामा १ हजार सेट पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई) समेत पठाएको छ ।
नमूना संकलन गर्न प्रयोगशालाका प्राविधिकले पीपीई लगाउनुपर्छ । मशिनमा परीक्षण गर्ने बेला समेत पोशाक लगाउनुपर्ने जनाइएको छ ।
प्रदेशमा नमूनाको परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भाइरोलोजिस्ट विवेक तिमिल्सिनालाई जनकपुर पठाएको छ । प्रादेशिक अस्पताल जनकपुरमा समेत १ जना भाइरोलोजिस्ट पहिलेदेखि नै नियुक्त छन् । काठमाडौंबाट आएका तिमिल्सिना भने जनकपुरकै प्रयोगशालामा १ महिना बस्ने छन् भने ल्याब सेटअप गरेर मशिन सञ्चालनमा ल्याइसकेपछि मधुप काठमाडौं फर्किने छन् । माइक्रो बायोलोजिस्ट रहेका उनी काठमाडौं विश्वविद्यालयको धुलिखेलस्थित अस्पतालमा कोरोना भाइरसको नमूना परीक्षण गर्ने काम गर्छन् ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...