×

NMB BANK
NIC ASIA

इटलीमा कोरोनाको कहर किन यति उच्च ?

चैत २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

संसारभरि कोरोनाभाइरसको संक्रमण फैलिरहँदा इटलीमा यसको कहर अन्तको भन्दा बढी देखिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

केही विज्ञहरूले इटलीमा महाव्याधिको सामनाका लागि समयमा नै उपाय नअपनाइएकाले मृत्युदर उच्च भएको बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फेब्रुअरी २० मा पहिलो ज्यान गएदेखि इटलीमा कोरोनाले १३ हजार १५५ जनाको ज्यान लिइसकेको छ । त्यहाँ १ लाख १० हजार ५७४ वटा केस छन् र मृत्युदर ११.९ प्रतिशत छ । अन्य देशको तुलनामा यो निकै बढी हो । 


Advertisment
Nabil box
Kumari

विश्व स्वास्थ्य संगठनको आँकडाले पनि प्रति १० लाख मानिसमा २१८ जनाको मृत्यु भएको देखाउँछ ।

Vianet communication
Laxmi Bank

प्रत्येक राति सिभिल प्रोटेक्सनका अधिकारीहरूले नयाँ संक्रमण, निको भएका बिरामी र मृत्यु भएकाहरूको पछिल्लो आँकडा प्रस्तुत गर्ने गरेका छन् । इटलीमा भाइरसले किन यति धेरै तबाही मच्चाएको हो भन्ने विषयमा स्थानीय सञ्चारमाध्यमले अनेकथरी सिद्धान्त प्रतिपादन गरेका छन् । 

‘सघन उपचार गराइरहेका मानिसबाहेक हामीले दिनदिनै हेर्ने आँकडाहरू सही छैनन्,’ सान्तागोस्तिनो मेडिकल सेन्टरका जनरल म्यानेजर लुका फोरेस्तीले बताए । ‘गलत सूचना दिने उद्देश्य हैन । यहाँको स्वास्थ्य जाँच प्रणाली आधाअधुरो छ ।’

‘लक्षण देखिएका वा नदेखिएका सबै मानिसलाई एउटै किसिमले स्वास्थ्य जाँच गरेमा बिरामीको सही संख्या निकाल्न सकिन्छ,’ उनले भने । ‘तर सरकारले लक्षण भएका मानिस वा संक्रमितसँग नजिक भएका मानिसको मात्र परीक्षण गरिरहेको छ ।’

‘अनि इटलीमा स्वास्थ्य परीक्षण प्रक्रिया र तथ्यांकगत लेखा क्षेत्रै भिन्न भिन्न छ,’ फोरेस्टीले भने । 

तथ्यांक कम्पनी स्ट्याटिस्टिकाले संकलन गरेको सूचना अनुसार, ५ करोड ९० लाख जनसंख्या भएको इटलीमा मंगलवारसम्म ५ लाखभन्दा केही बढी मात्र परीक्षण गरिएका छन् । अर्थात् १ प्रतिशतभन्दा कम मानिसको स्वास्थ्य परीक्षण गरिएको छ र परीक्षण गरिएकामध्ये २० प्रतिशत जतिमा संक्रमण भेटिएको छ । 

परीक्षण नगरिएका धेरैजसोमा कोरोनाभाइरसका हलुका लक्षण देखिएको वा लक्षणै नदेखिएको हुन सक्ने, फोरेस्टी र अन्य विश्लेषकहरूले बताए । 

सिभिल प्रोटेक्सन अधिकारीहरूले अर्को प्रश्न पनि उठाइरहेका छन् । अस्पतालमा कोरोनाभाइरसका बिरामी खचाखच भरिएपछि अस्पतालमा उपचार गराउन आउनुअघि नै मृत्यु भएकाहरूलाई भाइरसले मृत्यु गराएको भनी गणना गर्न मिल्छ ? 

आधिकारिक तथ्यांक अनुसार, संसारभरिका कोरोनाभाइरस केसमध्ये १० प्रतिशतभन्दा केही बढी त इटलीमै छन् जबकि इटलीको जनसंख्या विश्व जनसंख्याको १ प्रतिशत पनि छैन । 

फाब्रिजियो प्रग्लिआस्को मिलान विश्वविद्यालयको डिपार्टमेन्ट अफ बायोमेडिकल सायन्सेज फर हेल्थका रिसर्च फेलो हुन् । 

उनले भने, ‘फ्रान्स, जर्मनी, अमेरिका तथा अन्य देशमा भन्दा पहिले इटलीमा भाइरस फैलियो । हामीहरू दुई हप्ताअघि जस्तो स्थितिमा थियौं, यी देशहरू अहिले त्यो स्थितिमा छन् ।’

सिन्ह्वाबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x