×

NMB BANK
NIC ASIA

कोरोना महाव्याधिका कारण युरोपेली संघ संकटमा

चैत २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस युरोपका लागि भयानक त्रासदीका रूपमा आएको छ । युरोपमा दिनदिनै सयौं मानिसको मृत्यु भइरहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

युरोपमा मात्र मृतकको संख्या ३० हजार पुगिसकेको छ । त्यसमा पनि इटली र स्पेनमा गरी २० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसै पनि युरोप अनेकौं संकट झेलिरहेको छ । युरोजोन बेलआउट, अवैध प्रवासी र ब्रेक्जिटका कारण युरोप अहिले जर्जर छ । तर कोरोनाको संकट यी सबैभन्दा बढी खतरनाक बनेको छ । 


Advertisment
Nabil box
Kumari

यसैले युरोपेली संघलाई फुटाउँछ कि भनी आशंका गरिएको छ । युरोपीयन युनियन कसिमसनका पूर्वप्रमुख जेकस डीलोर्सले संकटको घडीमा एकताको अभावले युरोपेली संघको अन्त्य हुन सक्ने बताएका छन् । 

Vianet communication
Laxmi Bank

इटलीका पूर्व प्रधानमन्त्री एनरिको लेट्टाले पनि कोरोनाभाइरसका कारण युरोपेली संघ टुट्न लागेको बताएका छन् । महामारीले युरोपवादको अवधारणामा धक्का पुगेको उनको भनाइ छ । 

युुरोपेली मुलुकहरूले शुरूदेखि नै मेडिकल किटको निर्यातमा रोक लगाएका थिए र सीमामा नियन्त्रणको कोशिश गरेका थिए । देशहरूले त्यसो गर्दा युरोपका नागरिक छक्क परे । तर जर्मनी, अस्ट्रिया र लक्जेमबर्गले युरोपका अन्य मुलुकका बिरामीका लागि पनि आफ्ना अस्पताल खुला राखे ।

फ्रान्स र जर्मनीले इटलीमा मास्क पठाए । महाव्याधिको प्रकोप मच्चिँदा शुरूमा इटलीलाई युरोपेली संघका अन्य मुलुकले सहायता नगर्दा रुस र चीनले सहायता गरे । 

कोरोनाको त्रासदीपछि युरोपेली संघका पुराना घाउहरू बल्झिएको बताइएको छ । ईयूका पूर्व एनलार्जमेन्ट कमिस्नर हीथर ग्रेबाले अनेकौं समस्याहरू लगालग आइरहेकाले युरोपेली संघका मुलुकहरूमा विश्वासको संकट आएको बताए । 

नेदरल्यान्ड्सका अर्थमन्त्री वोप्के होइकेस्त्राले कोरोना महामारीसँग लड्न ईयूले कुनै तयारी नगरेको बताए । 

कोरोनाका कारण आएको आर्थिक मन्दीबका विषयमा युरोप दुई खेमामा बाँडिएको छ । फ्रान्स, इटली र स्पेन अनि अन्य ६ वटा देश युरोजोनको ऋण मिलेर तिर्ने प्रस्तावमा सहमत छैनन् । 

जर्मनी, अस्ट्रिया र नेदरल्यान्ड्स चाहिँ त्यसको पक्षमा छन् । अघिल्लो साता यस विषयमा सहमति कायम हुन सकेन । 

कोरोना फैलिएपछि हंगेरीमा राष्ट्रपति भिक्टर ओर्बानले आफूलाई थप निरंकुश बनाउने कानून ल्याउँदा पनि ईयूले केही बोल्न सकेन । 

इटलीका नागरिकहरू ईयूविरुद्ध आक्रोशित रहेको खबरहरू पनि आएका छन् । पोलिटिकल रिस्क कन्सल्टेन्सीका संस्थापक फ्रान्सिस्को गलिएतीले संकटको घडीमा ईयूले इटालीका जनतालाई एक्लो पारेको आरोप लगाए । 

मार्च १२ र १३ मा गरिएको एक सर्वेक्षणमा ८८ प्रतिशत इटालेलीहरूले ईयूबाट सहयोग नपाइएको बताए । अनि ६७ प्रतिशतले ईयूको सदस्यता इटलीका लागि हानिकारक रहेको बताए । मुश्किल पर्दा चीन र रुसले सहयोग गरेको भनी इटालेलीहरूले सम्झिरहेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x