मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
कान्ति बाल अस्पतालमा कोभिड–१९ को शङ्का गरेर अहिलेसम्म १४ जना बालबालिकाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । ती बालबालिकामा देखिएको रुघाखोकी, ज्वरो, निमोनियालगायतका स्वास्थ्य समस्या उपचारपछि निको भएर घरसमेत फर्किसकेका छन् ।
ती १४ मध्ये ११ नेपाली र तीन भारतीय बालबालिका रहेको अस्पतालले जनाएको छ । कोभिड–१९ का लक्षणसँग मिल्दा लक्षण देखिएपछि अस्पतालले ती बालबालिकाको टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा स्वाब पठाएर परीक्षण गरेको थियो ।
नौ बालबालिकाका घरमा परिवारका सदस्य विदेशबाट फर्किएकाले शङ्का गरिएको अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार बिरामीका परिवार र आफन्तका बारेमा विस्तृत जानकारी लिइएको थियो ।
त्यस क्रममा यी बालबालिकाको परिवारका सदस्य विदेशबाट फर्किएपछि अरुको संसर्गमा नआई ‘क्वारेन्टाइन’ बसेको नपाइएको उनले बताए । उनले भने, ‘यी बालबालिका विदेशबाट आएका परिवारका सदस्यसँग चकलेट खाने, नजिक बस्ने पाइएकाले छुट्टै राखेर परीक्षण गरिएको हो ।’
शुरुमा आउँदा उनीहरुमा ज्वरो, खोकी, निमोनिया, श्वासफेर्न गाह्रोलगायतका समस्या पाइएको थियो । कोभिड–१९ का लक्षणसँग मिल्दा लक्षण भएकाले बालबालिका, अभिभावकसँगै अस्पताल आउन पनि डराएको उनले बताए । उनले भने, ‘उनीहरुमा सङ्क्रमण नभएको पुष्टि भइसकेको छ र नयाँ बिरामी यस्तो लक्षणका आएका छैनन् ।’
सरकारको निर्देशानुसार अस्पतालले कोभिड–१९ का बिरामी आउन सक्ने भन्दै आवश्यक तयारी गरिसकेको छ । अस्पतालमा ‘आइसोलेसन बेड’ तयारी रहेको र यी बिरामीलाई हेर्न चिकित्सकलाई आवश्यक पर्सनल पोटेक्टिभ इक्युपमेन्ट (पिपिई) तयारी रहेको अस्पताल निर्देशक डा पौडेलले जानकारी दिए ।
अस्पतालले विभिन्न निकायबाट आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री जोहो गरेको छ । यी पोशाक बिरामी हेर्नुपर्ने प्रथम प्राथमिकताका कर्मचारीले मात्रै प्रयोग गर्छन् । उनले भने, ‘कतिपय सरकारले दिएको हो भने कति हामीले खरिद गरेको र कतिपय दाताले सहयोग गरेका छन् ।’
अस्पतालले बहिरङ्ग विभाग वा आकस्मिक कक्षमा जता आएका बिरामीलाई पनि देखिएको लक्षण र उसको विस्तृत विवरणका आधारमा आवश्यक देखिँदा आइसोलेसनमा राख्ने गरेको छ । कुनै बिरामीका आफन्त कोभिड–१९ को सङ्क्रमण फैलिएको देशबाट आएको छ भने उसको विशेष निगरानी गरिन्छ ।
विदेशबाट आएकासँग नजिक रहेको कुरुवाले जानकारी दिएमा उसलाई ‘आइसोलेसन’ मा राखेर परीक्षण गरिन्छ । परीक्षणको नतिजा पोजेटिभ हुँदा थप उपचार हुन्छ भने नदेखिएमा उसमा देखिएका स्वास्थ्य समस्याको उपचार हुन्छ ।
यो १४ दिनबीच विदेशबाट परिवारका सदस्य आएको छ भने उसलाई कोभिड–१९ सँग मिल्दो लक्षण देखिँदा शङ्का गरिन्छ । अहिलेसम्म सङ्क्रमण पुष्टि भएका ६ जना विदेशबाट आएकाले पनि नेपालमै बसिरहेका व्यक्तिलाई शङ्का नगरिएको हो । उनले भने, ‘अहिलेसम्म यहाँको समुदायसम्म सङ्क्रमण फैलिइसकेको छैन ।’
मौसम परिवर्तनको समय भएकाले पनि बालबालिकामा सामान्य रुघाखोकी र ज्वरो आउनसक्छ । धेरै अभिभावक भने सामान्य रुघाखोकीलाई पनि कोभिड–१९ को लक्षण हुनसक्छ भनी अत्तालिने गरेका छन् । सामान्य रुघाखोकी र ज्वरोका बिरामीलाई अधिकांश अभिभावकले घरमै प्यारासिटामोल खुवाउन सक्ने उनको सुझाव छ ।
घरमा खुवाउँदा निको हुँदैन भन्ने लाग्दा पनि आफ्नो नजिकैको स्वास्थ्य संस्थामा जँचाउन सकिन्छ । कान्ति अस्पतालले पनि अहिले तत्काल उपचार नगरी नहुने वा ठूलो समस्या आउँदाबाहेक फलोअपका लागि अहिले अस्पताल नआउन बिरामी बालबालिकाको अभिभावकलाई आग्रह गरेको छ ।
‘लकडाउन’ मा जिल्ला जिल्लाबाट वा काठमाडौँमा पनि आउन सहज नभएकाले अत्यावश्यक बाहेक अस्पताल नआउन भनिएको हो । जुनसुकै बालबालिकामा स्वास्थ्य समस्या देखिँदा ड्युटीमा रहेका चिकित्सकलाई सोध्न सकिने गरी नम्बर तय भएका छन् ।
अभिभावकले सामान्य रुघाखोकीलगायतका समस्या देखिएकामा ०१४४२७४४९ वा ९८४७३८६२०५ मा फोन गरेर डाक्टरसँग बुझ्न सक्नेछन् । त्यस्तै शल्यक्रियासम्बन्धी समस्याका बारेमा अस्पतालमा ४४४३१३१ वा ९८४७३८६१५० नम्वरमा फोन गरेर बुुझ्न सकिनेछ ।
उनले भने, ‘फलोअपका लागि बालबालिका ल्याउनुपर्दा पनि अभिभावकले पहिले यी नम्बरमा फोनबाट बुझेर आवश्यक भएमात्रै ल्याउन सक्नुहुन्छ ।’
अस्पतालका प्रशासकीय अधिकृत गंगाराम गिरीले अस्पतालमा जुनसुकै समयमा सङ्क्रमित बालबालिका आउन सक्ने भनी तयारी अवस्थामा रहेको जानकारी दिए । रासस
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...