×

NMB BANK
NIC ASIA

राहत प्याकेज कार्यान्वयनमा मतभेद : बैङ्कले अटेर गरेको भन्दै उद्योगी–व्यवसायी असन्तुष्ट

चैत २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना सन्त्राससँगै सरकारले ब्याजमा दिइएको छुट कार्यान्वयनमा बैङ्कहरूले आलटाल गर्न खोजेपछि उद्योगी रुष्ट बनेका छन् । सरकारको घोषणालाई बैङ्कहरूले कार्यान्वयन गर्न नमानेको भन्दै सुनसरी–मोरङका उद्योगी–व्यवसायी रुष्ट बनेका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

बैङ्करहरूले सरकारले घोषणा गरेको ब्याज छुटको राहत औद्योगिक क्षेत्र र दीर्घकालिन कर्जाका लागि नभएको दाबी गरेपछि उद्योगी–व्यवसायीले नेपाल राष्ट्र बैङ्क र अर्थ मन्त्रालयसँग सहयोगका लागि आग्रह गरेका छन् । उद्योग सङ्गठन मोरङमा बिहीबार भएको छलफलपछि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कसँग सरकारको कार्यक्रमको विषयमा बैङ्कहरूलाई प्रस्ट पारिदिन अनुरोध गर्ने निर्णय पनि गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्योग सङ्गठन मोरङका वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेलका अनुसार बैङ्कले औद्योगिक क्षेत्रमा प्रवाह गरेको दीर्घकालीन कर्जा छुट दिन नसक्ने बताउँदै आएका छन् । उनीहरूले यो प्रावधान साना लगानीकर्ता र रियल स्टेटका लागि मात्रै हो भन्ने बुझिरहेका छन्, उपाध्यक्ष प्याकुरेलले भने, बैङ्कलाई बुझ्ने भाषामा परिपत्र गरिदिनुप¥यो भनेर राष्ट्र बैङ्क र अर्थ मन्त्रालयसँग आग्रह गर्दै पत्राचार गरेका हौँ ।


Advertisment
Nabil box
Kumari

उद्योगीहरूले सरकारले घोषणा गरेको राहतको प्याकेजले तत्काल सम्बोधन भए पनि दीर्घकालीन समाधान मान्न नसकिने बताउँदै आएका छन् । बैङ्कले ऋण प्रवाह गर्दा एक अङ्कको ब्याज दर कायम हुनुपर्ने र आधार दरको दोब्बर नहुने सीमा तोक्नुपर्ने मागसमेत उद्योगीहरूको छ । अल्पकालीन समयमा समेत विद्युत्को डिमान्ड शुल्क बुझाउनुपर्ने बुँदालाई सरकारले थप सम्बोधनमार्फत खारेज गर्नुपर्ने निष्कर्ष उद्योगी–व्यवसायीको छ ।

Vianet communication
Laxmi Bank

उद्योग बन्द छन् तर विद्युत् कार्यालयले डिमान्ड शुल्कको बिल पठाउँछ, उपाध्यक्ष प्याकुरेलले भन्नुभयो, हामीले यो बुँदाको सम्बोधन आवश्यक छ भनेर ठहर गरेका छौँ । उनले विश्व नै सङ्कटमा परेका बेला उद्योगीहरूले सरकारलाई सहयोग गर्दै अर्थतन्त्र उठाउन कस्सिनुपर्ने अवस्था आएको बताए । साना तथा मझौला उद्योगको उत्पादन कटौती भएकाले अर्थतन्त्रमा नकारात्मक प्रभाव देखिने भए पनि अहिले हतासको अवस्था सिर्जना गर्न नहुने उद्योगी–व्यवसायीको बुझाइ छ ।

उद्योगी–व्यवसायीको मनोबल उच्च बनाउन सरकारले र सरकारको मनोबल उच्च बनाउन उद्योगी व्यवसायीले आ–आफ्नो ठाउँमा भूमिका निर्वाह गर्नुपर्ने मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाको भनाइ छ । उनले तत्काल सरकारसँगै निजी क्षेत्रले नागरिकको जीवन रक्षा र स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने भएकाले धेरै विषयपछि छलफलमा लगिने बताए ।

आयातमुखी व्यापार रहेको देशको अर्थतन्त्र धरापमा पर्नसक्ने बताउँदै अध्यक्ष मुन्दडाले सरकारले अहिले घोषणा गरेको राहतको कार्यक्रमलाई पुनर्विचार गर्नुपर्ने दिन आउने दाबी गरे । उनले सधैँ सरकारसँगै माग्नुपर्ने बाध्यता रहे पनि दुःखमा घोषणा गरेकै कार्यक्रमलाई स्वीकार गर्नुको विकल्प नरहेको बताए । ब्याज दरको पुनर्मूल्याङ्कन गरेर घटाउन आवश्यक रहेको र बैङ्कहरूले चलाइरहेको मनोमानी र बीमा कम्पनीको प्रिमियम नीतिको विषयमा सरकारसँग थप छलफल गरिने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x