×

NMB BANK
NIC ASIA

कोरोनाका रोगीले अर्को मानिसको मुखमा थुके, केही समयपछि मृत्यु (भिडियो)

चैत २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

थाइल्यान्डको बैंककमा कोरोनाभाइरसका एक रोगीले ट्रेनको टिकट किन्नका लागि लाइनमा बस्दै गर्दा अर्को मानिसको अनुहारमा थुकेका छन् । पछि थुक्ने ती व्यक्ति रेलको डब्बामा मृत अवस्थामा भेटिए । 

Muktinath Bank

अनान साहो नामक ती व्यक्तिलाई सोमवार ट्रेनको डब्बामा मृत फेला पारिएको हो । त्यसअघि यात्रामा उनले लगातार खोकेको र बान्ता गरेको बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकको ट्रेन स्टेसनमा रहेको सीसीटीभीको फूटेजमा साहोले टिकट किनिरहेका अर्का व्यक्तिलाई थुकेको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

थुकिएका व्यक्तिलाई अधिकारीहरूले खोजिरहेका छन् । ती व्यक्तिमार्फत अन्यमा भाइरस सर्ने डर छ । 

Vianet communication
Laxmi Bank

साहो बैसाखी लिएर हिँडिरहेका देखिन्छन् । पाकिस्तानबाट आएका उनी बैंककबाट नाराथिवाट जान खोज्दै थिए । 

बैंककको बाङसु स्टेसनमा उनले अज्ञात यात्रुलाई थुकेका थिए । त्यसपछि ट्रेन चढेर गन्तव्यतर्फ जाँदै गर्दा उनी बाटैमा बितेका थिए । 

उनलाई स्टेसनमा तापक्रम जाँच्दा ९६.८ फारेनहाइट मात्र देखिएको थियो । सामान्य तापक्रमका कारण कसैले पनि उनीमाथि शंका गरेन । 

तर यात्राका क्रममा उनलाई खोकी लाग्यो र उनले बान्ता समेत गरे । त्यसबीचमा ट्रेनका एक कर्मचारीले उनको तस्वीर खिचे अनि आईडी कार्ड पनि लिए । तर हुआ हिन रेलवे स्टेसन पुग्दा उनको स्वास्थ्यमा सुधार आएको थियो । 

फेरि एकपटक तापक्रम लिँदा सामान्य नै पाइयो । अधिकारीहरूले उनलाई हुआ हिनमा आराम गर्न भने तर उनले यात्रा जारी राख्ने अड्डी लिए । 

राति सबा १० बजेतिर चाहिँ उनी शौचालयअगाडि ढलिरहेको अवस्थामा भेटिए । त्यतिखेर ट्रेन थाप साकाए जिल्ला पुगेको थियो । 

स्वास्थ्यकर्मीहरूले उनको मृत शरीरको परीक्षण गर्दा कोभिड–१९ देखियो । उनलाई मधुमेह पनि थियो । 

अन्य यात्रुहरूलाई तत्कालै त्यो डब्बाबाट बाहिर ल्याइयो । डब्बालाई ट्रेनबाट छुट्ट्याइयो । डब्बालाई सुरक्षा वस्त्र लगाएका कामदारले संक्रमणमुक्त बनाए । 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x