कोरोना फैलिएको बेलामा जन्मिएका यी जुम्ल्याहाको नाम राखियो ‘कोरोना’ र ‘कोभिड’

कोभिड–१९ महाव्याधिले संसारलाई आक्रान्त पारेको बेलामा भारतको छत्तीसगढमा बस्ने एक जोडीले आफ्ना नवजात जुम्ल्याहा शिशुको नाम ‘कोरोना’ र ‘कोभिड’ राखेका छन् । 

यी दुई शब्दले अरू मान्छेको मनमा डर उत्पन्न गर्ने भए पनि रायपुरको जोडीले यी शिशुहरू अप्ठ्यारो अवस्थालाई पनि जितेको प्रतीकका रूपमा रहेको दाबी गरे । कोरोनाका कारण देशभरि लकडाउन लगाइएर सामान्य जीवन अवरुद्ध भएको बेलामा शिशुहरू जन्मिएकाले तिनले कठिनाइमाथिको विजयलाई संकेत गर्ने मातापिताको भनाइ छ । 


Advertisement

जुम्ल्याहामा एक छोरी र एक छोरा छन् । 

उनीहरूको जन्म रायपुरको सरकारी अस्पतालमा आइतवार मध्यरातमा भएको हो । 


Advertisement

पछि आफ्नो निर्णय बदलेर बच्चाहरूको फरक नाम राख्न सक्ने मातापिताले बताए । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्