×

NMB BANK
NIC ASIA

सरकारी राहत नजिकको पसलबाटै पाइने, कुपन भने वडामा

चैत २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं महानगरपालिकाले लकडाउनमा भीडभाड हुन नदिन राहत वितरणलाई कुपन मार्फत शुरु गरेको छ । 

Muktinath Bank

कामपा वडा नं ४ ले दैनिक ज्यालादारीमा गुजार चलाउने मजदुरलाई राहत सामग्री लिन नाम दर्ता भएकालाई कुपन दिई नजिकको खाद्य पसल मार्फत सामग्री खरिद प्रक्रिया शुरू गरेको हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसका लागि वडा कार्यालयले  खाद्य पसलसँग समन्वय गरिसकेको छ । ती पसलधनिलाई वडा कार्यालयले विलका आधारमा भुक्तानी गर्ने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार अहिले वडा नं ४ ले यसको शुरुवात् गरेको छ । यो राम्रो हो यसको अनुशरण अन्यले पनि गर्न आवश्यक रहेको देखिन्छ । सो वडामा मात्रै दुई हजारजनाले राहत सामग्रीका लिन निवेदन दिएका छन् । 

Vianet communication
Laxmi Bank

कामपाले विपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार सङ्ख्याका आधारमा राहत उपलब्ध गराउन शुरू गरेको हो । अहिले कामपाको सबै वडाकार्यालयमार्फत राहत वितरणको कार्य भइरहेको छ । 

गत मंगलबार कार्यपालिकाको ४३औं विशेष बैठकले ‘कोरोना भाइरससम्बन्धी राहत वितरण मापदण्ड–२०७६’ जारी गर्दै गरेको व्यवस्थाअनुरुप महानगरले राहत सामग्री वितरण गरेको हो ।  

कोरोना भाइरसको जोखिम हुन नदिन सरकारले जारी गरेको लकडाउनले अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द रहेका छन् । मानिस घरभित्र बसेका छन् ।

दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई समस्या पर्ने भएकाले  समान प्रकारको राहत र सहयोग उपलब्ध गराउन मापदण्ड बनाइएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

मापदण्डले अभिभावक नभएका, आफ्नो आयस्रोत तथा जायजेथा नभएका, अरुको सहयोग तथा सहारामा बस्दै आएका व्यक्तिलाई असहाय भनेको छ । 

महानगर क्षेत्रमा सञ्चालनमा रहेका अनाथ आश्रम, वृद्धाश्रम, संरक्षण गृह, मन्दिर, गुम्बा, मस्जिद आदिमा आश्रित व्यक्तिलाई पनि राखिएको छ । 

त्यस्तै आम्दानीको कुनै स्थायी स्रोत नभएका, दैनिक जीवन गुजारा गर्न धौधौ पर्ने सम्बन्धित वडाले अति विपन्न हो भनेर प्रमाणित गरेका व्यक्ति र परिवारलाई अतिविपन्न मानिएको छ । 

प्रवक्ता डङ्गोलका अनुसार त्यस्ता परिवारको विवरण राख्ने काम र वितरणको कामसँगै भइरहेको छ त्यसैले अहिले कतिको सङ्ख्यामा रहेका छन् भनी यकिन जानकारी छैन । 

राहत दिन परिवार सङ्ख्याका आधारमा खाद्य सामग्रीको प्याकेट बनाउनुपर्नेछ । यदि एकजना मात्र व्यक्ति बस्ने रहेछ भने यसका लागि तयार पारिएको प्याकेटमा चार किलो चामल, एक किलो दाल, एक किलो नुन, आधा लिटर तेल, आधा किलो चिउरा र एक किलो तरकारी हुनेछ । 

दोस्रो प्याकेटमा १२ किलो चामल, दुई किलो दाल, एक किलो नुन, आधा लिटर तेल, दुई किलो चिउरा र तीन किलो तरकारी हुनेछ । यो दुईजनादेखि चारसम्मको परिवारका लागि हो । 

यदि कुनै परिवारमा पाँचजनाभन्दा धेरै रहेछन् भने उनीहरुका लागि १६ किलो चामल, तीन किलो दाल, एक किलो नुन, एक लिटर तेल, तीन किलो चिउरा र चार किलो तरकारीको प्याकेट हुनेछ । 

यसका अतिरिक्त वडाले आवश्यक ठानेमा असहाय र अति विपन्न व्यक्तिलाई तयारी खाना, खाजा वितरणको व्यवस्थासमेत गर्न सक्नेछ । शर्मिला पाठक/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x