×

NMB BANK
NIC ASIA

स्वास्थ्य सामग्री खरिद

सरकारी कदम पुन: विवादमा, विज्ञ भन्छन्– 'भ्रष्टाचारको विकल्प सेना हुन सक्दैन'

चैत २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले कोरोनाभाइरस (कोभिड– १९) रोकथाम तथा नियन्त्रणका लागि मेडिकल किट ल्याउने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको चर्चा बाहिरिएपछि राजनीतिक वृत्तमा यसको आलोचना शुरू भएको छ ।

Muktinath Bank

स्वास्थ्य सामग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता खारेज गरेर सरकारले सेनालाई जिम्मेवारी दिने निर्णय गत बुधवार नै गरेको स्रोतको दाबी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार सरकारी सञ्चारमाध्यम गोरखापत्रको अनलाइन संस्करणले सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेको भनाई उदृत गर्दै लेखेको छ, ‘खरिद तथा ढुवानीको जिम्मा सेनालाई दिने निर्णय भएको खबर आएको छ । कहाँबाट र कसरी ल्याउने भन्ने विषयमा आवश्यक छलफल र तयारी हुँदैछ ।’  


Advertisment
Nabil box
Kumari

प्रवक्ता पाण्डेले कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट टीम (सीसीएमसी)ले स्पष्ट निर्देशन दिनेबित्तिकै काम शुरू हुने बताए । सीसीएमसीका संयोजक रक्षामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल हुन् ।

Vianet communication
Laxmi Bank

पोखरेलकै योजनाअनुसार सेनालाई स्वास्थ्य सामग्री आयात गर्ने ठेक्का दिन लागिएको बताइएको छ ।

स्वास्थ्य सामग्री खरिदका लागि सेना नै किन गुहार्नुपरेको भन्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूमा पनि व्यापक असन्तुष्टि देखिएको छ ।

नेकपाका एक सचिवालय सदस्यले लोकान्तरसँग भने, ‘स्वास्थ्य सामग्री खरिद गर्न सरकारले सेनाको सहयोग लिनुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण हो । यसले दलीय सरकार र निजामती प्रशासनप्रति अविश्वास बढाउँछ र पछि गम्भीर किसिमको राजनीतिक परिणाम निस्किन सक्छ ।’

सरकारले गरेका पछिल्ला विवादित निर्णयहरूले पार्टीप्रति नै आमजनताको विश्वास धमिलिएको उनको टिप्पणी छ ।

‘पछिल्लो समयमा सरकारले गरेका एकपछि अर्को विवादित निर्णयको अपनत्व पार्टीले लिने कि नलिने भन्ने विषयमा शीर्ष नेताहरूबीच फोनमार्फत गम्भीर छलफल भएको छ,’ ती नेताले भने, ‘यस्ता ठूला निर्णयहरू गर्दा पार्टीका अन्य नेतासँग परामर्श लिनुपर्थ्यो ।’

नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले पनि त्रुटि सच्याउने नाममा थप त्रुटि गर्न नहुने आशयका भनाई सार्वजनिक गरेका छन् । शुक्रवार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै शर्माले समस्या पैदा हुँदा त्यसलाई सच्याउनु बुद्धिमता हुने तर थप विवादास्पद निर्णय गर्दै जानु आत्मघाती हुने टिप्पणी गरेका छन् ।

‘समस्या पैदा हुँदा, एउटा गल्ती हुँदा, त्यसलाई सच्याउनु बुद्धिमत्ता हो,’ शर्माले लेखेका छन्, ‘झन पछि झन विवादास्पद निर्णय गर्दै जानुआत्मघाती कदमबाहेक केही हुन सक्दैन, समयमै सोचौं है ! समय घर्किँदै छ । हामी मात्र सबै हैनौं जनता नै सर्वशक्तिमान छन् ।’

त्यसो त विपदका बेलामा सेना अघि सरेर काम गरेको उदाहरण नेपालको इतिहासमा प्रशस्त पाइन्छ । कतिपय विकास निर्माणका ठूला ठेक्का पनि यतिबेला सेनाको हातमा छ ।

राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर कृष्ण खनालले सेनालाई स्वास्थ्य सामग्री खरिद गर्न ठेक्का दिने काम गलत रहेको बताए । शुक्रवार बिहान उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भनेका छन्, ‘के अब सरकारको नालायकी र भ्रष्टाचारको विकल्प सेना नै हो ? यसरी आंशिक र किस्ताबन्दीमा बुझाउँदै जानुभन्दा सिंगो क्याबिनेट नै बुझाए भैहाल्यो नि !’

प्रा.डा. खनालले लोकान्तरसँग यो विषयले जननिर्वाचित सरकारप्रति विश्वास घट्ने बताए । ‘भ्रष्टाचारको विकल्प सेना हुन सक्दैन,’ उनले भने, ‘यसले जनतामा आफूले चुनेको सरकारप्रति राम्रो सन्देश गएको छैन ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले पनि सरकारले सेनालाई स्वास्थ्य सामग्री खरिद गर्न दिएको ठेक्का कुनै पनि हालतमा सही नभएको बताए ।

उपाध्यायले शुक्रवार लोकान्तरसँग भने, ‘यसअघिको खरिदमा भ्रष्टाचार भएको छ कि छैन भन्ने त अनुसन्धानबाट प्रस्ट होला तर जसरी सेनालाई जिम्मा लगाउन खोजिएको छ, त्यो एकदम गलत भएको छ । सरकारले आफू असक्षम भएको स्पष्ट सन्देश दिएको छ, यसो गर्नु हुँदैन थियो ।’

अख्तियारको आँखा छल्न सेनाको सहारा लिइएको त होइन भन्ने प्रश्नमा पूर्वप्रमुख आयुक्त उपाध्यायले भने, ‘भ्रष्टाचार गर्ने नियत नै यदि हो भने अनुसन्धानबाट मात्र पत्ता लाग्छ । तर सरकार आफैंले गर्नुपर्ने कामलाई सेनाको जिम्मेवारी दिने नै होइन । भ्रष्टाचार होस् या नहोस्, यो गलत नै हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x