सानिमा बैंकका ग्राहकहरुलाई दराज क्येमू अनलाइनबाट सामान खरिद गर्दा विशेष छुट

सानिमा बैंक लिमिटेड र दराज क्येमू प्रा. लि. बीच अनलाइन सामान खरिदमा विशेष सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौतापछि दराज अनलाइनमा उल्लेख गरिएको र बिग मार्टमा उपलब्ध हुने हरेक सामान अनलाइनबाट अर्डर गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा १०% वा अधिकतम रु ५००/ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।


Advertisement

यसका साथै रु १५००/ भन्दा माथिको खरिदमा निःशुल्क होम डेलिभरीको पनि व्यवस्था गरिएको छ । 

यो योजनामा सहभागी हुन सानिमा बैंकका ग्राहकले आउँदो चैत्र २६ गतेसम्म दराज वेब या एप्लिकेसनमार्फत् बिग मार्टका सामान अनलाइन खरिद गर्नुपर्ने छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्