×

NMB BANK
NIC ASIA

यी १८ शर्त मान्नुभयो भने तपाईं कोरोनाबाट डराउनु पर्दैन : डा रवीन्द्र पाण्डे

चैत २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) का कारण शुक्रवारसम्म विश्वभर ५५ हजार १ सय ८९ जनाको मृत्यु भएको छ । १० लाख ४० हजार ६ सय ५६ जनामा संक्रमण देखिएको छ ।

Muktinath Bank

विश्वभर कोरोनाको सन्त्रास फैलिएपनि नेपालमा अहिलेसम्म कसैको मृत्यु भएको  छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवारसम्म नेपालमा १ हजार ३ सय ५६ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । त्यसमध्ये ६ जनामा मात्र संक्रमण देखिएपछि १ हजार ३ सय ५० जनामा संक्रमण देखिएको छैन । 


Advertisment
Nabil box
Kumari

कोरोनाको वारेमा जनचेतना जगाउँदै आएका डा रवीन्द्र पाण्डेले केही पूर्व शर्त पूरा गरेमा कोरोनाका कारण डराउनु नपर्ने बताएका छन । 

Vianet communication
Laxmi Bank

सामाजिक सञ्जाल फेसबुकमा शुक्रवार एक सन्देश लेख्दै कोरोनाबाट बच्नको लागि १८ वटा शर्त पूरा गर्नुपर्ने बताएका छन । 

हेर्नुहोस डा पाण्डेले राखेका १८ पूर्वशर्त :

तपाईं कोरोना संक्रमणबाट डराउनु पर्दैन यदि ;

- तपाईं घरभित्र नै बस्नुभएको छ भने ।

- तपाइंले पसल वा अनलाइनबाट ल्याएका सामान निस्संक्रमण गरेर तथा राम्रोसंग पकाएर खानुहुन्छ भने ।

- तपाइंले बासी खाना, बाहिरको खाना, अत्यधिक रक्सि तथा चुरोट सेवन गर्नुभएको छैन भने ।

- तपाईं बालबालिका तथा जवान व्यक्ति हुनुहुन्छ भने ।

- तपाइंलाईले औषधि सेवन गरेर रक्तचाप, मधुमेह, कोलेस्टेरोल, युरिक एसिड जस्ता दीर्घ समस्या नियन्त्रणमा राख्नुभएको छ भने ।

- तपाईं पर्याप्त सुत्ने, नियमित २० मिनेट ब्यायाम गर्ने, ताजा तरकारी / फलफुल लगायत पोषिलो खाने, धेरै चिन्ता नगर्ने, गहिरो स्वाश्प्रश्वास लिने, योग तथा मनोरंजन गर्ने लगायतको जीवनशैली अपनाउनुभएको छ भने ।

- तपाइंले आफ्नो खानामा कुरिलो, अदुवा, मह, कालो जामुन, जैतुनको तेल, तुलसी, बांबरी, लसुन, च्याउ, खरबुजा, गहुँका जमरा, दही, पालुंगो, ग्रिन टि, सख्खरखण्ड, ब्रोकाउली, हरियो लसुनको सुप, अनार, बन्दगोभी, खुर्सानी, नरिबल तथा नरिबलको तेल, ऐंसेलु, सुन्तला, कागती, अमला, स्याउ, हलेदो, बेसार, डार्क चकलेट, सूर्यमुखी फूलका बियाँ, बदाम, किवी, स्ट्रबेरी, अकबरी खुर्सानी, केराउ,अण्डा, मरिच, सुप आदिलाई आफ्नो खानामा प्राथमिकता दिनुभएको छ भने ।

- तपाइंले घरबाहिर सामाजिक दुरी कायम गर्नुभएको छ भने ।

- तपाइंले दैनिक नुहाउने, घाममा बस्ने, घाममा सुकाएर कपडा लगाउने, हात सधै सफा राख्ने, नाक/मुख/आँखामा हात नलग्ने लगायत सरसफाईको अभ्यास गर्नुभएको छ भने ।

- तपाइंलाई रुघाखोकी लाग्ने, घांटी खसखस गर्ने भएपनि उच्च ज्वरो आएको छैन, सुख्खा र लहरे खोकी लागेको छैन तथा सास फेर्दा घ्यारघ्यार भएको छैन भने ।

- तपाइं इल्डर होम, सरुवा रोग अस्पताल तथा धार्मिक समुहमा बस्नुभएको छैन भने ।

- तपाईं बाहिर निस्कँदा सुरक्षित मास्क, चस्मा, पंजा तथा फूल स्लिभ लगाउने तथा घरबाहिर ती कपडा नष्ट गर्ने / फेर्ने गर्नुभएको छ भने ।

- तपाइँ सार्वजनिक यातायात प्रयोग गर्नुहुँदैन भने ।

- तपाईं कोरोना संक्रमितको असुरक्षित ढंगले उपचार गर्ने स्वास्थ्यकर्मी हुन्हुन्न्न भने ।

- तपाइंले भिटामिन सि, बि ६, बि १२, इ, जिंक, फिस आयल, भिटामिन डी, लगायतका सप्लिमेन्ट नियमित सेवन गर्नुभएको छ भने ।

- तपाइंले सुपर हर्ब जस्तै : यार्शागुम्बा, तुलसी चिया ( तुलसी, गुर्जो, लेमन ग्रास मिसिएको ), ganoderma, Moringa, Zinkobiloba, Ginseng लगायत नियनित सेवन गर्नुभएको छ भने ।

- तपाइंले नचिनेको खाना, काँचो मासु खानु हुँदैन भने ।

- तपाइंले नेपाली परम्परागत मसला तथा खानाको सेवन गर्ने गर्नुभएको छ भने । आदि ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x