कोरोना परीक्षणको दायरा फराकिलो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर १२० जना कोरोना भाइरस (कोभिड–१९)को आशङ्कामा आइसोलेसनमा रहेको जानकारी दिएको छ ।

मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौँ उपत्यकामा १५ तथा उपत्यकाबाहिर १०५ व्यक्ति आइसोलेसनमा रहेको जानकारी दिए ।


Advertisement

सरकारले कोरोना परीक्षणको दायरासमेत बढाउँदै लगेको स्पष्ट गर्दै उनले पछिल्ला दिनमा दैनिक एक सयभन्दा बढी परीक्षण भइरहेको जानकारी दिए । प्रवक्ता डा. देवकोटाले हालसम्म एक हजार २७७ जना व्यक्तिको नमुना परीक्षण सकिएको भन्दै पछिल्लो २४ घण्टामा ९३ जनाको कोरोना परीक्षण भएको बताए ।

प्रवक्ता देवकोटाले हालसम्म उपत्यकाबाहिर धरानमा ३९, पोखरामा १९, सुर्खेेतमा सात, हेटाैंडामा पाँच, जनकपुरमा पाँच र धनगढीमा चार जनाको नमुना परीक्षण सम्पन्न भइसकेको जानकारी दिँदै बुटवलमा पनि तत्काल प्रयोगशाला सञ्चालनको तयारीमा रहेको बताए ।


Advertisement

कोरोना सङ्क्रमितको अवस्था सामान्य रहेको भन्दै उहाँले दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल तथा अन्य सङ्क्रमितको उपत्यकाबाहिर उपचार भइरहेको जानकारी दिए ।

सङ्क्रमित पाँचमध्ये दुई जना काठमाडौँ, दुई जना बागलुङ र एक जना धनगढीमा उपचाररत छन् । हालसम्म नेपालमा पाँच जना मात्र सङ्क्रमित रहेको जानकारी दिँदै एक जना यसअघि नै उपचारपछि निको भएर घर फर्किएको उनले बताए । गोरखापत्र दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्