×

NMB BANK
NIC ASIA

कर्णालीमा भारतबाट भित्रिए हजारौं नेपाली, कस्तो छ प्रादेशिक अस्पतालको तयारी ?

चैत २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरसको त्राससँगै हजारौं नेपाली भारतबाट कर्णाली प्रदेशमा भित्रिएका छन् । कति व्यक्ति भित्रिए भन्ने आधिकारिक तथ्यांक समेत प्रदेश सरकारसँग छैन ।

Muktinath Bank

भारतबाट आएका व्यक्ति विश्वसनीय स्वास्थ्य परीक्षण विना नै गाउँगाउँसम्म पुगेपछि कोरोना संक्रमणको त्रास समेत देखिएको छ । प्रदेशका १० जिल्लाका व्यक्तिको उपचारका लागि सुर्खेतमा प्रादेशिक अस्पताल छ । अस्पतालको नेतृत्व सम्हालेका छन्, सुर्र्खेतकै पाम्पामा जन्मिएर वीरेन्द्रनगर बस्दै आइरहेका मेडिकल सुपरिन्टेन्डेन्ट डा. डम्बर खड्का ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

५५ वर्षे उमेर काटेका डा. खड्का २०७५ जेठ ८ गतेदेखि प्रादेशिक अस्पतालको प्रमुख पदमा कार्यरत छन् । कर्णाली प्रदेशमा समेत कोरोनाको त्रास रहेका बेला अस्पतालको तयारी कस्तो छ ? तर कर्णालीमा हालसम्म कोरोनाको संक्रमण देखिएको छैन ।


Advertisment
Nabil box
Kumari

डा. खड्का कोरोना विरुद्धको लडाइँमा सबैभन्दा ठूलो कुरा आत्मविश्वास भएको बताउँछन् । प्रदेश अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला पनि सञ्चालनमा आएको छ । चैत २० गते ४ जना कोरोनाका शंकास्पद बिरामीको स्वाब जाँच गर्दा नतिजा ‘नेगेटिभ’ आएको छ ।

Vianet communication
Laxmi Bank

अस्पतालमा स्वास्थ्यकर्मीले व्यक्ति सुरक्षा उपकरण (पीपीई) पाएका छैनन्, जसले गर्दा चिकित्सक समेत त्रासमा रहनुपरेको छ । ‘अहिलेसम्मको अवस्थाका लागि जनशक्तिका हिसाबले ठीक छ । बिरामीको संख्या बढेको खण्डमा भने समस्या हुने देखेको छु । अहिलेको अवस्थामा ८० जना नर्स स्टाफहरू छन् । ५० जना डाक्टर नै छन् । अन्य कर्मचारी ठीकै छन्,’ उनले भने, ‘तर अन्य देशको जस्तो महामारी नै फैलिएको खण्डमा यही जनशक्तिले हामी कोरोनाविरुद्ध लड्न सक्ने अवस्थामा छैनौं । यसका लागि थप जनशक्ति, स्रोतसाधनको आवश्यकता पर्नेछ ।’

अस्पताल प्रशासनले प्रदेश सरकार, स्वास्थ्य सेवा निर्देशनालयसँग निरन्तर सहकार्य र संवाद गर्दै कोरोना विरुद्धको तयारीमा तीव्रता दिएको छ । अस्पतालमा हाल २०० आइसोलेसन वार्ड तयार छन् । ‘२०० जना व्यक्ति अट्ने शय्या हामीसँग उपलब्ध छन्,’ उनले भने ।

कोरोनाका बिरामी राख्न अन्य प्रदेशको जस्तो कर्णालीमा भौतिक संरचनाको अभाव नभएको उनले बताए । ‘शंकास्पद कोरोनाका बिरामीलाई नयाँ भवनमा राखेका छौं । ३०० शय्याको अस्पताल छ । अन्य सामग्री खरिद गर्नका लागि टेन्डर आह्वान गर्ने तयारी अवस्थामा छौं । लकडाउन खुल्ने वित्तिकै हामी टेन्डर आह्वान गर्नेछौं,’ उनले भने, ‘कोरोनाका लागि अलग्गै जनशक्ति खटाउने योजना बनाएका छौं, जति जनशक्ति थियो त्यही जनशक्तिलाई पठाइरहेका छौं ।’

उपचार गर्न जनशक्ति भएपनि स्वास्थ्यकर्मीलाई पीपीई नहुँदा चिन्ता रहेको उनले बताए । सबैभन्दा ठूलो हरेक व्यक्तिका लागि ज्यान नै हो भन्ने कुरा कसैले पनि भुल्न नहुने बताउँदै स्वास्थ्यकर्मी पनि आफू बाँचेको खण्डमा मात्रै अरुलाई सेवा प्रवाह गर्न सक्ने भएकाले सबैभन्दा महत्त्वपूर्ण कुरा सुरक्षा नै हुने उनले बताए । ‘कोरोनाविरुद्ध आवश्यक पर्ने सामग्री एकदम न्यून छ । अब १–२ दिनलाई मात्रै पुग्ने सामान छ । पीपीई अभाव भएको छ,’ उनले भने, ‘संघीय सरकारले पठाएका पीपीईमा मास्क छैन, हाउजिङ छैन, पञ्जा, मोजा छैन, मात्रै गाउन छ । गाउनले मात्रै कसरी उपचारमा खटिने होला । कम्तिमा सुरक्षा सामग्री पर्याप्त भएको खण्डमा अरुको उपचार गर्न सहज हुन्छ । यहाँ सबैभन्दा ठूलो समस्या यही हो ।’

चिकित्सकलाई सुरक्षा सामग्री नभएकै कारण कोही कसैले उपचार नपाएको भन्ने गुनासो आउन नदिन समेत उनी सचेत छन् । एकातिर अस्पतालमा पर्याप्त बजेट माग गरिरहेका छन् भने अर्कोतिर उनले अत्यावश्यक सामग्री खरिद गर्न टेन्डर आह्वान पनि गरिसकेका छन् । निरन्तर विभागीय मन्त्री दल रावलसँग सम्पर्कमा छन् । 

‘७०० पीपीई सेट, २ हजार एन९५ मास्क, थर्मामिटर मगाएको छौं । १ हप्ता भइसकेको छ । तयारी राम्रो छ । खरिद गरिएको सामान आउन समय लाग्ने भयो,’ उनले भने, ‘प्रदेश सरकारले १ करोड ६२ लाख रुपैयाँ दिने भनेको छ । ६२ लाखको सामग्री आइसकेको छ ।’

संघीय सरकारले १ करोड रुपैयाँ दिएको बताउँदै उनले भने, ‘बचेको रकमबाट हामीले अर्को टेन्डर आह्वान गरेका छौं । भेन्टिलेटर ६ वटा, १० वटा आईसीयू बेड, १५ वटा मोनिटर लगायत अत्यावश्यक सामग्रीका लागि शुक्रवार मात्रै टेन्डर आह्वान गरेका छौं ।’ ती सबै सामान आइपुगेको खण्डमा कोरोनाविरुद्ध लड्न सहज हुने उनले बताए ।

अस्पतालमा सामान्य रुघाखोकी तथा ज्वरो आएका बिरामीको संख्या घटेको छ । विगतको जस्तो अस्पतालमा बिरामीको चाप छैन । हातखुट्टा भाँचिएका र गर्भवती महिलाबाहेक अन्य बिरामी आइरहेका छैनन् ।

भारतबाट आएका युवालाई एकैपटक गाउँ पठाउनु ठूलो गल्ती भएको उनले बताए । ‘सयौं युवालाई एकैपल्ट घरमा पठाएको छ । बसमा १ व्यक्ति मात्रै संक्रमित भएको अवस्थामा सबै संक्रमित हुन सक्छन् । उनीहरू सोझै आफ्नो घरमा पुग्दैनन् । विचमा झर्लान् । खाना–नास्ता खालान् । त्यहाँ संक्रमण सार्लान् अर्थात यसरी कोरोनाको सञ्जाल विस्तार हुने खतरा मैले देखेको छु । त्यसले सबैलाई समस्या पार्ने देखिन्छ । क्वारेन्टाइन सीमामै बनाए हुन्थ्यो । खाली जमिन थियो, यहाँको जनशक्तिलाई त्यहाँ लगेको भए राम्रो हुन्थ्यो,’ उनले भने, ‘तर अब समय घर्किसकेको छ । जो जहाँ छ त्यहीँ सुरक्षित बसाल्नु र बस्नुको विकल्प छैन । हरेक जनतालाई कोरोनाबारे थाहा भइसकेको छ । भनिरहन पनि आवश्यक छैन । थाहा पाएको कुरालाई पालना गरेको खण्डमा कोरोना विरुद्धको लडाइँमा सहजता आउने छ ।’

क्वारेन्टाइनमा बसेको खण्डमा समाज नै सुरक्षित हुने बताउँदै उनले त्यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए । ‘मानसिक त्रास हुने, घरका व्यक्तिलाई तनाव दिनेभन्दा २ हप्ता संयमित भएर आनन्दले क्वारेन्टाइनमा बसेको खण्डमा यसले सबैलाई सुरक्षित हुने वातावरण बनाउने छ,’ उनले भने, ‘कोरोनाबाट बच्ने उपाय अवलम्बन गरे हुन्छ, कोरोनामा पीएचडी गर्नु आवश्यक छैन ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x