×

NMB BANK
NIC ASIA

किमाथांका नाका बन्दपछि भोटखोलामा खाद्यान्न संकट

चैत २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न संकट भएको छ। कोरोना भाइरसको महामारी फैलिएपछि साढे दुई महिनादेखि चीनले किमाथांका नाका बन्द गरेको छ।  नाका बन्दपछि दुर्गम उत्तरी क्षेत्र गाउँपालिकामा खाद्यान्न संकट भएको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए। 

Muktinath Bank

कोरोना भाइरस संक्रमण फैलन सक्ने भन्दै चीनले किमाथांका नाका प्रवेश गर्ने चीनका देन्दाङ र चाँगा बजार प्रवेश गर्न नाका बन्द गरेपछि भोटखोलाको १ र २ नम्बर वडामा खाद्य संकट सिर्जना भएको गाउँपालिका अध्यक्ष भोटेले बताए। किमाथांका सदरमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा पर्छ । भौगोलिक रुपमा निकै विकट  भोटखोलामा सञ्चार र यातायात साधनको पहुँच पुगेको छैन। कोरोना भाइरस संक्रमण फैलिन नदिन चीनले गत माघ ५ गतेदेखि किमाथांका नाका बन्द गरेको थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


चीनको सिमानामा पर्ने वडा नम्बर १ र २ का रिदाक, थुदाम, छुमसुरलगायत स्थानमा खाद्यान्न संकटको अवस्था सिर्जना भएको अध्यक्ष भोटेले बताए। वडा नम्बर १ र २ का २१४ घरपरिवारलाई खाद्यान्न संकट देखिएको अध्यक्ष भोटेको भनाइ छ। खाद्यान्न संकट टार्न गाउँपालिकाले सदरमुकाम खाँदबारीबाट ढुवानी गरिरहेको अध्यक्ष भोटेले बताए। 


Advertisment
Nabil box
Kumari

गाउँपालिका अध्यक्ष भोटेले भने, ‘हामीले ढुवानी गरेको राहत सामग्री केही दिनभित्र वितरण गर्छौँ ।’  उनका अनुसार खाद्यान्न संकट टार्न प्रतिघर दुई बोरा चामल, पाँच किलोग्राम नुन र  चार लिटर तेल प्रदान गरिने छ । किमाथांका लगिने खाद्यान्न सदरमुकाम खाँदबारीकै दरमा खरीद गर्न सकिने अध्यक्ष भोटेले जानकाी दिए।

Vianet communication
Laxmi Bank

भोटखोलाको किमाथांका उच्च हिमाली क्षेत्र भएका कारण त्यहाँ कोदो, मकै र आलुबाहेक खाद्यान्न उत्पादन हुँदैन । उत्पादन भएका खाद्य वस्तुले दुईचार महिना मात्र पुग्छ । उत्तरी क्षेत्र भोटखोलाका नागरिक चीनको चाँगा,देन्दाङ बजारमा आश्रित छन् ।–भविन कार्की रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x