×

NMB BANK
NIC ASIA

सामाजिक उत्तरदायित्वमा मौन छन् उद्यमी

चैत २३, २०७६

NTC
Sarbottam
तस्वीर सौजन्य: गोरखापत्र दैनिक
Premier Steels
Marvel

सुनसरी–मोरङ औद्योगिक करिडोरमा छ सयको हाराहारीमा उद्योग सञ्चालनमा छन् । दैनिक ६५ हजार मजदुरको श्रम खपत भइरहेको करिडोरका ९० प्रतिशत उद्योग सरकारले घोषणा गरेको बन्दाबन्दीसँगै बन्द अर्थात् ‘सट डाउन’ अवस्थामा छन् ।

Muktinath Bank

अति आवश्यकीय खाद्यान्न उत्पादन गर्नेबाहेकका उद्योग बन्द रहेसँगै कोरिडोरमा आश्रित ४० हजार ज्यालादारी मजदुरको जीविकोपार्जनमा समस्या सुरु भएको छ । ट्रेड युनियन महासङ्घ (जिफन्ट) प्रदेश १ अध्यक्ष किशोर धमलाका अनुसार दैनिक ज्यालादारी मजदुरले पेस्कीबापतको रकम निकासा गराइदिन उद्योगीसम्म आफ्ना कुरा राखिदिन आग्रह गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यावसायिक फार्म, कम्पनी र उद्योगका सञ्चालक भने विपत्को समयमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको भूमिकासमेत निर्वाह गर्न तयार देखिएका छैनन् । सरकारले ऐन र नियमावलीको व्यवस्था गरेर १५ करोडभन्दा बढी मुनाफा आर्जन गर्ने उद्योगले १ प्रतिशत सामाजिक कार्यमा खर्च गर्नुपर्ने प्रावधान तोकेको छ ।


Advertisment
Nabil box
Kumari

औद्योगिक व्यावसाय ऐन २०७३ को दफा ४८ मा व्यावसायिक जिम्मेवारी र नियमावलीको दफा ३७ अनुसार प्राकृतिक प्रकोप रोकथाम तथा उद्धारसम्बन्धी कार्यसहित विभिन्न सामाजिक क्षेत्रमा सीएसआरअन्तर्गतको रकम खर्चनुपर्ने उल्लेख छ । औद्योगिक क्षेत्रले सीएसआरका लागि छ्ट्याइएकोमध्ये २५ प्रतिशत रकम उद्योग प्रभावित क्षेत्रमा लगानी गर्नुपर्ने छ तर अहिलेसम्म कुनै पनि उद्योगका सञ्चालकले प्रभावित क्षेत्रअन्तर्गत आश्रित मजदुरसम्म राहत उपलब्ध नगराएको अध्यक्ष धमलाको आरोप छ ।

Vianet communication
Laxmi Bank

प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा करिडोरभित्रका तीनवटा उद्योगसहित एउटा निर्माण कम्पनीले रकम जम्मा गरेका छन् । त्यसबाहेक कुनै पनि उद्योगले त्यो कोषमा रकमसमेत जम्मा गरेका छैनन् ।

प्रदेश सरकारको कोषमा राउत कन्स्ट्रक्सनले ११ लाख, हुलास वायर इन्डस्ट्रिजले ११ लाख, अरिहन्त मल्टी फाइबर्सले ११ लाख र रघुपति जुट मिलले १० लाख रुपियाँ जम्मा गरेका छन् । बैङ्क तथा वित्तीय संस्थाको सहयोग उल्लेख्य देखिएपछि उद्योगीले सरकारले स्थापना गरेको कोषमा समेत रकम जम्मा गरेका छैनन् ।

कोषमा रकम जम्मा गर्ने उद्योग करिडोरमा धेरै मजदुरलाई रोजगारी दिनेमा पर्दछन्, जिफन्टका अध्यक्ष धमलाले भने, उनीहरूले सरकारलाई खुसी बनाउने काम गरे तर उद्योग प्रभावित क्षेत्रमा खर्चनुपर्ने रकम यस्तो बेला पनि खर्चन तयार भएनन् । अध्यक्ष धमलाका अनुसार औद्योगिक क्षेत्रमा जस्तै कृषि क्षेत्रको चिया बगानमा काम गर्ने मजदुरको अवस्था पनि नाजुक छ ।

प्रदेश १ का विभिन्न चिया बगानमा कार्यरत ३५ हजार मजदुरमध्ये २० हजार दैनिक ज्यालादारीका रहेको अध्यक्ष धमलाले जानकारी दिए। उद्योगका सञ्चालकले सामाजिकीकरण हुने अवसरलाई विपत्मा समेत गुमाउने भएका कारण मजदुरसँगै स्थानीयसँग सम्बन्ध सुधार हुन नसक्ने देखिन्छ ।

क्मोकरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाका अनुसार उद्योगीले कुनै न कुनै क्षेत्रमा सहयोग गरिरहेका छन् । स्थानीय तहले वितरण गरिरहेको राहतमा पनि उद्योगीको साथ रहेको उनको दाबी छ । मुन्दडाले आफ्नो हिमगिरि सोप एन्ड हाइजिन उद्योगले २५ लाख रुपियाँ बराबरको स्यानिटाइजर सुरक्षा निकायलाई उपलब्ध गराएको बताउँदै कुनै न कुनै रूपमा सहयोग भइरहे पनि मजदुरकै घरमा राहत लिएर पुग्ने अवस्था नभएको बताए। गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x