×

NMB BANK
NIC ASIA

संक्रमितसँगै विमानमा यात्रा गरेका एक सय अझै सम्पर्क बाहिर

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड–१९ संक्रमण पुष्टि भएका नौमध्ये पाँच यात्रुसँग अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा सँगै यात्रा गरेका ५ सय ८८ मध्ये एक सय जना यात्रु अझै प्रहरी प्रशासनको सम्पर्क बाहिर छन् । उनीहरू कहाँ छन् भन्ने सूचना प्रहरीले अझै पाएको छैन ।

Muktinath Bank

संक्रमित हुनेको संख्या ६ बाट एकैचोटि ९ पुगेसँगै संक्रमितहरूसँगै यात्रा गरेका ती यात्रुहरू को थिए र उनीहरू कहाँ छन् भन्ने खोजी अब अझ टड्कारो बनेको छ। गत चैत ७ मा दुबईबाट दिल्ली हुँदै काठमाडौं आएर धनगढीस्थित घर पुगेका संक्रमित युवाकै भाउजूमा शनिबार संक्रमण पुष्टि भएपछि र संक्रमण पुष्टि भएका सबैको प्रत्यक्ष सम्पर्कमा रहेकाहरूको खोजी अपरिहार्य बनेको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालसम्म पुष्टि भएका नौ संक्रमितमध्ये ६ जना चार फरक–फरक अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आएको देखिन्छ। शनिबार पुष्टि भएका दुई जना स्थलमार्गबाट कैलालीको गौरीफन्टा नाका हुँदै घर पुगेको देखिन्छ भने एक जना स्थानीय रहेको देखिन्छ। गत पुस २४ मा चीनको वुहानबाट काठमाडौं आएका पहिलो संक्रमितबाहेक अन्य पाँच यात्रु तीन फरक–फरक विमानमार्फत नेपाल आएका थिए।


Advertisment
Nabil box
Kumari

ती तीन विमानमा सवार जम्मा ४ सय ५८ मध्ये ३ सय ९६ यात्रु सम्पर्कमा आए पनि अझै ६२ यात्रु कहाँ छन् भन्नेबारे प्रहरीले सूचना पाइसकेको छैन। प्रहरी परिसर काठमाडौंका अनुसार संक्रमितसँगै तीन विमानमा आएका २ सय १७ यात्रु त काठमाडौंमै भेटिएका थिए। परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले भने, ‘काठमाडौंमा भेटिएका सबैलाई हामीले क्वारेन्टाइनमा बस्न भनेका थियौं। कति यतै बस्नुभयो। कतिपय भने आफ्नै गाउँठाउँमा गएर बस्नुभयो होला।’

Vianet communication
Laxmi Bank

पाँचमध्ये बागलुङका दुई र धनगढीका एक संक्रमित यात्रुले आन्तरिक विमान र स्थानीय रुटको गाडीमार्फत घर पुगेको देखिन्छ। धनगढी घर भएका संक्रमित यात्रु चैत ८ का दिन १२ बजेको बुद्ध एयरको विमानमार्फत काठमाडौंबाट नेपालगन्ज पुगेका थिए। उनी सवार विमानमा ५९ वयस्क र दुई बालबालिकासहित ७१ यात्रुमध्ये शनिबार साँझसम्म ५२ जना प्रहरीको सम्पर्कमा आइपुगेका छन्। अन्य १९ यात्रुको खोजी भइरहेको छ। संक्रमितसँगै विमानमा सवार यात्रुको खोजीमा ७७ वटै जिल्लामा परिपत्र गरे पनि सबैको सूचना नआएको प्रहरीले जनाएको छ।

नेपालगन्ज पुगेका संक्रमित युवा विमानस्थलबाट कोहलपुरसम्म अटोरिक्सा चढेर पुगेका थिए। उनी चढेको अटोमा कति यात्रु थिए भन्नेबारे पनि खलिसकेको छैन। कोहलपुरबाट ती युवा माइक्रोबस चढेर धनगढीस्थित घर पुगेका थिए। प्रहरीले उनी सवार माइक्रोमा १८ यात्रु रहेको अनुमान गरे पनि उनी कुन माइक्रो चढे र त्यसमा को–को यात्रु सवार थिए भन्ने सूचना पाइसकेको छैन। प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले भने, ‘माइक्रोमा यात्रुको विवरण राख्ने चलन नभएकाले पनि उनी ठ्याक्कै कुन माइक्रो चढेर गए भन्ने पुष्टि भइसकेको छैन।’ ती यात्रुबाट एउटै घरमा बस्ने भाउजू पनि संक्रमित भएको पुष्टि भएसँगै उनी सवार अटो र माइक्रोका अन्य यात्रुको पनि खोजी गर्नुपर्ने भएको छ। जबकि शनिबारसम्म त्यसबारे न प्रहरीले न त स्थानीय तहबाटै कुनै पुस्ट सूचना पत्ता लागेको छ।

बेल्जियमबाट कतारको दोहा हुँदै चैत ४ मा काठमाडौं आएका तीन संक्रमितमध्ये एक किशोरी र महिला सोही दिन २ बजे यती एयरको विमानमार्फत काठमाडौंबाट पोखरा गएका थिए। यती एयरका अनुसार उनीहरू सवार विमानमा ५९ यात्रु थिए। जसमध्ये शनिबार साँझसम्म प्रहरीले ४० यात्रुको मात्रै सम्पर्क ठेगाना पत्ता लगाएको छ। दुई संक्रमित विमानमा सवार अन्य १९ यात्रुबारे खुलिसकेको छैन।

संक्रमित यी दुवै पोखराबाट सार्वजनिक जिप चढेर बागलुङस्थित घर पुगेको देखिन्छ। कान्तिपुरलाई उनीहरूका आफन्तबाट प्राप्त सूचनाअनुसार उनीहरू सवार जिपमा चालकसहित आठ जना थिए। उक्त जिपका चालक कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ को भएको र उनी स्थानीय जनप्रतिनिधिको सल्लाहअनुसार क्वारेन्टाइनमा बसेका छन्। तर जिपमा सवार अन्य पाँच यात्रु कहाँका थिए र उनीहरू क्वारेन्टाइनमा बसे–नबसेको सूचना प्रहरीसँग छैन। प्रहरी प्रवक्ता एसएसपी जोशीले संक्रमितहरू सवार गाडीमा यात्रा गरेकाहरूले अब आफैं सुसूचित हुनुपर्ने देखिएको छ। उनले त्यस्ता कोही यात्रु भए उनीहरूले आफ्नो अवस्थाबारे प्रहरीको शुल्क नलाग्ने नम्बर १०० मा फोन गरेर जानकारी गराउन सकिने पनि बताए। भने, ‘प्रहरीले खोजेर मात्रै सबै यात्रुहरू पत्ता लाग्ने देखिन्न। यसमा नागरिककै तवरबाट सहयोग चाहिन्छ।’

चैत ६ गते यूएईबाट काठमाडौं आएका धादिङ घर भएका तेस्रो संक्रमित त पहिलो रात सुन्धाराको होटलमा बसेको देखिन्छ। उक्त होटलमा उनीसँग कति मानिस प्रत्यक्ष सम्पर्कमा आएका थिए, तिनीहरूको अवस्था के छ भन्नेबारे प्रहरीले कुनै सूचना राखेको देखिन्न। प्रहरी परिसर काठमाडौंले ती यात्रु सुन्धारामा बसेको पत्तो लगाए पनि उनीसँग को–को सम्पर्कमा रहेका थिए र तिनीहरू कहाँ छन् भन्ने विवरण राखेको छैन।

संक्रमण पुष्टि भएकाहरूसँग यात्रा गरेका बाहेक पनि परिवारका सदस्यहरू, उनीहरू बसेको होटल वा आफन्तीहरू र अन्य नजिकको सम्पर्कमा रहेकाहरूलाई पनि आइसोलेसनमा राख्दै स्वास्थ्य अवस्थाबारे निगरानी गर्नुपर्ने देखिन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको भएका बाहेकको पहिलो ५ संक्रमितसँग नजिकको सम्पर्कमा आएका ९५ जना व्यक्तिहरूलाई ट्रेस गर्नुपर्ने देखिन्छ। जसमा शुक्रबार २ बजेसम्म ८० जनाको मात्रै अवस्था ट्रेस गरिएको छ। मन्त्रालयका अनुसार दोस्रो संक्रमितसँग नजिकको सम्पर्कमा आएका १४ मध्ये १२ जनाको ट्रेस गरिसकिएको छ।

त्यस्तै तेस्रो संक्रमितसँग नजिकको सम्पर्कमा आएका १४ मध्ये सबैजनाको ट्रेस गरिसकिएको छ। चौथो संक्रमित धनगढीका युवासँग नजिकको सम्पर्कमा रहेका ३७ मध्ये ३४ जनाको ट्रेस गरिसकिएको छ। पाँचौं संक्रमित बागलुङकी किशोरीको सम्पर्कमा आएका २३ मध्ये १६ जनाको मात्र ट्रेस गरिएको छ। यिनै किशोरीसँगै बेल्जियमबाट आएकी बागलुङकै महिलाको नजिकको सम्पर्कमा रहेका ७ मध्ये ६ जनाको मात्रै ट्रेस गरिसकिएको छ। कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x