×

NMB BANK
NIC ASIA

कोरोनाका कारण प्रसिद्ध चन्द्रभैरवको जात्रा स्थगित

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस (कोेभिड–१९) को सम्भावित जोखिम फैलिन नदिन लकडाउन भएपछि यस वर्ष बुलुगाउँको प्रसिद्ध चन्द्रभैरव जात्रा स्थगन गरिएको छ ।

Muktinath Bank

प्रत्येक वर्ष चैतको एकादशीदेखि त्रयोदशीसम्म तीन दिन चन्द्रभैरवको जात्रा मनाउने चलन गोदावरी नगरपालिका–११ स्थित चापागाउँको बुलुमा रहेको थियो । यस वर्ष जात्रा गर्न नसकिने भएपछि सम्बन्धित पुजारीबाट आफ्नो परम्परा बचाउने गरी पूजाआजा मात्र चलाउन अनुरोध गरिएको वडाध्यक्ष नीलबहादुर देशारले  जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो जात्रा वर्षको एकपटक मनाउने गरिन्थ्यो । चैतको एकादशीको दिन बुलुको मुख्य चोकमा भैरवलाई खट बनाई राखेर पूजा गरिन्थ्यो । पूजाआजा सम्पन्न भएपछि गुठीयारले भोज गर्थे । चैत द्वादशीको दिन यी देवतालाई बुलुका श्रेष्ठहरुको आँगनघरमा खटमा राखी पूजा गर्ने चलन रहेको थियो । चैत त्रयोदशीका दिन बुलुगाउँको टोलटोलमा चन्द्रभैरव र गणेशलाई राखी पूजा गरिन्थ्यो । पूजापछि दिउँसो ४ बजेबाट रथजात्रा गर्ने चलन रहेको चापागाउँका स्थानीय ७४ वर्षीय वासुदेव कर्माचार्यले बताए।


Advertisment
Nabil box
Kumari

उनले भने, 'चापागाउँ स्थापना हुनुअघि बुलुगाउँ रहेको थियो ।  बुलुगाउँलाई शिवपुरी पनि भनिन्थ्यो । महामञ्जुश्रीले सन्तानेश्वर महादेवको सिमाना, बाडेगाउँबीचको पहाड र चोभारको पहाडलाई तान्त्रिक तरबारले छेड्ने गरी काटेर दहको पानी निकालेको भन्ने किंवदन्ती यहाँ रहेको छ । यस तालको पानी सुक्नुभन्दा पहिले एक स्थानमा नागराजलाई राख्नुपर्छ भन्ने हेतुले नागलाई राखेकाले त्यस स्थानको नाम नागदह भयो । यो धापाखेलमा पर्छ । जब पानी सुक्यो, दक्षिण भेगमा एउटा गाउँ चाहिन्छ भनी यस गाउँको नाम शिवपुर भयो । पानी सुकेपछि यस स्थानमा पशुपति महादेव उत्पत्ति भएको किंवदन्ती पनि छ । बुलुगाउँका पूर्वतिर महादेव रहेका छन् ।' बुलुगाउँमा एक व्यक्तिले बदमासी गरेकाले त्यसको मुख नहेर्ने भनी अरु सबै व्यक्ति छाडेर गएकाले महादेव पनि यहाँबाट पशुपतिमा गएको किंवदन्ती रहेको कर्माचार्यले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

बुलुगाउँबाट महादेव र अरु मानिस उठेर गएपछि सो शिवपुर गाउँ धमिलो भई नराम्रो वातावरणमा परिणत भएर गाउँको शोभा नै हराइ डरलाग्दो भयो । त्यसको धेरै वर्षपछि गाउँमा भएका सबै घरहरु भत्केर एउटा परिवार मात्र बसोबास गरिराखेको थियो । गाउँ नै अँध्यारोमा परिणत भएकाले यसलाई नेवारी भाषाबाट शिवपुर बुलुसिच्वाें अर्थात् बुलु नामाकरण गरिएको हो । हालसम्म बुलुगाउँको शिलापत्र फेला नपरेकाले यो जात्रा कसले र किन चलायो भन्ने कुरा अनुसन्धानमा मात्र सीमित भइरहेको स्थानीयवासीको मत छ ।

भनिन्छ, बुलुगाउँमा एउटा अचम्मको शक्ति छ । यस गाउँबाट कसैले पुराना सामग्री बाहिर अन्य स्थानमा लगेमा नराम्रो आवाज दिन्छ । पुराना सामान लाँदा आवाज दिन्छ भन्ने थाहा पाउने व्यक्तिले अहिलेसम्म पनि पुराना सामान गाउँबाहिर लैजाँदैनन् । एक गाउँबाट अर्काे गाउँमा पुराना सामान लाँजादा रातभरि सुत्न पाइँदैन भन्ने मान्यता बुलुवासीमा अझै रहेको देखिन्छ । यो मान्यतालाई बुलुगाउँमा दैविक शक्तिको परिभाषा दिइएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x