×

NMB BANK
NIC ASIA

कोरोना कहर : सुदूरपश्चिममा थप कडाइ

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेश सरकारले लडाउनलाई थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।

Muktinath Bank

मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको ‘कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समिति’ को बैठकले नेपाल सरकारद्वारा जारी गरिएको लकडाउनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन कडाइका साथ लागू गर्ने र लकडाउन अवधि थप गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।
'क्वारेन्टाइन (कोभिड–१९ शंकास्पद) लाई थप प्रभावकारी र व्यवस्थित बनाउन कडाईका साथ क्वारेन्टाईन सम्बन्धि तोकिएको नियमानुसार लागु गरिने छ।' मन्त्री शाहले भने,–'भारत लगायत अन्य मुलुकबाट आएका तर क्वारेन्टाईनमा नबसेकालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बसाउन स्थानिय तह तथा सुरक्षा निकायको समन्वयमा व्यवस्थित गरिने छ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरानाको रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका लागि आवश्यक पर्ने औषधि, उपकरण, आवश्यक सामग्री तथा विज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मार्फत नेपाल सरकारलाई माग गर्ने निर्णय गरिएको छ ।


Advertisment
Nabil box
Kumari

अस्पताल र स्वास्थ्य कार्यालयलाई विनियोजन गरिएको बजेट कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापन प्रयोजनका लागि व्यवस्थित रुपमा खर्च गर्ने, वितरण भइरहेका राहत सामग्रीहरु वितरण सबन्धी व्यवस्थाको लागि स्थानीय तह मार्फत् एकद्वार प्रणाली मार्फत व्यवस्थित गर्नेे पनि निर्णय भएको छ । 

Vianet communication
Laxmi Bank

प्रदेश अन्र्तगतका प्रादेशिक तथा जिल्ला अस्पतालमा कोभिड–१९ को उपचार तथा व्यवस्थापन गर्न चिकित्सक सहितको मेडिकल स्वास्थ्य टोलीनिर्माण गरी तयारी अवस्थामा राख्ने, एम्बुलेन्स तथा शव बाहनको व्यवस्था तम्तयार गर्ने निर्णय भएको मन्त्री शाहले जानकारी दिए ।

१९० गरिब परिवारलाई खाद्यान्न 
एनआईसी एशिया बैंकले लकडाउनबाट प्रभावित गरीब तथा ज्यालादारी गरी खानेहरुका लागि रु. तीन लाख ७५ हजार बराबरको खाद्यान्न सामग्री सहयोग गरेको छ । 

एनआईसी एशिया बैंकका सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख टेकराज भट्टले बैंकका तर्फबाट छाक  टार्न समस्या भएका कैलाली र कञ्चनपुरका बिभिन्न क्षेत्रका १९०  गरिब तथा मजदुर परिवारलाई दैनिक उपभोग्य वस्तुहरु स्थानीय तह मार्फत प्रदान गरिएको बताए ।

कैलालीको गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, बर्दगोरिया, कैलारी र जोशीपुर गाउँपालिका र कञ्चनपुरको बेतकोट नगरपालिकाका प्रमुख मार्फत बिपन्न परिवारलाई चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न सामाग्रीहरु प्रदान गरिएको बताइएको छ ।

बैंकले यसअघि काठमाडौं र प्रदेश नं १ मा ज्याला मजदुरी गर्नेहरुका लागि रू. पाँच/पाँच लाख बराबरको खाद्यान्न सामाग्री समेत वितरण गरिसकेको बैंकका प्रमुख भट्टको भनाई छ ।

दार्चुलाका तीन स्थानीय तहमा विपद् कोष

दार्चुलाका तीन स्थानीय तहले कोरोना माहामारी रोकथाम तथा विपद् व्यवस्थापन कोष स्थापना गरेका छन् । महामारीको रूपमा फैलिएको कोरोना भाइरसको जोखिम नियन्त्रण तथा रोकथाम व्यवस्थपनका लागि स्थानीय तहले कोष स्थापना गरेका हुन् ।
 
दार्चुलाको नौगाड गाउँपालिका, मार्मा गाउँपालिका र शैल्यशिखर नगरपालिकाले विपद् व्यवस्थापन कोराना माहामारी रोकथाम कोष निर्माण गरेका हुन् । नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीको अध्यक्षतामा शनिबार बसेको गाउँ कार्यपालिका बैठकले कोराना भाइरस तथा विपद् व्यवस्थापन नियन्त्रणका लागि कोष बनाउने निर्णय गरेको हो । 

नौगाड गाउँपालिकाले विपद् कोषमा रु नौ लाख ७४ हजार बजेट विनियोजन गरेको छ भने सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त हुने रु तीन लाख पनि सोही कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष धामीले जानकारी दिए । 

मार्मा गाउँपालिकाले कोराना भाइरस रोकथाम र व्यवस्थापनको लागि रु १५ लाख बजेट विनियोजन गरी विपद् कोष स्थापना गरिएको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले जानकारी दिए । शैल्यशिखर नगरपालिकाले कोराना भाइरस रोकथाम तथा नियन्त्रणका लागि रु २५ लाखको विपद् कोष निर्माण गरेको नगरप्रमुख अमरसिंह धामीले जानकारी दिए । उक्त कोषमा नगरपालिकाले रु २१ लाख र सुदूरपश्चिम सरकारबाट प्राप्त हुने रु चार लाख सोही कोषमा राख्ने निर्णय गरेको हो ।
 
नौगाड गाउँपालिकाले विपद् कोषमा कर्मचारी तथा नौगाड गाउँपालिकाभित्र र बाहिर रहेका व्यक्तिले स्वःस्फूर्तरूपमा सहयोग गर्न सक्ने जनाएको छ । साथै गाउँपालिकाले अब उप्रान्त गाउँपालिकामा प्रवेश गर्ने हरेक व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ भने हालसम्म गाउँपालिकाले हरेक वडामा हुने गरी ९६ श्ययाको क्वारेन्टाइन निर्माण गरेको छ । क्वारेन्टाइनमा १६ जना बसेका छन् । अझै क्वारेन्टाइन अभाव हुने भन्दै थप क्वारेन्टाइन निर्माण गर्ने तथा भारतलगायतका शहरबाट गाउँ फर्किएका हरेक व्यक्तिलाई वडाअनुसार स्वास्थ्यकर्मीको निगरानीमा राख्ने निर्णय गरिएको अध्यक्ष धामीको भनाइ छ ।
 
क्वारेन्टाइन र हेल्थ डेस्क र स्वास्थ्य संस्थामा चाहिने औषधिलगायतका उपकरणका लागि प्रदेश सरकारसँग आग्रह गर्ने निर्णय गरिएको छ । दार्चुलाको मार्मा गाउँपालिकाले हरेक क्वारेन्टाइनमा स्वास्थ्यकर्मी खटाउने तथा गाउँपालिकाभरि रहेका स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य एकाइलगायतलाई २४सै घण्टा खुला राख्ने निर्णय गरेको छ ।
      
शैल्यशिखर नगरपालिकाले विपद् कोषमा नगर कार्यपालिका पदाधिकारीको तीन दिनको बैठकभत्ता, नगरपापलिकाबाट नियुक्त भएका शिक्षकबाट तीन दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय गरिएको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताए । नगरपालिकाले कोराना भाइरस नियन्त्रण तथा रोकथामका लागि २४सै घण्टा खटिने कर्मचारका लागि ५० देखि ७५ प्रतिशत प्रोत्साहन भत्ता थप दिने निर्णय गरेको छ । कोरानाका आङ्शकामा जाँचका लागि गोकुलेश्वर अस्पतालसम्म पुग्ने बिरामी र नगरपालिकाभित्रका नागरिकलाई उपचारको लागि बाहिर लैजाँदा एम्बुलेन्समा ५० प्रतिशत रकम छुट दिनेजस्ता निर्णय गरिएको विष्टको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x