×

NMB BANK
NIC ASIA

बीसीजीको खोप कोरोनाभाइरस रोक्न प्रभावकारी ? वैज्ञानिकहरू गर्दैछन् अध्ययन

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड–१९ भनिने कोरोनाभाइरसको कुनै पनि खोप विकसित भइसकेको छैन । 

Sagarmatha Cement
Muktinath Bank

तर विभिन्न देशका वैज्ञानकहरूले एक सय वर्ष पुरानो एउटा खोपले रोगप्रतिरोधक क्षमता बढाएर कोरोना लागेका मानिसमा देखिने श्वासप्रश्वासको समस्याका लक्षणलाई घटाउन सक्छ कि भनी परीक्षण गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्ट्रेलिया र युरोपका शोधकर्ताहरूले बेसिल काल्मेट–ग्वेरिन भनिने बीसीजी खोपलाई कोभिड–१९ विरुद्ध उपयोग गर्न सकिन्छ कि भनी परीक्षण गरिरहेका हुन् । क्षयरोगसँग लड्नका लागि १०० वर्षअघि उक्त खोप विकसित गरिएको थियो । अहिले नेपालका स्वास्थ्य केन्द्रमा जन्मने सबै शिशुलाई बीसीजी खोप लगाउने गरिएको छ । 


Advertisment
Nabil box
Kumari

बीसीजी खोपको क्लिनिकल ट्रायल (मानवमाथिको परीक्षण) दुई समूहमा गर्न थालिएको छ । ती हुन् स्वास्थ्यकर्मी र वृद्धवृद्धा । यी दुईथरी नै कोरोनाको उच्च जोखिममा रहन्छन् । 

Vianet communication
Laxmi Bank

बीसीजी खोपमा क्षयरोगको जीवन्त तर कमजोर बनाइएको ब्याक्टेरिया हुन्छ जसले शरीरलाई एन्टीबडी बनाउन लगाएर क्षयरोगको ब्याक्टेरियामाथि आक्रमण गराउन प्रेरित गर्छ । यसलाई अनुकूलित रोगप्रतिरोधक प्रतिक्रिया अर्थात् अडाप्टिभ इम्युन रेस्पोन्स भनिन्छ किनकि शरीरले रोग उत्पन्न गराउने जीवाणुको सामना गरेपछि त्यसविरुद्ध रक्षाकवच तयार पार्छ । अधिकांश खोपहरूले एक्लो प्याथोजिन अर्थात् रोगाणुविरुद्ध अनुकूलित रोगप्रतिरोधक प्रतिक्रिया निर्माण गर्छन् । 

अरू खोपहरूभन्दा भिन्न बीसीजी खोपले शरीरमा निहित रोगप्रतिरोधक प्रणालीलाई बढाउँछ । शरीरमा विभिन्न किसिमका रोगाणु प्रवेश गर्न र संक्रमण गराउनबाट रोक्ने यो पहिलो पंक्तिको प्रतिरक्षक हो । 

अफ्रिकी मुलुक गिनी–बिस्सउमा गरिएको एक अध्ययनमा बीसीजी खोप लगाएका बालबालिकाको मृत्युदर नलगाएकाको भन्दा ५० प्रतिशत कम रहेको पाइयो । क्षयरोगका केसहरू घटेको भनी गरिने व्याख्याभन्दा बीसीजीको असरले मृत्युदर घटेको व्याख्या बढी विश्वसनीय छ । केही अध्ययनहरूले किशोरहरू र वृद्धहरूमा श्वासप्रश्वासमा संक्रमण यसै गरी कम भएको पाए । 

कोरोनाभाइरसविरुद्ध बीसीजी खोपको प्रभावकारिताका विषयमा वैज्ञानिकहरूसँग कुनै ठोस तथ्यांक छैन । 

बीसीजीका खोप विभिन्न प्रकारका छन् र विभिन्न किसिमका क्षयरोगविरुद्ध सुरक्षा दिने तिनका फरक फरक क्षमता छन् । कोभिड–१९ विरुद्ध लड्ने रोगप्रतिरोधक क्षमतालाई थप बलियो बनाउने सामर्थ्य कुन बीसीजी खोपमा छ भन्ने कुरा वैज्ञानिकहरूले निर्धारण गर्न बाँकी छ । 

कोभिड–१९ विरुद्धको लडाइँमा बीसीजी खोपको प्रभावकारिताको परीक्षण परिणाम आउन कैयौं महिना लाग्ने वैज्ञानिकहरूले बताएका छन् । त्यसैले मानिसहरूले बीसीजी लगाउन हतारो गर्नुहुँदैन किनकि वयस्कहरूमाझ यसको व्यापक परीक्षण गरिएको छैन र यो हानिकारक हुन सक्छ । अनि बीसीजी खोपलाई कोभिड–१९ विरुद्ध उपयोग गर्दा बालबालिकाका लागि खोपको कमी भएर क्षयरोगसँग लड्ने उनीहरूको क्षमतामा असर पुग्न सक्छ । 

रोयटर्सबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x