भदौ ७, २०८०
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
स्पेनको एक परिवारका सबै सदस्यलाई कोरोनाभाइरस लागेपछि घरैमा कडा आइसोलेसनमा बसिरहेका छन् । परिवारका ११ बालबालिका छन् ।
उत्तरपश्चिममा रहेको भायादोलिदमा सेब्रियन गेर्भासको परिवारका सबै सदस्यमा कोरोना भेटिएको हो ।
सबभन्दा पहिला आमा इरिनलाई कोभिड–१९ पोजिटिभ पाइएको थियो ।
बुवा होसे मारिया सेब्रियनले स्थानीय सञ्चारमाध्यमलाई भने, ‘बालबालिका एकपछि अर्को गर्दै ढले । केहीलाई अलि सहज छ भने केहीलाई निकै गाह्रो परिरहेको छ । गाह्रो पर्न थालेको पाँच ६ दिनपछि भाइरस देखिन थाल्ने भएकाले मानिस आफू ठीकै छु भन्ठान्छन् ।
सेब्रियनले थपे, ‘हाम्रो कुरा गर्दा बच्चाबच्चीहरू एक दिन बिरामी पर्छन् अनि टाउको दुख्छ, बान्ता गर्छन् अनि बान्ता गरेपछि ठीक भएको अनुभव गर्छन् । भोलिपल्ट उनीहरू गाह्रो परेको थियो भन्ने नै बिर्सिन्छन् ।’
परिवार अहिले कडा लकडाउनमा बसिरहेको छ किनकि उनीहरूले अरूमा संक्रमण फैलाउने खतरा छ ।
सेब्रियनले भने, ‘चिकित्सकले हामीलाई अझै दुई हप्ता कडा लकडाउनमा बस्न भने किनकि हामी धेरै भएकाले भाइरल लोड बढी छ । हामीहरू बाहिर निस्क्यौं भने भायादोलिदमा संक्रमण फैलाउन पुग्छौं ।’
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...