×

NMB BANK
NIC ASIA

कर्णालीमा कोरोनाविरुद्ध सावधानीको अभाव : न सरकार संवेदनशील, न त भारतबाट आउनेहरू !

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दैलेखको आठबीस नगरपालिका वडा नं. २ मा केही दिन पहिले मात्रै भारतको गड्डाचौकी नाका हुँदै ३९ जना भित्रिए । उनीहरू भारतको उत्तराञ्चलमा काम गरेर फर्किएका थिए । प्रदेश सरकारले उद्दार गरेर उनीहरूलाई सिंगौडी पठायो । सिंगौडीमा आठबीस नगरपालिकाले त्यहीँको माध्यमिक विद्यालयमा क्वारेनटाइन बनायो । गाउँमै आइपुगेका नागरिकहरू दिनभर क्वारेन्टाइनमा बस्ने, साँझ पसलमा जाने मदिरा सेवन गर्ने, होहल्ला गर्ने अनि राति क्वारेन्टाइनबाट भागेर आफ्नो घर जाने काम गर्न थाले ।

Muktinath Bank

‘उनीहरू बिहान मात्रै क्वारेन्टाइनमा बस्थे । राम्रोसँग बस भनेर हामीले भनेका थियौं तर उनीहरू मान्दै मान्दैनन्,’ नेकपाका वडा कमिटी संयोजक मोतिराम खनालले लोकान्तरसँग भने, ‘प्रहरी पनि बोलायौं, केही सीप लागेन । उनीहरू ताससमेत खेल्न थाले । हामीले सम्झाउँदा पनि उनीहरूले अर्कै व्यवहार गर्न छोडेनन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो कर्णाली प्रदेशको एक वडाको दृष्टान्त मात्रै हो । अधिकांश नेपालीहरू भारतका विभिन्न स्थानमा रोजगारीका लागि गए । भारतमा कोरोना संक्रमण महामारीका रूपमा फैलिएसँगै भारत सरकारले लकडाउन घोषणा गरेको थियो । उक्त घोषणासँगै ज्याला मजदुरी गर्ने हजारौं कर्णाली र सुदूरपश्चिमबासी नागरिक नेपाल फर्किन थाले । नेपालले भारत र चीनसँगका सबै नाका बन्द गरेतापनि उद्दारका नाउँमा नेपाल सरकारले धमाधम अनुमति दियो । उनीहरूलाई सकेसम्म नाकामै क्वारेन्टाइनमा राख्नुको साटो सोझै गाउँ प्रवेश गराइयो ।


Advertisment
Nabil box
Kumari

दैलेखको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले भावुक हुँदै भनेका थिए , ‘हामीले भन्दा कसैले पनि नमान्ने भए । कसरी उनीहरूलाई क्वारेन्टाइनमा बसाल्ने ? सयौंको संख्यामा गाउँमा आएपछि न र स्थानीय सरकारसँग पर्याप्त सुरक्षा निकाय छ, न त उनीहरूलाई व्यवस्थापन गर्न सक्ने जनशक्ति नै छ । जनप्रतिनिधि आफ्नै दाइ-भाइ, काका-भतिज, दिदी-बहिनी पर्ने भएका कारण भावनात्मक कुराले पनि उनीहरूलाई कडाइ गर्न सकिँदो रहेनछ् ।’

Vianet communication
Laxmi Bank

गड्डाचौकी नाकाबाट भित्रिएका कैलालीका युवाहरूमा कोराना संक्रमण भएको पुष्टि भएपछि बल्ल प्रदेश सरकारको ध्यान भंग भएको छ । कर्णाली प्रदेश सरकारले गाडीहरू रिर्जभ गराएर स्थानीय जनप्रतिनिधिको रोहवरमा क्वारेन्टाइनमा राख्ने भनेर उद्दार गरेपनि स्थानीय सरकारले क्वारेन्टाइनमा राख्न नसक्दा र प्रदेश सरकारको सबै वडामा सहज पहुँच नहुँदा कोरोना संक्रमणको जोखिम अत्याधिक बढेको आठबीस नगरपालिका ४ का ललित माझी बताउँछन् ।

‘सकेसम्म प्रदेश सरकारले भारतबाट आएका नागरिकलाई बाँके बर्दिया, कैलाली र कञ्चनपुरमै १४ दिन क्वारेन्टाइनमा राखेको भए कर्णालीमा त्यति धेरै त्रास हुन्थेन,’ माझीले भने, ‘तर सरकारले नै आफैंले जारी गरेको निर्देशन मिच्दै हजारौंलाई गाउँ पठाएपछि कसको के लाग्छ र ?’

कर्णाली प्रवेश गर्न मुख्यतया दुई नाका छन् । कोहलपुर भएर सुर्खेत आउँदा बबई नाका, कैलाली भएर सुर्खेत आउँदा पञ्चपुरी नगरपालिकाको कुइने नाका । यी दुई नाका नै सील गरेको भए अहिले कर्णालीमा कोरोना संक्रमणको भय कम हुने चौकुने गाउँपालिकाका भरत शाही बताउँछन् ।

‘नाकामा भरपर्दो स्वास्थ्य जाँच नगरिकनै धमाधम नागरिकलाई गाउँ पठाउनु गलत थियो,’ अनेरास्ववियू सुर्खेतका संयोजक धुपेन्द्र शाहीले भने, ‘अब भारतबाट आएका नागरिकको घरमै पुगेर भएपनि उनीहरूको स्वास्थ्य जाँच गर्न आवश्यक छ । कोरोनाका शंका लागेको खण्डमा उनीहरूलाई सरकारकै निगरानीमा क्वारेन्टाइनमा राख्नुको विकल्प छैन ।’

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले गाउँपालिकामा तीस जना क्वारेन्टाइनमा राखिएको बताए । ‘उनीहरूलाई हामीले क्वारेन्टाइनमा राखेका छौं । हामीलाई केही भएको छैन भनिरहेका छन्,’ उनले भने, ‘अप्ठ्यारो मानिरहेको महसुस भएको छ, अपराधी जस्तै थुनेको उनीहरूले मानेका छन् । असन्तुष्टि पनि राखिरहेका छन् । घर नजिकै आइपुगेको व्यक्तिलाई न फर्काउन सकिँदो रहेछ न त क्वारेन्टाइनमा अनुशासनपूर्वक बस्न दबाब दिन सकिने रहेछ ।’

कैलालीमा कोरोना संक्रमण भएको सुनेपछि पैदल हिंडेर जंगलाघाट हुँदै आउनेहरूको संख्या बढिरहेको  बताउँदै त्यसले कर्णालीमा थप जोखिम बढाउने बताए । ‘यहाँ गाई भैंसी पालिरहेका छन्, घरमा धारा छैन । खेतिपाती गर्नुपर्ने अवस्था छ । बाक्लो बस्ती छ । एक जनामा कोरोना देखिएको खण्डमा हामीले थेग्न सक्ने अवस्था छैन,’ उनले भने, ‘गाउँमा धेरै नागरिक पठाइयो । भारतबाट आएका, काठमाडौं, सुर्खेत, कैलाली, बाँकेबाट पनि सयौं नागरिक कर्णालीमा आएका छन् । अझ आइरहेको मैले सुनेको छु । यसले धेरै जोखिम निम्त्याएको मैले महसुस गरेको छु । हामीले हाम्रो तर्फबाट सक्दो प्रयास गरेपनि त्यो कोरोनाविरुद्ध कमै हुने मैले देखेको छु ।’

पर्याप्त स्वास्थ्यकर्मी नभएको, उनीहरूलाई सामाग्री अभाव भएकोले पनि यहाँ जोखिम बढेको उनले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सूचना अधिकारी केशव उपाध्यायले भारतबाट आएका सबै नागरिकको स्वास्थ्य जाँच गर्ने गरी एक्सन लिनुपर्ने अवस्था आइसकेको बताए । सरकारले गाडी रिर्जभ गर्दै भारतबाट आएकाहरूलाई पहाडी जिल्लामा पठाएको आरोप पनि यतिबेला लागिरहेको छ ।

‘अब दोष दिएर हुँदैन, कसरी हुन्छ स्थानीय तह वडा लेवल सक्रिय भएर नागरिकले पनि साथ दिएर उनीहरू जहाँ छन् फोन गर्दै पत्ता लगाउनु पर्छ । कैलाली कन्चनपुर र बाग्लुङ्गमा लागु भएको र्‍यापिड टेष्टिङ्ग यता फर्केर आएकाहरूमा पनि गर्नु पर्छ । त्यति आत्तिइहाल्नु पर्दैन । सबैमा वा कसैमा पनि भाइरस सरेको नहुन पनि सक्छ । संयमित भएर नियन्त्रण गर्न सकिन्छ । महामारी फैलन रोक्न त रकम खर्च गौण हुने नै भयो,’ उनले भने ।

कर्णाली प्रदेशभर हालसम्म कति जना भारतबाट फर्किए भन्ने कुराको यकिन तथ्यांक आइ नसकेको सामाजिक विकास मन्त्री दल रावल बताउँछन् । ‘केही स्थानीय तहले हामीलाई पुरै तथ्यांक दिइसकेका छैनन्, ९ हजार भन्दा बढी आएको हाम्रो अनुमान छ,’ मन्त्री रावलले भने, ‘सकेसम्म कोरोना विरुद्ध लड्ने हामीले योजना बनाएका छौं । यही आधारमा अहिले अनुगमन, क्वारेन्टाइन र अस्पतालको निरीक्षण गरिरहेका छौं ।’

सरकारले अहिले दैनिक १५ जनाको ‘स्वाब टेष्ट’ गरिरहेको बताउँदै केही दिनमा थप तीस जनाको टेष्ट गर्न सक्ने पीसीआर मेसिन ल्याउनेबारे कुराकानी भइरहेको लोकान्तरलाई बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x