नारायणकाजीको प्रस्तावः सचिवालय बैठक कोरोना रोकथाममा केन्द्रित गरौँ

'गुटगत अस्वस्थ आरोपप्रत्यारोप बन्द गराैँ'

सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध सिङ्गो देश एकतावद्ध भएर लाग्नु नै आजको राष्ट्रिय आवश्यकता रहेको बताएका छन्। 

पछिल्लो पटक नेकपाका केही नेताहरुबीच आरोपप्रत्यारोप चलिरहेका बेला श्रेष्ठले आइतबार राति ट्वीट गर्दै भनेका छन्, ‘पार्टीभित्रका साथीहरू व्यक्तिगत वा गुटगत अस्वस्थ आरोपप्रत्यारोपमा यसै पनि लाग्नु हुँदैन,यो बेला त झन् हुँदैहुँदैन।’ 


Advertisement

अहिले अरु बहस अहिलेलाई थाति पार्टीको बैठक (सचिवालय) पनि कोरोनामा केन्द्रित गर्नुपर्ने बताएका छन्। 

उनले शनिबार मात्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका थिए। कोरोना भाइरस रोकथामका लागि ११ चैतदेखि मुलुक लकडाउनमा रहेपनि नेकपामा यसबारे गम्भीर छलफल हुन सकेको छैन। फलतः नेताहरुले सचिवालय बैठक डाक्न माग गरिरहेका छन्।


Advertisement


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्