×

NMB BANK
NIC ASIA

कोरोना अपडेटः १ हजार ५२९ मा काेराेना परीक्षण, ११३ जनाआइसोलेशनमा

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको सम्भावना भएका व्यक्तिहरुलाई ‘-यापिड डायग्नोस्टिक टेस्ट’ गर्ने भएको छ। हालसम्म सङ्क्रमण पुष्टि भएका व्यक्तिको परिवार, नजीकका व्यक्ति, यही महिना विदेशबाट आएका व्यक्ति र तिनका सम्पर्कमा आएकामा कोभिड–१९ को सङ्क्रमण हुनसक्ने भन्दै परीक्षण गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजको नियमित पत्रकार सम्मेलनमा जनाएको हो। 

Sagarmatha Cement
Muktinath Bank

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त प्रविधिबाट ‘पोजिटिभ’ देखिए पिसिआर प्रविधिबाट पुनःपरीक्षण गरेर यकिन गरिने बताए। कैलाली र कञ्चनपुरमा सङ्क्रमण देखिएका व्यक्तिका परिवारका सदस्य, सम्पर्कमा आएका व्यक्तिसँगै सबै क्वारेन्टाइनका व्यक्तिहरुको यस्तो परीक्षण गर्न लागिएको हो। बाग्लुङ जिल्लामा पनि उपचाररत सङ्क्रमित व्यक्तिका बासस्थान वरपर र सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गरिने भएको छ। चैत महिनामा विदेशबाट आएका सबै र अरूसँग लागेका व्यक्तिमा सो परीक्षण गरिने प्रवक्ता डा देवकोटाले जानकारी दिए।  मन्त्रिपरिषद्को निर्णयानुसार यस्तो परीक्षण गर्न लागिएको उनले जानकारी दिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबारसम्म एक हजार ५२९ जनामा कोभिड–१९ को परीक्षण गरिसकेको छ । उपत्यकाबाहिर धरान, पोखरा, जनकपुर, हेटौँडा, सुर्खेत र धनगढीमा नमूना परीक्षण शुरु भइसकेको प्रवक्ता डा देवकोटाले जानकारी दिए। काठमाडौँ उपत्यकामा १२ र उपत्यकाबाहिर १०१ गरी जम्मा ११३ जना व्यक्ति आइसोलेशनमा रहेका छन् । सङ्क्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका सबै सङ्क्रमित व्यक्तिको ‘कन्ट्याक ट्रेसिङ’ शुरु भइसकेको प्रवक्ता डा देवकोटाले बताए। शनिबार सङ्क्रमण पुष्टि भएका सबै व्यक्तिको ‘कन्ट्याक ट्रेसिङ’ भइसकेको पनि डा देवकोटाले बताए। 


Advertisment
Nabil box
Kumari


भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा रहेका ९४ जनाको परीक्षण गरिएकामा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । मन्त्रिपरिषद्ले स्वास्थ्यकर्मीको सुरक्षाका लागि सेवामा खटिएका व्यक्तिलाई बाधा वा विरोध गर्नेलाई कारवाहीको व्यवस्था गरेको थियो । यसले गर्दा कार्यरत सबै स्वास्थ्यकर्मीको थप मनोबल बढेको उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

क्वारेन्टाइन गुणस्तर मापदण्डानुसार सञ्चालन हुनुपर्नेमा प्रवक्ता डा देवकोटाले जोड दिए। यी क्वारेन्टाइनहरुको अनुगमन भइरहेको पनि उनले बताए। सबै अस्पतालले सेवा लिन आउने बिरामीलाई आकस्मिक सबै सेवा दिनुपर्ने उनले बताए। उनले भने, ‘कुनै पनि समस्या लिएर आएका बिरामीले एक अस्पतालबाट अर्कोमा जाने अवस्था आउन दिनु हुँदैन ।’

विदेशबाट आएका व्यक्तिबाट उनको परिवारको सदस्यमा सङ्क्रमण देखिएसँगै नेपालमा रोगले दोस्रो अवस्थामा प्रवेश गरेको उनले बताए। विदेशबाट आएका व्यक्ति क्वारेन्टाइनमा नबसी परिवारका सदस्यसँग सम्पर्कमा आउँदा सङ्क्रमण फैलन सक्ने भन्दै उनले क्वारेन्टाइनमा बस्न अनुरोध गरे उनले भने, ‘सङ्क्रमित व्यक्तिबाट सङ्क्रमण परिवारका सदस्यमा सरेकाले पनि क्वारेइन्टाइन कति महत्वपूर्ण छ भनी देखिएको छ।’

सरकारलाई नेपाल–भारत मानव विकास मैत्री सङ्घले ३०० र एनएमबी ७०० थान पिपिई प्राप्त भएको उनले बताए। त्यसलाई हरेक प्रदेशमा सयसय वितरण गरिने उनले जानकारी दिए। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x