×

NMB BANK
NIC ASIA

कोरोनाको त्रासबीच धमाधम काम, चिनियाँसहित १५० मजदुरलाई छैन लकडाउनको आराम

चैत २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि देश २ सातादेखि जारी लकडाउनका कारण ठप्प छ ।

Muktinath Bank

तर रुपन्देहीको भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई कोरोनाले छोएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोजनाको काम लकडाउनमा पनि जारी छ । आयोजना प्रमुख प्रवेश अधिकारीले क्याम्पभित्रै बस्ने मजुदरले काम गरिरहेको बताए ।


Advertisment
Nabil box
Kumari

‘हाम्रो कामलाई कोरोना भाइरसले छोएको छैन,’ अधिकारीले लोकान्तरसँग भने, ‘हामीकहाँ २८ जना चिनियाँ कामदारसहित १५० जना कामदारले काम गरिरहेका छन् । यहाँ काम गर्ने धेरै जना क्याम्पमै बस्ने छन् । २–४ जना नजिकैका छन् । उनीहरू हिँडेर नै आउँछन् । हाम्रो बाहिरी मानिससँग सम्पर्क छैन ।’

Vianet communication
Laxmi Bank

विमानस्थलमा पुरानो धावनमार्ग लाइट जडान, टर्मिनल भवनको फिनिसिङ, सेन्ट्रल एसी जडान, टायल लगाउने र तरबारको काम भइरहेको छ । अधिकारीले भने, ‘हामीले प्रमुख जिल्ला अधिकारी महादेव पन्थ र प्रहरी प्रमुखसँग नै समन्वय गरेर काम गरिरहेका हौं । बाहिरबाट सामान ल्याउन गाह्रो छ । आइसकेका सामानको जडान रोकिएको छैन ।’

विमानस्थलका लागि अहिले नदीजन्य पदार्थ (ढुंगा, गिट्टी र बालुवा), हार्डवेयर र समस्या छ । गाडी नचल्दा अहिले ती सामग्रीहरु ल्याउन समस्या छ । हालसम्म विमानस्थल निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । 

गत डिसेम्बरमा चीनको वुहान शहरबाट फैलिएको कोराना भाइरसका कारण घर गएका धेरै कामदार आउन पाएनन् । चीन गएका जम्मा ७ जना मात्र कामदार फर्किए अन्य आउन पाएनन् । सन् २०१५ बाट निर्माण शुरू भएको विमानस्थल निर्माणको काम पटक–पटक थपेर गत मार्च ३१ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।

अझै १० प्रतिशत काम कोरोना भाइरसको सन्त्रास हटेर वातावरण सामान्य भएपछि पनि कम्तीमा ३ महिना लाग्ने देखिन्छ । अधिकारीले पनि कोरोनाको अवस्था हेरेर म्याद थप हुने बताए । नाकाबन्दी, भूकम्पले गर्दा निर्माणमा अप्ठ्यारो अवस्थामा पुगेको विमानस्थल तत्कालीन स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारीको विशेष पहलपछि गति लिएको थियो । बहालवाला पर्यटनमन्त्री योगेश भट्टराईले पनि समय–समयमा निरीक्षण गरेर विमानस्थल निर्माणमा चासो दिएका छन् । गौतमबुद्ध विमानस्थल निर्माणको लागत ६ अर्ब ८२ करोड रुपैयाँ छ । यो रकम जग्गा अधिग्रहण बाहेकको रकम हो ।

विमानस्थलमा एसियाली विकास बैंक (एडीबी) को ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १ गते विमानस्थलको शिलान्यास गरेका थिए । 

विमानस्थलको आन्तरिक खपतका लागि १० मेघावाट सौर्य ऊर्जा निकाल्न करीब १ अर्ब लगानी लाग्ने अनुमान छ ।  सन् २०१४ नोभेम्बर १३ मा ८५ दशमलव ५५७ मिलियन डलरको परियोजना प्राधिकरणले चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनसँग आईसीबी १ नम्बर परियोजनाका लागि ७८ दशमलव ३ मिलियन डलरमा निर्माण सम्झौता गरेको थियो ।

विमानस्थलमा सौर्य ऊर्जामार्फत १० मेघावाट विद्युत् उत्पादन गर्ने गरी काम अगाडि बढाइएको छ । अधिकारीका अनुसार एडीबीको अनुदानमा सौर्य ऊर्जा जडान गरिने भएको छ । विमानस्थललाई प्रदूषणरहित विमानस्थलको रुपमा विकास गर्ने गरी नेपालमै पहिलो प्रयोगको थालनीका लागि छलफल अगाडि बढाएको अधिकारीले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x