मोदीको आह्वानमा दीपावली गर्ने क्रममा बहकिइन् भाजपा नेत्री, चलाइन् गोली (भिडियो)

भारतको उत्तर प्रदेशस्थित बलरामपुरकी एक भाजपा नेत्री मञ्जु तिवारीले आइतवार राति दीपावली मनाउने क्रममा हावामा गोली चलाएर विवाद निम्त्याएकी छन् । 

आइतवार राति ९ बजे ९ मिनेटसम्म बत्ती निभाएर दियो वा मैनबत्ती बाल्न प्रधानमन्त्री नरेन्द्र मोदीले आह्वान गरेका थिए । 


Advertisement

तिवारीले गोली चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि बलरामपुर प्रहरीले तिवारीविरुद्ध उजुरी दर्ता गरेको छ । तिवारी पार्टीको जिल्ला महिला शाखाकी अध्यक्ष हुन् । 

भिडियोमा उनले आकाशतर्फ रिभोल्भर ताकेर गोली चलाएको देखिन्छ । उनले गोली चलाएपछि उनको परिवारका एक पुरुषले उनलाई हौस्याएको सुनिन्छ । 


Advertisement

पछि एउटा हिन्दी टीभी च्यानलसँग कुरा गर्दै तिवारीले आफ्नो लापरवाहीका लागि माफी मागिन् । शहरमा दीपावलीको माहोल रहेकाले आफू बहकिएको उनले बताइन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्