×

NMB BANK
NIC ASIA

कोरोना त्रासबीच थर्मल गन विनै स्वास्थ्य जाँच

चैत २४, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

रुकुम पूर्वमा आवश्यक उपकरण नहुँदा स्वास्थ्यकर्मीले जोखिम मोलेर बिरामीको जाँच गर्ने गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सरकारले लकडाउन घोषणा गरेको २ हप्ता बित्दासमेत जिल्लामा एउटा पनि थर्मल गन नआएपछि बिरामीको जाँच गर्न समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाल जिल्लामा भारतबाट भित्रिनेको संख्या धेरै भएकाले कोरोनाको जोखिम उच्च रहेकाले स्वास्थ्यकर्मी पनि त्रसित छन् । यस्तो अवस्थामा ज्वरो नाप्ने थर्मल गन समेत नभएपछि लक्षण देखिएका आधारमा बिरामीको उपचार गर्ने गरिएको जिल्ला अस्पताल रुकुम पूर्वका डा. पूर्णबहादुर पुनले बताए ।


Advertisment
Nabil box
Kumari

‘विदेशबाट आएकाहरूलाई जाँच गर्न थर्मल गन हामीसँग छैन, पहिले आफू सुरक्षित भयौं भने मात्र अरुलाई सुरक्षित राख्न सक्छौं,’ डा. पुनले भने, ‘आवश्यक सामग्री अभावकै कारण बिरामीलाई लक्षणको आधारमा सल्लाह सुझाव दिने गरेका छौं ।’ हालसम्म जिल्लामा कोरोनासँग मिल्ने लक्षण भएको कुनै पनि बिरामी नभेटिएको उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

सरकारले लकडाउन घोषणा गरेको पहिलो साता प्रदेश सरकारले जिल्लामा एउटा थर्मल गन पठाए पनि काम नगरेको जिल्ला अस्पतालले जनाएको छ । प्रदेश सरकारले पठाएको एचटीसी एमटीफो कम्पनीको इन्फ्रारेड थर्मामिटर अहिले त्यत्तिकै थन्किएको डा. पुनले बताए ।

उनले भने, ‘थर्मामिटरले मानिसको ज्वरो चेक गर्दा एउटै व्यक्तिको फरकफरक तापक्रम देखाउने गर्छ ।’

विभिन्न ठाउँमा राम्रो खालको इन्फ्रारेड थर्मामिटरको माग गर्दा कतैबाट पनि उपलब्ध हुन नसकेको उनको भनाइ छ । जिल्लाका विभिन्न ठाउँमा राखिएका हेल्थ डेस्कमा पनि आवश्यक सामग्रीको अभाव देखिएको छ ।

हेल्थ डेस्कमा संघ, प्रदेश र स्थानीय सरकारले पीपीई उपलब्ध गराए पनि मास्क, सेनिटाइजरलगायत सामग्री अभावका कारण जोखिम मोलेर बिरामी जाँच गर्नुपरेको पुथाउत्तरगंगा गाउँपालिकाका स्वास्थ्य संयोजक समिर गिरीले बताए ।

कोरोना त्रासकै कारण स्वास्थ्यकर्मीले बिरामीलाई लक्षण सोधेर सल्लाह सुझाव दिने गरेका छन् । त्यसकै कारण अन्य रोगका बिरामीले सास्ती खेप्ने गरेका छन् । यस बेलामा अन्य रोगले बिरामी परेका मानिस अस्पतालसम्म पुगे पनि कोरोनाकै डरका कारण स्वास्थ्यकर्मीले आफूहरुलाई जाँच नगरी फर्काउने गरेको सर्वसाधारणले गुनासो गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x