×

NMB BANK
NIC ASIA

लकडाउनको प्रभाव : शहरी प्रदूषण कम, दुर्घटना ह्वात्तै घट्यो

चैत २४, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

कोभिड–१९ को त्रासका कारण देशका अधिकांश क्षेत्र ठप्प छन् । अत्यावश्यकबाहेकका सेवा बन्द छन् । दैनिक ज्यालादारी गर्ने धेरैले रोजगारी गुमाएका छन् । यसका धेरै नकारात्मक असर हुँदाहुँदै थोरै सकारात्मक पक्ष पनि नभएको होइन् । सवारीसाधन गुड्न कम हुँदा काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रमा प्रदूषण कम भएको छ भने सडक दुर्घटना पनि ह्वात्तै घटेको छ । 

Muktinath Bank

नेपालमा औसतमा दैनिक सातजनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको भए पनि यो आधा महिनामा यो सङ्ख्या ह्वात्तै घटेको छ । काठमाडौं उपत्यकामा दुर्घटनामा घाइते बढी जाने गरेका राष्ट्रिय ट्रमा सेन्टर, बी एण्ड बी अस्पतालमा आउने बिरामीको सङ्ख्याले त्यो देखाएको छ । लकडाउनका कारण अत्यावश्यकबाहेकका सवारीसाधन नचल्दा  सेन्टरमा आउने सडक दुर्घटनाका घाइतेको सङ्ख्या कम भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्पतालमा अहिले सामान्य अवस्थाभन्दा सबै घाइतेको सङ्ख्या कम भएकामा सडक दुर्घटनाका घाइते बिरामी अझै कम भएको हो । यही चैत ११ गतेदेखि आइतबारसम्म अस्पतालको आकस्मिक कक्षमा ३२४ उपचारका लागि आएकामा सडक दुर्घटनाका ९४ आएका थिए । ४९ बिरामी लडेर आएका र सातजना कुटपिटका घाइते भएका पाइएको छ ।


Advertisment
Nabil box
Kumari

सडक दुर्घटनामा पहिले काठमाडौं उपत्यकाका घाइते मात्रै आउने भए पनि अहिले देशभरका आएका अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बताए । देशभरका अरू अस्पतालले घाइतेको समेत उपचार गर्न नमान्ने हुँदा अधिकांश बिरामी यहीँ आइपुग्छन् । उनले भने, 'देशभरका यहाँ आएकाले सङ्ख्या केही बढे पनि सवारी दुर्घटनाका घाइते कम भएका छन् ।'

Vianet communication
Laxmi Bank

यो अवधिमा बालबालिका आफ्नै घरभित्रै लडेर घाइते भएका घटना बढेका छन् । कोभिड–१९ र त्यसपछि सरकारले घोषणा गरेको लकडाउनका कारण सडक दुर्घटनामा कमी आए पनि बालबालिका घरभित्रै लडेर घाइते उपचारका लागि नेपाल ट्रमा सेन्टर आइरहेका छन् । लकडाउनको समयमा पनि बालबालिका दुर्घटनामा परेका यहाँ आउने घटनाले देखाएको छ ।

अहिले अस्पतालको आकस्मिक कक्षमा आएकामध्ये आफ्नै घरभित्र लडेर घाइते भएका तीन–चारजना बालबालिका उपचाररत रहेका निर्देशक डा. पौडेलले बताए ।

देशका विभिन्न जिल्लामा भएका दुर्घटनापछि घाइते हेलिकोप्टरबाट उद्धार गरिएर वा एम्बुलेन्समार्फत काठमाडौं आइरहेका छन् ।

उनले भने, 'काठमाडौं उपत्यकाबाहिरबाट आउने बिरामी यो समयमा पनि आइरहेका छन् ।'

अस्पतालले नियमितरूपमा सेवा दिइरहे पनि यहाँ आउने बिरामीको सङ्ख्या कम छ । अस्पतालले पनि सकेसम्म चाँडो उपचार गरेर बिरामीलाई छिटो घर फर्काउने गरेको छ ।

देश अहिले कोभिड–१९ को जोखिमको दोस्रो चरणमा प्रवेश गरिसकेकाले बिरामीलाई चाँडो पठाएर भोलि आउनसक्ने सम्भावित जोखिमका लागि तयारी गर्नुपर्ने उनले बताए ।

उनले भने, 'आकस्मिक र तुरुन्त उपचार चाहिनेलाई उपचार गरेर सक्दो चाँडो घर फर्काइएको हो ।'

अस्पतालमा आउने दुर्घटनाका घाइतेमध्ये झण्डै २९ प्रतिशत घाइते सडक दुर्घटनाका घाइते हुने गरेका अस्पतालको विगत तीन वर्षको तथ्यांकले देखाएको मेडिकल रेकर्ड अधिकृत सिद्धार्थ ढुङ्गानाले बताए ।

सार्वजनिक यातायातमा भएका दुर्घटनामा एकपटक धेरै जना घाइते भएर आउने घटना लकडाउन यता कम छन् ।

केही दिनपहिले दोलखामा भएको एउटा बोलेरो जिप दुर्घटनामा छजना घाइते आएकाबाहेक यस्ता घटनामा कमी आएको उनले बताए ।

दुईपाङ्ग्रे सवारीसाधन दुर्घटना हुँदा आउने घाइते पनि यो अवधिमा न्यून छन् । उनले भने, 'समग्रमा सवारीसाधन नै नचलेपछि दुर्घटना कम हुनु स्वाभाविक हो ।'

काठमाडौं उपत्यकाबाहिरका दुर्घटनाका थोरै जटिल घाइते मात्रै यस अस्पतालमा आउने गरेका थिए । लकडाउन यता भने उपत्यकाबाहिरका बिरामी बढेका छन् ।

यसले समग्र तथ्यांकमा केही सङ्ख्या थपे पनि समग्रमा दुर्घटना घटिरहेको अस्पतालले जनाएको छ । अस्पतालमा गत वर्ष १८ हजार २६३ घाइते उपचारका लागि आएका थिए ।

तीमध्ये झण्डै पाँच हजार सवारी दुर्घटनाका घाइते थिए ।

अस्पतालको तीन वर्षको तथ्यांक हेर्दा सडक दुर्घटनाका घाइते २९ प्रतिशत, लडेर, कृषि काम गर्दा, कुटपिटलगायतका कारणले घाइते ६१ प्रतिशत रहेको पाइन्छ । सञ्चिता घिमिरे /रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x