बैकल्पिक तरकारी बजारका लागि काठमाडौँ महानगरले उपलब्ध गरायो ११ स्थान

काठमाडौँ महानगरपालिकाले ११ स्थानबाट तरकारी बिक्री गर्न काठमाडौँ ठाउँ उपलब्ध गराउने भएको छ।

महानगर क्षेत्र भित्रका कलंकी चोक, वाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गंगबु चोक, बसुन्धरा चोक, गोपिकृष्ण हल चोक, तिनकुने चोक लैनचौर, रत्नपार्क र कोटेश्वरचोकमा लकडाउन अवधी भरी बैकल्पिक तरकारी बजार सञ्चालन गर्न ठाउँ उपलब्ध गराउने भएको हो।


Advertisement

कोरोना रोकथाम र नियन्त्रणका लागि कालीमाटीसँगै बल्खुको फलफूल तथा तरकारी बजारमा हुने बढ्दो भिडभाडलाई नियन्त्रण गर्न यस्ताे उपाय अबल्बन गरिएकाे महानगरका कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए।
उनका अनुसार पहिलो चरणमा महानगरपालिकाले परिक्षणका लागि ११ ठाउँबाट थोक बिक्रीका लागि स्थान उपलब्ध गराएको हो। ‘कालीमाटी तथा बल्खुको फलफुल बजारमा बढ्दो भिडभाड नियन्त्रण–व्यवस्थापन गर्न हामीले विभिन्न ११ स्थानबाट बिहान ८ बजेसम्म बिक्रि गर्ने व्यवस्थाका लागि स्थान उपलब्ध गराउने भएका हौँ,’ भण्डारीले भने, ‘सबै ठाउँमा सबै खाले फलफुल र तकारी उपलब्ध गराउने व्यवस्थापन गर्न पनि हामीले भनेका छौँ ।’ उनले यसले कालीमाटी र बल्खुमा हुने भिडभाड कम हुने विश्वास व्यक्त गरे। याे व्यवस्था सकेसम्म बुधबारबाट सुरु हुने पनि  उनले जनाए।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्