×

NMB BANK
NIC ASIA

‘मेरो सरकार पन्चर भएको कार जस्तो नहोस्'

चैत २५, २०७६

NTC
Sarbottam
तस्वीर सौजन्य: अन्नपूर्ण पोस्ट
Premier Steels
Marvel

हास्य कलाकार मनोज गजुरेल समय सान्दर्भिक व्यंग्य गर्न खप्पिस छन्। अहिले देश कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न लकडाउनको अवस्थामा छ। लकडाउनको समयमा घरमै बसिरहेका उनै हास्यव्यंग्यकार मनोज गजुरेलले आफ्नो फेसबुकमा एउटा कविता प्रस्तुत गरेका छन्।
सरकार, अहिलेको अवस्था, महामारीबाट बच्न अपनाउनुपर्ने सचेतनालगायत पछिल्लो समय औषधि खरिदमा भएको अनियमितता विषय समेटेर उनले लगडाउनको समय सदुपयोग गरेका छन्। उनले कविता भन्छ।

Sagarmatha Cement
Muktinath Bank

मेरो एउटा सपना छ। मेरो सरकार सरकार जस्तै होस्, कसैको प्राइभेट लिमिटेड जस्तो नहोस्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेरो कर्मचारी कर्मचारी जस्तै होस्। लिमिटेडको हेड जस्तो नहोस्। मेरो मन्त्री मन्त्रीजस्तै होस् कम्पनीको मालिक जस्तो नहोस्।


Advertisment
Nabil box
Kumari

मेरो प्रधानमन्त्री प्रधानमन्त्री जस्तै होस् तर दोबाटोको सालिक जस्तो नहोस्। मेरो सरकार सरकार जस्तै होस् भारदार जस्तो नहोस् विपद्को साथी जस्तो होस्, युद्धको सरदार जस्तो नहोस्।

Vianet communication
Laxmi Bank

कोरोनाको कहरमा पनि कमिसनको रहर गर्नेको जिब्रो थुतोस्, भाइरसको भयमा पनि आफ्नै मात्रको जय गाउनेको जगल्टा लुछोस्।

दसौं गुणा मूल्यमा सामान भित्र्याउन खोज्नेको असल्ली अनुहार उदांगो पारोस्। अत्यावश्यक वस्तुमा पनि कमिसन खोज्नेको अनुहार जनसामुन्ने नांगो पारोस्।

मेरो सरकार जस्तो होस् पन्चर भएको कार जस्तो नहोस्। मन्दिर, मस्जिद, गुरुद्वार र चर्च जस्तो होस् रेस्टुरेन्ट र बार जस्तो नहोस्।

मन्त्रीको बोली शिष्ट होस् साँढे टुक्रे झैं नढुक्रोस्, सल्लाहाकारको वचन सभ्य होस् हनुमान उफ्रे झैं नउफ्रोस् दलालसँग सम्बन्ध तोडोस् इमानदारसँग नाता जोडोस्।

चन्दा दाताको साथ छोडोस् मतदातासित मन मोडोस् मेरो सरकार सरकार जस्तै होस्। देशका लागि भारजस्तो नहोस्। चौतारीको वरपीपल जस्तै होस् वनमारा झारजस्तो नहोस्।

छोरालाई ठेक्का नदेओस् सालालाई किचन क्याबिनेटमा नहुलोस्। पत्नीलाई पीए नराखोस्, साली च्यापेर उद्धार भन्दै नडुलोस्। सरकारमा कार्यकर्ता मात्रै नभरोस्, विषय विज्ञको टोली बनोस्, महामारीलाई कमाउ उत्सव होइन कर्मोत्सवको बोली बनोस्।

मेरो सरकार, सरकारजस्तो होस्, कबवल सलामी खाने खञ्चुवाको गिँढजस्तो नबनोस्, आपत्को साथीजस्तो बनोस् सरकार केवल मलामी जाने भतुवाको भीडजस्तो नबोनोस्।  अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x