कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
सन् २०१९ मा विविध घटना घटे तर सिंगो मानव जाति र जगतलाई २ घटनाले दर्दको छाप छोडेका छन् । त्यसमध्यको एक सन् २०१९ मा अस्ट्रेलियामा दन्किएको प्रलयकारी आगो र अर्को चीनको हुवान शहरबाट फैलिएको कोरोना भाइरस ।
अस्ट्रेलियामा सल्किएको आगोको राँकोले हजारौं वन्यन्तु र वनस्पतिको नाश गर्यो । कैयौ विरुवा, वनस्पति र जनवारको वंश सखाप भयो । जसले पारिस्थितिक पद्धतिमा ठूलो असर पार्ने नै छ । सन् २०१९ डिसेम्बर महिना चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको तापले विश्व जलिरहेको छ ।
एउटाले प्राकृतिक स्थिरता र शिथिलता कायम राख्ने चुनौती खडा गरिदिएको छ भने अर्कोले मानव जीवनको रक्षावरण गर्ने चुनौती तेर्स्याइदिएको छ । विश्व कोरोनाको कहरसँग पौठेजोरी खेल्दै मानवीय रहरलाई जतन गर्न लागिपरेको छ । सवाल मानवीय मूल्यको स्थायित्वसँग जोडिएको छ ।
विश्व बजार ठप्प छ । गतिशील बनेको विश्वको अर्थतन्त्र एकाएक लगाम लागेको छ । विश्वको अर्थतन्त्र नयाँ परिभाषाको पर्खाइमा रुमल्लिएको प्रतित हुन्छ । विश्व कतै लकडाउन, कतै जनता कर्फ्यू, कतै स्टेहोम नामक लगामबाट बाँधिएको छ । सम्भवत विश्वको एक्कासौं शताब्दीको मानव जाति माथिको सबैभन्दा ठूलो प्रहार हो यो । विश्व आक्रान्त भएको यस युगको यो नै पहिलो संगीन घटना हो ।
प्रथम र द्वितीय विश्वयुद्ध हुँदा अर्बाैको सम्पत्ति र करौडौंंको मानवीय क्षति भएपनि विश्वका सबै देश यही तरिकाले समान रुपले यसरी आक्रान्त भएका थिएनन् । युद्धमा सीमित देश सहभागी बने । सीमित मान्छे लडे तर आज र अहिलेको जस्तो फ्याँफ्याँ विश्व सायदै भएन । मानवीय क्रियाकलापले प्रकृति माथिको ज्यादती र दमनको परिणाम विश्वले भोगिरहेको छ ।
स्वास्थ्य क्षेत्र कति संवेदनशील छ ? यो क्षेत्र हल्का रुपमा लिन हुन्छ कि हुँदैन ? यो क्षेत्रलाइ विहंगम महत्त्वका साथ माथि उठाइनुपर्छ कि पर्दैन ? यी प्रश्नको जवाफ कोरोना विपत्तिले खोज्न पक्कै पनि बाध्य पारिरहेको हुनुपर्छ । स्वास्थ्य क्षेत्र सरकारले सके सरकारीकरण गर्ने नसके स्वास्थ्य क्षेत्र माथिको निजीकरणलाई अब उपरान्त रोक्ने सुन्दर अवसर हुन सक्छ ।
इटालीको जस्तो स्वास्थ्यको उपचारको दृष्टिले विश्वको दोस्रो राम्रो देशलाई समेत आच्छुआच्छु पारिरहेको सन्दर्भ एकातिर छ भने अमेरिका जस्ता शक्तिशाली राज्यलाई समेत हाहाकार पारेको सन्दर्भ अर्कोतिर छ । परमाणु हतियारदेखि ग्रहमा बस्ती बसाल्ने समेतका आविष्कार कोरोनाका अगाडि फिक्का र हलुका सावित भएका छन् ।
सैनिक शक्ति सञ्चय र हतियारको सम्पन्नताको आधारमा आफूलाई सुरक्षित महसूस गरिरहेका मुलुक कोरोनासामु घुडा टेक्दै असुरक्षित महसूस गर्दै प्रताडित भइरहेका छन् । अत्याधुनिक प्रविधि र विज्ञानबाट निर्माण भएका जैविक र भौतिक हतियारले न भाइरस मार्न सके, न सिध्याउन । युद्ध नभएपनि युद्ध हारेको भान सबैमा हुँदैछ ।
हरेक चुनौतीले अवसरका सुन्दर लालिकिरण समेत बोकेका हुन्छन् भनिन्छ । अब कोरोनाको कहर पछिको जगतमा पनि केही नयाँ अवसरको प्रयोग हुने ठहर छ । उदारीकरण र निजीकरणको सक्कली रुप के हो भन्ने तथ्य मज्जाले उजागर हुन थालेका छन् । नेपाल जस्तो तेस्रो मुलुकमा यसका प्रवाह कस्तो पर्यो र बन्यो भन्ने भाव स्पष्ट भएको छ । अर्थतन्त्रको मेरुदण्ड । पावर हाउस भनेर चिनिएको निजी क्षेत्रप्रति मानिसको विश्वास गुमेको भान हुन्छ ।
सायद अब विश्वमा विश्व शक्ति को र केका लागि भन्ने परिभाषा समेत बदलिने अट्कलबाजी काटिएका छन् । अत्याधुनिक प्रविधिले सुसुज्जित हतियार हुँदैमा कोही बलियो र हतियार नहुँदैमा कमजोर हुन्छ भन्ने भाष्य बदलिनेवाला छ । समयको क्रमलाई हर्ने हो भने विश्वको कुनै मुलुक सदावहार शक्तिशाली र कमजोर भएको पाइँदैन । हरेक मुलुक, नेतृत्व, विचार र आविष्कारको पनि समय हुन्छ । समयक्रमसँगै कोही अस्तित्वमा आउँछन्, कोही लोप हुन्छन् ।
मन्दिर, मस्जिद, गुम्बा र चर्च बनाउन तम्सनेहरूले अब सुविधासम्पन्न अस्पताल बनाउन दबाब दिनुपर्ने भएको छ । पुण्य र प्राप्तिको लागि महाज्ञय गर्नेहरूले अब सामुदायिक अस्पतालका संरचना निर्माणको लागि गरिने प्रयत्नमा नै सर्वप्राप्ति हुने रहेछ भन्ने चेत खुलेको हुनेछ ।
स्वघोषित समाजसेवी, सेवक र सेवाको परिभाषा थप नयाँ शिराबाट हुने नै छ । व्यावसायिक क्षेत्रको सामाजिक उत्तरदायित्वको क्षेत्र पहिचान हुने नै छ । सामाजिक क्षेत्रमा राज्य बाहेकका क्षेत्रको भूमिका र दायित्व पुनः एक पटक परिभाषित हुने नै छ । धन, दौलत, भैव र बंगालाहरू नै अन्तिम शक्ति र सबथोक हो भनेर मान्ने पुज्ने सबैलाई पैसाले पनि उपचार दिन नसकेको दर्दनाक तथ्यले चिनाइरहेका छन् कि स्वास्थ्य रह्यो र भयो मात्र सबैथोक प्राप्त हुन्छ । एक थान स्वस्थ शरीरले मात्र सबै इच्छाइएका थोक प्राप्त गर्न सक्छ । जीवनका सफलता र असफलताको हिसाबकिताब जीवन रहेसम्म मात्र हुन्छ ।
एक दिन आफैं मर्ने । खियर । सकिएर । मरेर जाने मान्छेको चोलालाई मार्न बम, बुलेट, बारुद, गोला र लोला सबै बनायौं तर रोग, भाइरस र महामारीबाट बच्ने कुनै बुटी, क्याप्सुल र दबाई बनाउन दिल, दिमाग र मस्तिष्क प्रयोग नगरेकोमा वैज्ञानिकहरू पनि चुकचुकाइरहेका होलान् । आणविक हतियार उत्सर्जनका भट्टीहरूबाट पश्चातापका आँशुहरू बगिरहेका होलान् । सायद एक्काइसौं शताब्दीको यही विन्दुबाट विज्ञानको धार पनि परिवर्तन हुनेछ र विनाशका निम्ति सिर्जना होइन विकासको निम्ति सिर्जना हुनेछ ।
पृथ्वी प्रलय हुने । डायनासोर विलय भए जस्तै मानव जातिको पनि विलय हुने अडकलबाजीहरू चर्किरहका छन् । विज्ञान दिमागको उपज हो । दिमागहरू निरपेक्ष हुँदैनन्, सापेक्ष हुन्छन् । सायद त्यही भएर होला विज्ञानका एउटै विषय र तर्कमा पनि भिन्न–भिन्न दृष्टि पर्न र श्रृष्टि हुन थाल्छन् । यी फरक धारको एउटै उद्देश्य सत्य स्थापित गर्नुमा केन्द्रित हुन्छन् । विज्ञान र प्रकृतिको लडाइँको भुमरीमा मानव जाति परेको अवस्था छ । विश्वव्यापारीकरणको विकिरणबाट तेस्रो विश्वका मुलुक बढी प्रभावित हुने दर्दनाक अवस्था छ ।
हाम्रो जस्तो एउटा स्वास्थ्यकर्मी वडा सचिव भएर काम गर्न खटाइने देशमा स्वास्थ्य क्षेत्रको महत्त्व र संवेदनशीलतालाई लज्जित त त्यसै बनाएकै छ । यही महामारीले स्वास्थ्य क्षेत्र रुपान्तरणको नयाँ आयाममा प्रवेश गर्न सुअवसर प्राप्त भएको छ । यसको गरिमा र महत्त्व सर्वाधिक बलियो र कमजोरलाई बोध भएको छ ।
प्राकृतिक गतिविधिमाथि मानवीय गतिविधिले पुर्याएको क्षति र असर । भएको असन्तुलन र परस्पर विरोधी कार्यले अन्ततोगत्वा मानव जाति संकटमा हुनुपर्ने कुरामा शंका गर्न नमिल्ने । विज्ञान प्रकृति सापेक्ष हुनुपर्नेलाई थप पुष्ट्याइँ गर्न परेन । विश्वको खोज, अनुसन्धान, अन्वेषण मानवीय रक्षा प्रणालीमा केन्द्रित हुनुपर्नेमा जोड दिनुपर्छ । उदारीकरण र निजीकरणका हावाले एउटा वर्गलाई मनग्यै अक्सिजन प्राप्त भइरह्यो भने अर्को वर्ष अक्सिजन नपाएर आईसीयूमा भर्ना हुन पुग्यो भन्नेमा धेरैको विमति नहोला । राज्य सबैको लागि र सधैको लागि प्रादुभाव भएको हो भन्ने तथ्यलाई बंग्याउन मिल्दैन ।
विश्व राजनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक र विचारको हिसाबले जति ध्रुवीकृत भएपनि विपद् महामारीको सामना सामूहिक प्रयत्न, सहकार्य र समन्वयमा नगरी नहुने बाध्यताको पगरी थमाइदिएको छ । मुलुकभित्र पनि विचार, चिन्तन, मूल्य र मान्यताका हिसाबले विभक्त वर्गलाई फेरि पनि कोरानाको संक्रमणले एक ठाउँमा उभ्याइदिएको छ । विपद कहिल्यै पनि निर्मूल गर्न सकिँदैन । यो असम्भव छ । यसको असरलाई कम गर्न सबैको एक्यवद्धता र वचनवद्धताको आवश्यता हुन्छ । प्रकृतिको लीलाले सबैलाई समान रुपमा व्यवहार गर्दछ । परिहाल्यो भने एक बच्ने र अर्को मर्ने हुन सक्दैन । सबैलाई समान रुपले ट्रिट गर्दछ ।
मानव विनाको विश्व हुँदैन । मानवीय मूल्य, मान्यता र विश्वासमा नै विश्व अटेको छ । विश्वलाई यस विषम परिस्थितिबाट मुक्त गर्न हातेमालोबाहेक अर्को अचुक अस्त्र देखिएन । मानवीय जीवन रक्षाको लागि जिम्मेवार नागरिकको भूमिका निर्वाह गरौं । यही चुनौतीभित्र विश्व रुपान्तरणको एउटा नयाँ फेज प्रारम्भ हुनेछ ।
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...