युरोपेली मुलुकहरू लकडाउन हटाउनका लागि योजना बनाउँदै

बेलायत र अमेरिकाले लकडाउनपछिको परिस्थितिका विषयमा योजना बनाइरहँदा युरोपेली मुलुकहरूले बिस्तारै लकडाउन खुकुलो बनाउन खोजिरहेका छन् । ती मुलुकहरूमा कोरोनाभाइरस चरममा पुगेको संकेतहरू पाइएका छन् । 

अस्ट्रियाले अप्रिल १४ मा साना पसलहरू खोल्ने अनि मे १ देखि ठूलो सुपरमार्केटहरू खोल्ने योजना सार्वजनिक गरेको छ । 


Advertisement

डेनमार्कले ईस्टर पर्वपछि नियन्त्रणहरू हटाउने योजना बनाएको छ । तर मानिसहरूलाई ट्रेन र बसमा भीडभाड नगर्न उसले अनुरोध गरेको छ । 

जर्मनीमा चाहिँ संक्रमण दर अहिलेको जस्तै कम रहेमा विद्यालयहरू खोल्ने र रेस्टुराँहरूमा सीमित संख्यामा मानिसलाई भेला हुन दिइने भएको छ । 


Advertisement

युरोपका अन्य मुलुकमा भन्दा बढी समय लकडाउन लगाएको इटलीमा अधिकारीहरूले दोस्रो चरणको कुरा गरिरहेका छन् । त्यो भनेको भाइरसको अस्तित्व स्वीकार्दै मास्क लगाएर हिँड्ने र थप परीक्षण गर्ने हो । 

इटली र जर्मनीले स्मार्टफोनबाट ट्य्राकिङ गर्ने योजना पनि बनाएका छन् । त्यसो गर्दा नयाँ संक्रमण भएछ भने पनि सबैजनालाई घरमा नथुनी संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्न पाइन्छ । 

उता स्पेनमा पनि संक्रमण तथा मृत्युदर घटेकाले यो संकट अब चरममा पुगेको आशा गरिएको छ । तर अमेरिका र बेलायतमा संकट चरममा अझै पुगेको छैन र यी दुवै मुलुकका लागि यो हप्ता निकै महत्त्वपूर्ण छ । 

तर युरोपका स्वास्थ्य अधिकारीहरूले जीवन सामान्य अवस्थामा अहिल्यै फर्किन नसक्ने चेतावनी दिएका छन् । लकडाउनका कुनै न कुनै उपायहरू अझै केही हप्तासम्म लागू गरिने उनीहरूको भनाइ छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्