×

NMB BANK
NIC ASIA

असफलताका बावजुद् प्रधानमन्त्री ओली दम्भबाट मुक्त भएको देखिएन : मीनेन्द्र रिजाल

चैत २५, २०७६

NTC
Sarbottam
फाइल तश्वीर
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार गरेको सम्बोधन जनतालाई आशा जगाउनेभन्दा पनि निराशा बढाउने खालको भएको आरोप लगाएको छ । स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमितता र भ्रष्टाचार लुकाउने काम मात्र भएको कांग्रेसको आरोप छ । 

Sagarmatha Cement
Muktinath Bank

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्रधानमन्त्री ओलीले जनतामा आशा जगाउनुको सट्टा झन निराशा थपेको टिप्पणी गरे ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मलाई उत्साही बनाउन सक्नुभएन, भन्न त उहाँले भन्नुभयो हामी जीवनकालको कठिनाइमा छौं भनेर, यस्तो कठिनाइमा देशको अविभावकले जनतामा यो लडाईं लड्न सकिन्छ, जितिन्छ पार पाइन्छ भन्ने आत्मविश्वास सञ्चारित गर्नुपर्ने थियो त्यो सञ्चारित गर्न सक्नुभएन,’ रिजालले लोकान्तरसँग भने, ‘सबैभन्दा दुःख पाएको मानिसलाई तपाईंहरूलाई दुःख हुन दिन्न भन्ने कुरा आश्वस्त गर्न सक्नु भएन । कैलाली कञ्चनपुरमा जुन असाध्यै त्राहीको स्थिति छ, त्यतातर्फ सरकार के गर्दैछ ? आश्वस्त पार्ने कुरा आएन । समग्रमा हामीलाई निराश बनाउनुभयो ।’


Advertisment
Nabil box
Kumari

रिजालले स्वास्थ्य उपकरण खरिदमा अनियमितता गर्नेमाथि कारवाही गर्ने प्रतिबद्धता नजनाउनु दुःखद् भएको बताए । ‘स्वास्थ्य सामग्री खरिद प्रक्रियामा उहाँकै वरिपरिबाट अनियमितता र भ्रष्टाचार भएको भन्ने कुरा आम नागरिकलाई लागेपनि होइन, यसमा दोषीलाई कारवाही हुन्छ भनेर आश्वस्त गर्नसक्नु भएन’ रिजालले भने, ‘स्वास्थ्य उपकरण तत्कालै, चाँडै, छिट्टै ल्याउँछु, यो तयारी छ भन्ने कुरा पनि आश्वस्त पार्न सक्नुभएन, त्यसैले देशको मूल अभिभावक बोल्दा जनतामा आशा सञ्चारित हुन्छ, अलिकति भरोसा सञ्चारित हुन्छ भन्ने जुन चाहना थियो, त्यो पूरा भएन ।’

Vianet communication
Laxmi Bank

स्वास्थ्य उपकरण खरिदमा अनियमितता भएको देखाउन खोज्नु सरकारलाई असफल देखाउन गरिएको प्रचारबाजी र बेमौसमी बाजा भन्ने प्रधानमन्त्रीको दाबीप्रति टिप्पणी गर्दै रिजालले भने, ‘त्यो चेतनाको समस्या हो, दुईतिहाइको र दर्शनको पनि समस्या हो, दुईतिहाइको संख्याको समस्या होला । अलिकति पनि आलोचना र टिप्पणी भयो भने कमी कमजोरी खोज्नेभन्दा आलोचना गर्नेमाथि आक्रमण गर्ने शैली छ । प्रधानमन्त्रीले जीवन र स्वतन्त्रतामध्ये एउटा रोज्नु पर्ने कुरा गर्नुभयो, यी सँगै जाने कुरा हुन् । उहाँले रोज्नुभएको बिम्ब नै ठीक छैन ।’

रिजालले ओलीमा अहिले पनि दुईतिहाइको दम्भ कायम रहेको टिप्पणी गरे । ‘यो कठिनाइबाट दम्भबाट उहाँ अहिलेपनि मुक्त हुनुहुन्न, यतिका असफलताका बावजुद उहाँ यो दम्भबाट मुक्त भएको देखिएन । आशाभरोसा जाग्ने भन्दा प्रधानमन्त्रीप्रति पहिलेको निराशा कायम रह्यो,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x