×

NMB BANK
NIC ASIA

वैज्ञानिकहरूले सुनाए कोरोनाभाइरसको संगीत (अडियो सहित)

चैत २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरसको आवाज हुनसक्छ भनेर कहिल्यै सोच्नुभएको थियो ? वैज्ञानिकहरूले यस भाइरसको आवाजलाई संगीतमा परिणत गरेका छन् । 

Muktinath Bank

कोरोनाको तस्वीर त तपाईंले धेरै देखिसक्नुभएको छ । तर यसको आवाज पनि अब सुन्न सकिने भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाको आवाजलाई अमेरिकाको मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरूले संगीत बनाएका हुन् । संगीत १ घन्टा ४९ मिनेट ४८ सेकेन्डको छ । 


Advertisment
Nabil box
Kumari

सोनिफिकेसन प्रविधिबाट वैज्ञानिकहरूले संगीत बनाएका हुन् । यो बनाउनका लागि कोरोनाभाइरसको माथिल्लो पत्रमा हुने काँडे प्रोटीनको सहायता लिइएको छ । 

Vianet communication
Laxmi Bank

उक्त काँडे प्रोटीनको पत्र अमिनो एसिडबाट बनेको हुन्छ । यही पत्रले मानव शरीरको कोशिकामा प्वाल पार्छ र भाइरस शरीरमा प्रवेश गर्छ ।

अमिनो एसिडको यो संरचना डीएनएको जस्तो हुन्छ, घुमाउरो किसिमको । यस संरचनामा कम्पन हुँदा आवाज निस्कन्छ । 

वैज्ञानिकहरूले कोरोनाभाइरसको यो काँडेदार प्रोटीनबाट प्राप्त अमिनो एसिडको हेलिकल संरचनालाई फरक फरक नोटमा राखेर संगीत बनाएका हुन् । 

संगीत तयार पार्ने वैज्ञानिकहरूले संगीतको माथिल्लो र तल्लो नोटबाट भाइरसको प्रोटीनमा अमिनो एसिडको संरचना कहाँ बलियो छ अनि कहाँ कमजोर छ भनी पत्ता लगाउँछन् । कुन नोटबाट यो भाइरसले मानिसको कोशिकामा आक्रमण गर्छ भन्ने पनि यसबाट पत्ता लाग्छ । 

भाइरसको आक्रमणलाई कसरी रोक्न सकिन्छ भन्ने कुरा पनि यसबाट थाहा हुन्छ । विज्ञानको भाषामा यसलाई मोलिक्युलर मोडुलर भनिन्छ । 

वैज्ञानिकहरूले कोरोनाभाइरसको संगीतलाई आफ्नो डेटाबेसमा राखेका छन् । डेटाबेसमा पहिलेदेखि नै रहेको कुनै प्रोटीनले यस भाइरसको प्रोटीनसँग कस्तो प्रतिक्रिया दिन्छ भनी वैज्ञानिकहरू हेरिरहेका छन् । 

डेटाबेसमा भएको प्रोटीनले यस भाइरसको प्रोटीनलाई दबायो भने कोरोनाभाइरसलाई सिध्याउने औषधि बनाउन सकिने वैज्ञानिकहरूको कथन छ । त्यो प्रोटीन यस भाइरसका लागि एन्टीडोट साबित हुनेछ । 

कोरोनाभाइरसको संगीत सुन्न यहाँ क्लिक गर्नुस् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x