पत्रकार महासंघले भन्यो– सुरक्षित ढंगले समाचार सम्प्रेषण गराउने वातावरण बनाऊ

नेपाल पत्रकार महासंघले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन सरकारले गरेको ‘लकडाउन’को समयमा सुरक्षित ढङ्गले समाचार सम्प्रेषण गराउने वातावरण बनाउन आग्रह गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले आज एक विज्ञप्ति जारी गर्दै असहजता परिस्थितिका बीच अनेकौँ कठिनाई र जोखिम मोलेर नागरिकलाई सुसूचित गराउने महत्वपूर्ण दायित्व पत्रकारले बहन गरिरहेको बताए ।


Advertisement

संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सम्मान गरी पत्रकारलाई सही र सहज ढङ्गबाट सूचना उपलब्ध गराउन र स्वतन्त्र, सुरक्षित एवं निर्वाधरुपमा काम गर्ने वातावण निर्माण गर्नसमेत महासंघले सम्बन्धित निकायसँग माग गरेको छ ।

विषम परिस्थितिमा सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटेका पत्रकारमाथि विभिन्न पक्षबाट भइरहेको आक्रमण, दुर्व्यवहार, हातपात, समाचार संकलनमा रोकलगायत घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ । 


Advertisement

कमेन्ट गर्नुहोस्