कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
चैत २५, २०७६
कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेको छ भने दैनिक ज्याला मजदुरी गर्न नपाएका मजदुर र अन्य व्यक्ति भोकै बस्नु नपरोस् भनेर सरकारले राहत वितरण समेत गरिरहेको छ ।
संघ सरकारले राहत वितरणको जिम्मा स्थानीय तह र वडाध्यक्षलाई दिएको छ तर सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाले स्थायी वासिन्दालाई मात्रै राहत दिने नीति लिएपछि अस्थायी बसोबास गर्ने मजदुर, विद्यार्थी, सर्वसाधारण मर्कामा परेका छन् ।
वीरेन्द्रनगर नगरपालिकाले मतदाता नामावली हेरेर राहत वितरण गरिरहेको छ । मतदाता नामावलीमा नाम नभएका, लालपूर्जा नभएका र बसाइसराई प्रमाणपत्र नभएका व्यक्तिले राहत पाएका छैनन् ।
प्रदेश राजधानीको नगरपालिका भएको र कामका अवसर धेरै पाइने भएका कारण हजारौं नागरिक वीरेन्द्रनगरमा रहेपनि लकडाउनको बेला राहत नपाउँदा भोकभोकै बस्नुपर्ने अवस्था आएको वीरेन्द्रनगर–८ मा बसोबास गर्ने लेनिन विश्वकर्माले बताए । ‘नगरपालिकाले भने मतदाताबाहेक अरुलाई राहत नबाँड्ने भनेर पन्छिएको छ,’ उनले भने, ‘लकडाउनका बेला १५ किलो चामल पाउन गाउँमा गएर अहिले बसाइसराई कागज कसरी ल्याउने ?
प्रदेश राजधानी वीरेन्द्रनगरमा डेरा लिएर अध्ययन गरिरहेका विद्यार्थी समेत राहतको पर्खाइमा रहेपनि नगरपालिकाको नीतिले विद्यार्थीले समेत राहत नपाउने भएका छन् । वीरेन्द्रनगरमा डेरा गरी बस्ने दैलेखका राजकुमार सिजापतिले भने, ‘नगरपालिकाले पक्षपाती व्यवहार गर्नुभन्दा आवश्यक परेका सबैलाई खाद्यान्न दिनुपर्ने थियो तर दिएको छैन । राज्यका नजरमा सबै नेपाली बराबर भएका कारण राहत जिल्ला वा क्षेत्र नहेरी सबैलाई दिनुपर्छ ।’
दैनिक रुपमा ज्याला मजदुरी गरिरहेकी वीरेन्द्रनगर–६ बस्ने गंगा विश्वकर्माले नगरपालिकाले हुनेखानेलाई मात्रै राहत दिएको बताइन् । ‘जसको जग्गा छ, जोसँग घर छ, उनीहरू त धनी नै हुन् नि !’ उनले भनिन्, ‘धनीलाई राहत बाँड्नुभन्दा गरीबलाई बाँडेको भए हुने थियो । गरीब सधैं गरिब नै भइरहने, गरीब भोकभोकै मर्नुपर्ने अवस्था नगरपालिकाले ल्यायो ।’
नगरपालिकाले १६ वटा वडामा आंशिक र पूर्ण राहत गरी २ प्रकारले राहत वितरण गरिरहेको छ । नगरमा ३ हजार ५६ परिवारले पूर्ण राहत पाउने छन् । पूर्ण राहत पाउन ५ जनाभन्दा बढी परिवारका सदस्य हुनुपर्ने व्यवस्था गरिएको छ । पूर्ण राहतमा ३० किलो चामल, २ किलो दाल, १ पोका तेल र १ पोका नून दिइएको छ ।
आंशिक राहत पाउनेले १५ किलो चामल, १ किलो दाल, १ पोका तेल र १ पोका नून पाइरहेका छन् । नगरपालिकाभर आंशिक राहत पाउनेको संख्या ४ हजार १३९ रहेको छ ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले नगरपालिकाले अहिले सरकारले दिएको निर्देशन अनुसार नगरका नागरिकलाई मात्र राहत बाँडेको बताइन् । ‘हामी भावनामा बगेर मात्रै हुँदैन । त्यसका लागि संघीय सरकार, प्रदेश सरकारको कुरा पनि छ । हामीले हाम्रो क्षेत्राधिकारभित्र रही काम गरिरहेका छौं । यो सरकार भएका कारण हरेक कुरा गर्दा प्रक्रिया पुर्याउनुपर्ने हुन्छ,’ उनले भनिन्, ‘जनप्रतिनिधि खटेका छौं । हरेकको तथ्यांक हामीले लिएका छौं । हरेक दिन सीडीओमार्फत संघीय सरकारलाई नागरिकतासहित राहत वितरण गरेको रिपोर्ट पठाइरहेका छौं । संघीय सरकारले जो जहाँ छ, त्यहीँ वितरण गर्ने भनेको खण्डमा हामी वितरण गर्न तयार छौं ।’
बाहिर स्थायी घर भएर वीरेन्द्रनगरमा बस्ने नागरिकको नामावली तयार भएको उनले जानकारी दिइन् । नगर क्षेत्रमा ५ हजार २५५ परिवारलाई राहत दिनुपर्ने देखिएको बताउँदै उपप्रमुख ढकालले प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई तथ्यांक बुझाइने बताइन् ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...