कोरोना लकडाउनमा पढाइ : तिलोत्तमा क्याम्पसमा अनलाइन भर्चुअल कक्षा

प्रकाश आचार्य
प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

प्रतिकात्मक तस्वीर

रुपन्देहीको तिलोत्तमा–२ योगिकुुटीस्थित तिलोत्तमा क्याम्पसले जिल्लामै पहिलो पटक भर्चुवल अनलाइन कक्षा सञ्चालन गरेको छ ।

कोरोना भाइरसका कारण क्याम्पस बन्द भएको अवस्थामा प्रविधिलाई उपयोग गर्दै विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन बीबीए पहिलो, तेस्रो, पाँचौं र सातौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई भर्चुअल अनलाइन कक्षा सञ्चालन गरेको हो ।


Advertisement

क्याम्पसका बीबीए प्रोग्राम संयोजक मुुकुुन्दराज आचार्यले अनलाइन कक्षाबाट ३४० विद्यार्थी पढाइमा जोडिएको जानकारी दिए । उनले भने, ‘शिक्षकले घरबाटै विद्यार्थीलाई एउटा लिंक पठाउनुहुुन्छ । विद्यार्थीले त्यहीँ लिंक ल्यापटपमा अन गर्छन् । शिक्षकले घरबाट पढाएको कुरा विद्यार्थीले वास्तविक कक्षामा जस्तै हेर्न सक्छन्, सोध्न सक्छन् र प्रश्न गर्न सक्छन् ।’

देशमा परेको विपत्तिमा पनि विद्यार्थीको पढाइ नरोकियोस् भनेर क्याम्पसले अनलाइन कक्षा चैत १८ गतेदेखि शुुरू गरेको आचार्यले जानकारी दिए । तिलोत्तमा क्याम्पस यस क्षेत्रमै पहिलो पटक बीबीए कक्षा सञ्चालन गर्ने पहिलो र प्रतिष्ठित क्याम्पस हो । 


Advertisement

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्