×

NMB BANK
NIC ASIA

खुला सीमाबाट लुकीलुकी आउने क्रम रोकिएन, प्रदेश २ मा ‘तबलिगी जमात’बाट आउनेको संख्या २७

चैत २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल-भारतबीचको अन्तर्राष्ट्रिय सीमा नाका पूर्ण रूपले बन्द भए पनि भारतबाट मानिसहरू चोरीछिपी नेपाल प्रवेश गर्ने गरेका छन् । प्रदेश सरकारअन्तर्गत रहेको सामाजिक विकास मन्त्रालयका सचिव डा. राम प्रसाद घिमिरेले चैत्र २५ गते गरेको मिडिया ब्रिफिङ मा समेत उक्त कुरा सार्वजनिक गरेका छन् ।

Muktinath Bank

घिमिरेले भनेका थिए, ‘चैत्र २३ गते राति लुकीछिपी नेपाल प्रवेश गर्ने क्रममा स्थानीय प्रहरीले ५ जनालाई पक्राउ गरेका थिए । त्यसपछि त्यहीं स्थानीय स्तरमा माध्यमिक विद्यालयमा संचालन गरिएको क्वारेन्टाइनमा उनिहरूलाई २४ गते देखि राखिएको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती ५ जनामध्ये ३ जना मुस्लिम समुदायका रहेको तथा भारतको दिल्ली स्थित निजामुद्दिनमा भएको मर्कस तथा तबलिगी जमातमा सहभागी भएर फर्किने क्रममा पक्राउ परेको उनले जानकारी दिए । ‘अहिले सम्म उक्त मर्कसबाट २७ जना फर्किएर क्वारेन्टाइनमा बसेका छन्,’ घिमिरेले भने, ‘फर्किनेहरूमध्ये रौतहटमा रहेका १४ जना र बारा जिल्लामा रहेका १० जना गरेर कूल २४ जनाको स्वाब परीक्षण गरिएको छ ।’ २४ जनाकै स्वाब परीक्षण निगेटिभ रहेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

यता सप्तरीको डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख शिवनारायण साह पनि तबलिगी जमातबाट फर्किएका ३ जना मुस्लिम समुदायका मानिसहरूलाई स्थानीय नागरिक तथा प्रहरीको सहयोगमा पक्राउ गरेर क्वारेन्टाइनमा राखिएको पुष्टि गरेका छन् । ‘डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर ५ स्थित पातो गाउँको विद्यालयमा रहेको क्वारेन्टाइनमा उनीहरूलाई राखिएको छ,’ साहले लोकान्तरसँग भने, ‘उनीहरू दिल्लीबाट भने नआएको बताउँछन् ।’

Vianet communication
Laxmi Bank

उनीहरूले आफू दिल्लीबाट नभइ भारतको विहारस्थित मुझफ्फरपुरको तबलिगी जमातबाट फर्किएको बताएको साहले जानकारी दिए । दिल्ली जस्तै त्यहाँ पनि जमात गरिएको थियो । करीब १० दिनदेखि संचालनमा आएको उक्त क्वारेन्टाइनमा कुल १३ जना मानसिहरू रहेकोमा ११ जना मुस्लिम समुदायका रहेको उनले बताए ।

भारतको दिल्लीस्थित निजामुद्दिनमा आयोजित मर्कसमा सहभागी भएकामध्ये धेरैजसो मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उक्त धार्मिक कार्यक्रम मर्कसमा सहभागी हुन नेपालबाट समेत कतिपय मुस्लिम समुदायका मानिसहरू दिल्ली पुगेका थिए । अहिले उनीहरू नेपाल फर्किएका छन् । तर सबै संख्या हालसम्म यकिन हुन सकेको छैन ।

प्रदेशका विभिन्न जिल्लामा रहेका नाकाहरूबाट रातिको समयमा लुकिछिपी बाक्लै संख्यामा नेपाली नागरिकहरू भित्रिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआइजी )प्रद्युम्न कुमार कार्की पनि स्वीकार्छन् । ‘शुरू-शुरूमा ठूलै संख्यामा प्रवेश गरेपनि अहिले भने फाट्ट फुट्ट रुपमा नेपाली नागरिकहरू भित्रिएका छन्,’ उनले भने । प्रदेश २ अन्तर्गत ४ सय ३१ किलोमिटर दूरीरहेको नेपाल-भारत बीचको सीमामा रहेका कुल १ सय ९ वटा नाका रहेकोमा अहिले बढाएर ३ सय २९ पुर्याएको कार्कीले बताए । तर त्यसले पनि नियन्त्रण हुन नसकेपछि अब वडा स्तरमा नै नागरिकको सहयोगमा नियन्त्रण गर्ने उनले बताए ।

‘अहिले भारतमा पनि पूर्ण रुपमा लक-डाउन भएकोले गर्दा अलि सहज पनि छ,’ डीआईजी कार्कीले लोकान्तरसँग भने, ‘तर उता खुल्ने बित्तिकै पारि रोकिएर रहेका नेपाली नागरिक नेपाल भित्रिनेछन् ।’ फेरि आफ्नो देशको नागरिकलाई रोक्न पनि मिल्दैन । उनीहरू अपराधी पनि होइनन् ।’

त्यसैले भोलिको दिनमा उनीहरूलाई काउन्सिलिङ गर्न तथा बुझाउनका लागि समेत आजकै दिनबाट सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विगतमा नै गठित वडास्तर सम्मको नागरिक निगरानी समितिलाई परिचालन गरिएको उनले बताए । ‘नेपाल भित्रिन चाहने आफ्नै देशका नागरिकलाई रोक्न पनि मिल्दैन,’ उनले भने, ‘त्यस्तो अवस्थामा स्थानीय वडा स्तरमै नागरिक निगरानी समितिको सहयोगमा होम क्वारेन्टाइन वा सरकारी क्वारेन्टाइनमा राख्ने गरी  भित्र्याउनेछौं ।’

सामाजिक विकास मन्त्रालयका सचिव घिमिरेका अनुसार प्रदेश २ मा हालसम्म ९ सय ३६ जना सरकारी क्वारेन्टाइनमा तथा १ हजार २सय १३ जना सेल्फ होम क्वारेन्टाइनमा बसेका छन् । त्यसै गरी २२ जना आइसोलेसनमा उपचाररत छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x