कुवेतका प्रधानमन्त्रीले व्यक्त गरे नेपालीलाई अप्ठेरोमा पर्न नदिने प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा कार्यरत नेपालीहरुको सुरक्षा र उपचारबारे चासो दिने क्रममा आज कुवेतका प्रधानमन्त्री सबाह अल खालिद अल सबाहसँग टेलिफोन संवाद गरेका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणका समयमा त्यहाँ कार्यरत नेपालीको सुरक्षा र कल्याणको बारेमा आफूले चासो राखेको कुवेतका प्रधानमन्त्रीले नेपालीहरुलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको ट्विट मार्फत जनाएका छन् ।


Advertisement

‘आज दिउँसो कुवेतका प्रधानमन्त्रीसँग भएको टेलिफोन संवादमा मैले त्यहाँ कार्यरत नेपालीहरुको सुरक्षा र कल्याणको बारेमा आफ्नो चासो राखें,’ ट्वीटमार्फत प्रधानमन्त्री ओलीले भनेका छन्, ‘कुवेतका प्रधानमन्त्रीले नेपालीहरुलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।’


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्