अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ सम्म प्रतिबन्ध

सरकारले न्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिएको छ। 

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले प्रतिबन्धलाई  वैशाख १८ सम्म लम्ब्याउने निर्णय गरेको हो। सरकारले यसअघि अन्तर्राष्ट्रिय हवाई उडान वैशाख ३ गतेसम्म स्थगित गरेकोमा १५ दिन समय थप गरी वैशाख १८ गते सम्म उडान स्थगित गर्ने निर्णय गरेको हो ।


Advertisement

यसअघि ३ वैशाखसम्म आन्तरिक र अन्तराष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाइएकोमा अब आन्तरिक उडान के हुन्छ भनेर निर्णय भइसकेको छैन।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्