कोरोनाविरुद्धको लडाइँमा सञ्चार जगतको महत्वपूर्ण भूमिका : राज्यमन्त्री रावत

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कोरोना विरुद्धको लडाईमा नेपाली सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। 

मंगलबार गृहजिल्लामा आएका राज्यमन्त्री रावतले जनतालाई कोरोनाबाट जोगाउन अथाह जनचेतनामूलक कार्यक्रम, सन्देश, समाचार प्रकाशन प्रसारण गरेर सञ्चार जगतले राज्यलाई ठूलो योगदान दिएको बताए। उनले आगामी दिनमा पनि सञ्चारकर्मीको तर्फबाट नागरिक जोगाउने अभियान निरन्तर चलिरहने अपेक्षा व्यक्त गरे।


Advertisement

उनले कोरोनाबाट बच्न सबैले सामाजिक दुरी कायम गर्नुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ सुर्खेतलाई मास्क, पञ्जा र स्यानिटाईजर हस्तान्तरण गर्दै मन्त्री रावतले कोरोना विरुद्ध नेपाल पनि लडाईमा होमिएको बताउँदै आम नागरिकले सरकारले दिएका निर्देशनको पालना गर्नुपर्ने बताए।

‘अहिले हामी सबैको साझा शत्रुको रुपमा कोरोना रहेको छ । यसबाट बच्न, बचाउन सबैको योगदान जरुरी छ,’ उनले भने, ‘त्यसका लागि अन्य देशबाट आएका नागरिकहरु क्वारेन्टाइनमा बस्ने, नागरिकले घरभित्रै बसेर सहयोग गर्न म आग्रह गर्दछु ।’


Advertisement

नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले कोरोना विरुद्ध सबै सञ्चारकर्मीले सचेतना जगाउन विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिरहेको बताए। मन्त्री रावतले सुर्खेतका सञ्चारकर्मीको समस्यालाई दृष्टिगत गर्दै दिएको उपहार महत्वपूर्ण भएको बताउँदै मन्त्री रावतलाई धन्यवाद दिए।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्