उपत्यकामा लकडाउनमा कडाइ १५५ स्थानमा चेक प्वाइन्ट

ट्राफिक प्रहरीले  लकडाउनलाई थप कडाइ गरेको छ। अत्यावश्यक कामबाहेक उपत्यकालगायत एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाका, मुख्य सडक तथा भित्री सडकको जाँचमा थप कडाइ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाइन्ट राखी सवारीसाधन जाँच गर्ने व्यवस्था मिलाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। भित्री सडकमा भने मोटरसाइकलमा ट्राफिक प्रहरी खटाएको उनले बताए। 


Advertisement

कोरोना भाइरस विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देशव्यापीरूपमा लकडाउनको आदेश जारी गरिएको थियो।

लकडाउन उल्लङ्घन गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिएर बाहिर ननिस्कने प्रतिबद्धतासहित बेलुका मात्रै उक्त सवारीसाधन छाड्ने गरिएको महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा चैत ११ गतेदेखि लकडाउन उल्लङ्घन गर्ने पाँच हजार बढी सवारीसाधन नियन्त्रणमा लिएर कारवाही गरिएको छ भने २५ हजारभन्दा बढी मानिसलाई समेत कारवाही गरिएको छ । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्