×

NMB BANK
NIC ASIA

अन्तर्राष्ट्रिय उडान बैशाख १८ सम्म प्रतिबन्ध

चैत २६, २०७६

NTC
Sarbottam
फाइल तश्वीर
Premier Steels
Marvel

सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाउँदै आएको प्रतिबन्धलाई बैशाख १८ गतेसम्म लम्ब्याएको छ ।

Sagarmatha Cement
Muktinath Bank

यसअघि सरकारले बैशाख ३ गतेसम्मका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकपछि समन्वय समितिका सदस्य सचिव नारायण विडारीले अन्तर्राष्ट्रिय उडानलाई बैशाख १८ गतेसम्मका लागि स्थागित गरिए पनि आन्तरिक उडानको विषयमा केही दिनमा निर्णय आउने जानकारी दिए । उनले भने, 'आन्तरिक उडानको विषय विचाराधीन छ । केही दिनमा टुङ्गो लाग्ने छ ।' उनले बैठकमा कोभिड–१९ सङ्क्रमणबाट जनजीवन र नेपाली अर्थतन्त्रमा पारेको असरबारे राष्ट्रिय योजना आयोगले ‘इम्प्याक्ट स्टडी’ गर्ने निर्णयसमेत भएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

बैठकमा कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको समीक्षासमेत भएको थियो ।

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री कार्यालयका सचिव विडारीले दिएको जानकारी अनुसार, लकडाउनका कारण दैनिकी चलाउन समस्यामा परेका एक लाख १४ हजार ३१६ परिवारलाई राहत वितरण गरिएको छ । त्यस्तै, मुलुकभर ३० हजार ५०६ जना क्वारेन्टाइनमा राखिएका छन् । सरकारद्वारा जारी निषेधाज्ञाको उल्लङ्घन गर्ने दुई हजार ६ सय जनालाई सचेत गराएर छाडिएको, दुई हजार २३५ सवारी साधन तथा तिनका चालकलाई कारवाही गरिएको छ । 

बैठकले खाद्य वस्तुलगायत दैनिक उपभोग्य वस्तुको आयातलाई नियमित र व्यवस्थित गर्ने निर्णय गरेको छ । यद्यपि, आवागमनमा कडाई र निगरानी पनि बढाउने भएको छ ।

उनले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकभरका एक हजार ९३९ एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको जानकारी समेत दिए । उनले कोरोना प्रभावित जिल्लाको रुपमा कैलाली, कञ्चनपुर र बाग्लुङमा द्रूत परीक्षण पद्दति ‘आरडिटी’ मार्फत् परीक्षण गरिने जानकारी दिए ।

त्यस्तै, ‘आरडिटी’ परीक्षणमा ‘पोजेटिभ’ देखिएकालाई ‘पीसीआर’ मेशिनबाट विस्तृत परीक्षण गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । उनले डोटी, जुम्ला र अछाम जिल्लामा पनि ‘आरडिटी’ परीक्षण अगाडि बढाउने जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x