×

NMB BANK
NIC ASIA

खाना पकाउन बिजुलीको प्रयोग बढ्दै, विद्युत आयात रोकिएन

चैत २६, २०७६

NTC
Sarbottam
फाइल तश्वीर
Premier Steels
Marvel

मुलुकभर घोषणा गरिएको ‘लकडाउन’ले उद्योगधन्दा, कलकारखाना बन्द रहेको अवस्था भए पनि नेपालले भारतबाट अझै दैनिक दुई सय मेगावाट बिजुली आयात गरिरहेको छ ।

Muktinath Bank

लकडाउनका कारणले सबै उद्योग, प्रतिष्ठान, कलकारखाना, होटल, व्यवसाय तथा कार्यालय बन्द रहेको अवस्थामा नेपालको आन्तरिक उत्पादनले धान्न नसक्दा यस्तो गर्नुपरेको हो । मागअनुसारको आपूर्ति व्यवस्था मिलाउन भारतबाट बिजुली आयात गर्नु परिरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, 'अहिले पनि हामीलाई आन्तरिक रूपमा विद्युत्को आपूर्ति व्यवस्थापन गर्न असहज परिस्थिति भएकाले भारतबाट बिजुली लिइरहेका छौँ । त्यो नर्मल र पिकआवरमा पनि कम, बढी ल्याउने गरेका छौँ ।'


Advertisment
Nabil box
Kumari

लकडाउनपछि बिजुलीको घरेलु प्रयोग बढेकाले ‘सोचेजस्तो’ माग कम नभएको भन्दै कार्यकारी निर्देशक घिसिङले भने, 'नाकाबन्दीपछि नेपाली उपभोक्ताले भान्सामा बिजुलीको प्रयोग हुने सामग्रीको जोहो गरेर राखेकाले पनि लकडाउनका बेला बिजुलीको माग बढेको छ । हामीले सोचेजति उपभोक्ताको भान्सामा बिजुलीको प्रयोग नबढे पनि बिस्तारै ‘कुकिङ ह्याबिट’मा फेरबदल आइरहेको छ ।'

Vianet communication
Laxmi Bank

यो ‘ड्राइ सिजन’ हो । यस्तो सिजनमा हरेक वर्ष आन्तरिक उत्पादनले नपुग्ने भएपछि प्राधिकरणले भारतबाट आयात गरेर माग आपूर्ति व्यवस्थापन गर्दै आएको थियो । प्राधिकरण भार सम्प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईका अनुसार लकडाउनका बेला साँझको पिक आवरमा भारतबाट औसतमा दैनिकजसो २०० मेगावाट र बिहानको पिक आवरमा १५० मेगावाट आयात भइरहेको छ ।

उनले भने, 'हामीले अहिले पनि भारतबाट २४सै घण्टा आयात गरिराख्ने भनेको ८५ देखि ९५ मेगावाट हो तर साँँझको पिक आवरमा २०० मेगावाट र बिहानको पिक आवरमा १५० मेगावाटको हाराहारीमा ल्याउने गरेका छौँ ।'

भारतबाट नेपालले विभिन्न सन्धि, सम्झौताअनुसार पाउने निःशुल्क बिजुली र खरिद सम्झौताअनुसार पनि बिजुली ल्याउने गरेको छ । कोसी, गण्डकी तथा महाकाली सम्झौताअनुसार पाउने बिजुली र आन्तरिक उत्पादनले नपुग्ने भएपछि नेपालले सुक्खायाममा बिजुली किनेर ल्याउने गरेको छ ।

हरेक वर्ष सुक्खायाममा भारतबाट ल्याइने गरेकोभन्दा लकडाउनका बेला बिजुली आयात भने घटेको छ । कार्यकारी निर्देशक घिसिङले भने, लकडाउन नभएको भए हामी यो सुक्खायाममा दैनिकजसो ५०० मेगावाट जति बिजुली आयात गथ्र्यौं तर यसपटक निकै कम आयात भएको छ ।

खाना पकाउन बिजुलीको प्रयोग बढ्दै

हाल साँझको पिक आवरमा बिजुलीको माग ९५० मेगावाट छ भने बिहानको पिक आवरमा ७५० मेगावाट छ । मध्यरातितिर ४५० मेगावाट रहेको प्राधिकरण भार सम्प्रेषण केन्द्रले जानकारी दिएको छ ।

विगतका वर्षमा सुक्खायामको बिहानको रमा माग बढीमा ६०० मेगावाट हुने गरेको र साँझको पिक आवरमा ७०० मेगावाट हुने गरेको थियो । भार सम्प्रेषण केन्द्रका प्रमुख भट्टराईले भने, लकडाउनका बेला पनि बिजुलीको माग बिहान ७५० मेगावाट हुनु र साँझ ९५० मेगावाट पुग्नुको पछाडिको कारण भान्सामा इन्डक्सन चुलो, राइसकुकरजस्ता बिजुलीका साधनको प्रयोग बढ्नु नै हो जस्तो लाग्छ । दिउँसो माग घटेर ४५० आउने गरेकोले पनि साँझ, बिहान खाना पकाउने काम बिजुलीबाट हुने गरेको प्रस्ट देखिन्छ ।

सरकारले लकडाउनका बेला बिजुलीको खपतलाई बढाउन निश्चित रकम छुट दिने घोषणा गरेपछि भान्सामा बिजुलीको प्रयोग बढेको उनले दाबी गरे। उनले भने, 'बजारमा सहजै इन्डक्सन चुलो पाउने अवस्था भए अहिले पनि उपभोक्ताले बिजुलीको प्रयोग गर्न सक्थे होलान् तर लकडाउनका समय भएकाले यो अवस्था रहेन ।'

उपभोक्तालाई सस्तोमा इन्डक्सन चुलो बिक्री गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सात हजारभन्दा बढी चुलो लकडाउनकै अवधिमा बिक्री गरिसकेको छ । खाना पकाउने एलपी ग्यासभन्दा सस्तो र सरकारले बिजुलीमा अझै छुट दिने भएपछि इन्डक्सन चुलोको माग बढे पनि बजार नखुल्दा उपभोक्ताले सामान खरिद गर्न पाएका छैनन् ।  गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x