×

NMB BANK
NIC ASIA

हिजो दिनभर : अबको २ साता थप चुनौतीपूर्ण हुनसक्छ– प्रधानमन्त्री, सरकार थप प्रभावकारी हुनुपर्ने प्रचण्डको टिप्पणी

चैत २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अबको २ साता थप चुनौतीपूर्ण हुनसक्छ– प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो २ साता नेपालीका लागि थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् ।

Muktinath Bank

मंगलवार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउने केही साता साह्रो/गाह्रो सहँदा थप जीवन रक्षा गर्न सकिने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'आउने २ साता हाम्रा लागि थप चुनौतीपूर्ण हुनसक्छ । यो थप संक्रमण देखिन सक्ने अवधि मात्र होइन समुदायमा संक्रमण फैलिने जोखिमको अवधि पनि हो,' प्रधानमन्त्री ओलीले भने, 'आउने केही हप्ता केही साह्रो/गाह्रो सहँदा जीवन रक्षा गर्न सकिन्छ ।'


Advertisment
Nabil box
Kumari

संकटको कालो बादल अवश्य हटेर जाने विश्वास पनि प्रधानमन्त्री ओलीले व्यक्त गरे ।

Vianet communication
Laxmi Bank

विदेशमा रहेका नेपालीहरूतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, 'जो जहाँ छौं, त्यहीँ सुरक्षित रहौं । संकटको कालो बादल अवश्य हटेर जानेछ ।'

सामाजिक सञ्जाल र मिडियामा भैरहेका सरकारको आलोचनालाई प्रधानमन्त्री ओलीले कुप्रचार भने ।

'मिडिया र सामाजिक सञ्जालमा आउने गरेको आलोचनाप्रति मेरो ध्यान गएको छ,' प्रधानमन्त्री ओलीले भने, 'भ्रष्टाचार नगर्ने र गर्न नदिने सरकारको प्रतिबद्धतालाई यस्ता कुप्रचारले प्रभावित पार्ने छैन, कतै भ्रष्टाचार र अनियमितता देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किञ्चित पछि पर्ने छैन ।'

प्रधानमन्त्री ओलीले थपे, 'मेरो आग्रह छ, मानवजातिलाई नै चुनौती दिएको यस लडाईंमै ध्यान केन्द्रित गरौं, अन्य सामान्य काम स्थिति सामान्य बनेपछि गर्न सकिन्छ ।'

भाइरसलाई फैलिन नदिन लकडाउन अनिवार्य बनेको प्रधानमन्त्री ओलीले बताए ।

'भाइरसलाई फैलिन नदिन सामाजिक दुरी अत्यन्त प्रभावकारी विधि हो, सामाजिक दुरीका लागि लकडाउन अपरिहार्य छ,' प्रधानमन्त्री ओलीले भने ।

भारतीय सीमामा अड्किएका २ हजार १ सय ४७ नेपालीलाई उतै क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको भन्दै प्रधानमन्त्री ओलीले क्वारेन्टाइन अवधि पार गरेपछि चेकजाँच गरेर नेपाल प्रवेश गर्न दिइने बताए ।

नेपालतर्फ पनि ७ सयजना भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखिएको उनको भनाइ थियो ।

स्वास्थ्य सामग्री खरिदमा ओलीको स्पष्टिकरण, सरकार थप प्रभावकारी हुनुपर्ने प्रचण्डको टिप्पणी


सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा स्वास्थ्य सामग्री खरिद प्रकरणका बारेमा चर्चा भएको छ । केही साता अघि स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग सम्झौता गरेर खरिद गरेको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको आवाज बाहिर उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा सरकारको बचाउ गरेका छन् ।

‘प्रधानमन्त्रीज्यूले भ्रष्टाचार नभएको भनेर धेरै लामो स्पष्टिकरण दिनुभएको छ,’ नेकपाका एक सचिवालय सदस्यले लोकान्तरसँग भने, ‘उहाँले पहिला आफूलाई जानकारी नभएको तर पछि बाहिर हल्ला हुन थालेपछि आफूले यसलाई नजिकबाट हेर्दा भ्रष्टाचार नभएको पाएको बताउनुभयो ।’

करीब ५ घण्टा चलेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले डेढ घण्टा भन्दा बढी स्वास्थ्य सामग्री खरिद प्रक्रियाकै बारेमा बोलेका थिए ।

बैठकमा सदस्यहरूले कोभिड १९ रोकथाम र नियन्त्रणका लागि सरकारले गरेका कामहरूका बारेमा छलफलसमेत गरे । छलफलको शुरुवात कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उप-प्रधानमन्त्री ईश्वर पोखरेलले ब्रिफिङबाट गरेका थिए । उनले समिति बनेदेखि केके काम भए त्यसको फेहरिस्त सुनाएका थिए ।  

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरेका कामहरू प्रभावकारी रहेको भन्दै यसलाई थप प्रभावकारी बनाउन सुझाव दिएका थिए । ‘सरकारले जेजे गर्नुपर्थ्यो त्यो गरिरहेको छ,’ प्रचण्डको भनाइ उधृत गर्दै एक सचिवालय सदस्यले लोकान्तरसँग भने, ‘यसलाई थप प्रभावकारी बनाउन र बाहिर आएका आलोचनाहरू चिर्न अझ बढी लाग्नुपर्ने आवश्यकता मैले देखेको छु ।’

प्रचण्डले यो संकटको घडीमा राष्ट्रिय एकता पैदा भएको टिप्पणी गरेका थिए । ‘प्रतिपक्ष, जनता, आम समूदाय एकै ठाउँमा उभिएका छन्, यस्तो बेलामा सरकार र पार्टी दुवैले नेतृत्वदायी भूमिका खेल्नुपर्छ,’ प्रचण्डको भनाई थियो ।

अन्य सचिवालय सदस्यहरूले कोरोना त्रासका कारण जनताको जनजीवन नराम्ररी प्रभावित भएको भन्दै सरकारलाई थप कदमहरू चाल्न सुझाएका थिए ।

बैठक कोरोना रोकथाम र नियन्त्रणकै विषयमा केन्द्रित रहेको ती सचिवालय सदस्यले लोकान्तरलाई बताए । ‘अहिलेको मुख्य कुरा नै त्यही हो, यस बाहेक अन्य विषयमा छलफल गर्ने कुरै भएन,’ उनले भने ।

नेकपा सचिवालयकाे निष्कर्ष: काेराेना नियन्त्रणका लागि सरकारले चालेकाे कदम ठीक छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयले कोरोना भाइरस रोकथामका लागि सरकारले चालेका कदम र नीति सही रहेको निष्कर्ष निकालेको छ।

कोरोना रोकथामका लागि मुलुक लकडाउनको अवस्थामा रहेका बेला सत्तासिन नेकपाको सचिवालय बैठक मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। 

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयुक्त अध्यक्षतामा बसेको बैठकमा नेताहरुले सरकारी कदमलाई अझ प्रभाकारी रूपमा अघि बढ्न सुझाव दिए।
प्रम ओलीले कोरोना  रोकथाम, नियन्त्रण र उपचारमा सरकारका विभिन्न निकायले गरेका प्रयास एवं हासिल भएका उपलब्धिहरूको बारेमा जानकारी गराएका थिए।

बैठकमा सचिवालय सदस्य, उपप्रधान तथा रक्षामन्त्री एवं उच्चस्तरीय निर्देशन समितिका संयोजक ईश्वर पोखरेलले  कोरोना भाइरसको संक्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएको कामहरूको विस्तृत जानकारी गराए।

प्रम ओलीले प्राप्त सुझावलाई कार्यान्वयनमा ध्यान दिने बताएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

 

कारोनाको उपचारमा संलग्नको मृत्यु भएमा ५० लाख दिने निर्णय

प्रदेश १ सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको मृत्यु भएमा ५० लाख दिने निर्णय गरेको छ।

 मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको बैठकले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न सरकारी वा गैरसरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका कर्मचारीको कोरोना रोगबाट मृत्यु भएमा निजको परिवारलाई एकमुष्ट  ५० लाख प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी कोभिड–१९ नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा प्रदेश सरकार वा सो मातहतका निकायले खटाएका स्वास्थ्य क्षेत्रका जनशक्तिलाई नेपाल सरकारले निर्धारण गरेबमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए।

प्रदेश सरकारले २०७७ वैशाख १ गतेदेखि २०७७ चैत मसान्तसम्म एक वर्षभरिमा प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालयको  सार्वजनिक, प्रदेशस्तरीय पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गरी  वार्षिक क्यालेण्डर पनि स्वीकृत गरेको छ ।

 

थप तीन जिल्लामा परीक्षणको दायरा बढाइने, १ हजार ९ सय एम्बुलेन्स तयारी अवस्थामा

सरकारले कोरोना संक्रमणको सम्भावना बढी देखिएका तीन जिल्ला डोटी, अछाम र जुम्लामा परीक्षणको दायरा बढाउने निर्णय गरेको छ।

मंगलबार बसेको कोरोना संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरिय समितिको बैठकले संक्रमणको बढी सम्भावना भएका तीन जिल्लामा परीक्षणको दायरा बढाउने निर्णय भएको प्रधामनन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं समितिका सदस्य सचिव नारायणप्रसाद विडारीले जानकारी दिए ।

सरकारले यसअघि कैलाली, कञ्चनपुर र बाग्लुङमा तीब्र परीक्षण गर्ने निर्णय गरेको थियो। सरकारले देशभरका १ हजार ९ सय ३९ एम्बुलेन्सलाई उनीहरुका संगठन तथा जिल्ला प्रसशान कार्यालय मार्फत तयारी अवस्थामा राख्ने निर्णय गरेको उनले बताए।

लकडाउनको अबस्थामा दूध र तरकारी बोक्ने भन्दै यात्रु तथा अन्य सामाग्री ओसार्ने २ हजार २ सय ३५ सवारी साधनलाई कारवाही गरिएको उनले बताए। सरकारले नेपालबाट हुने अन्तराष्ट्रिय हवाइ उडानमा अप्रिल ३० तारिकसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

यसअघि अप्रिल १५ सम्म प्रतिबन्ध लगाइएकोमा ३० तारिकसम्म अन्तराष्टिय हवाइ उडानमा प्रतिबन्ध लगाइएको सचिव विडारीले जानकारी दिए। अप्रिल १५ सम्म रोक लगाइएको आन्तरिक उडान भने कहिलेसम्म रोक लगाउने भन्नेवारे निर्णय भएको छैन।

 

कांग्रेसले भन्यो– स्वास्थ्य सामग्री अनियमिततामा संलग्नलाई पदमुक्त गर, परीक्षणको दायरा बढाऊ

नेपाली कांग्रेसले कोरोनाभाइरस (कोभिड १९) परीक्षणको दायरा व्यापक मात्रामा बढाएर युद्धस्तरमा काम गर्न सरकारलाई अपिल गरेको छ ।

कांग्रेसको मंगलवार बसेको पदाधिकारी बैठकले पर्याप्त समय पाउँदा पनि सरकारले आवश्यक तयारी नगरेको निष्कर्ष समेत निकालेको छ ।

बैठकमा पार्टी पदाधिकारीका अलावा प्रतिनिधि सभाका प्रमुख सचेतक र राष्ट्रिय सभा दलका नेता समेत सहभागी थिए ।

'समय पर्याप्त पाएर पनि पर्याप्त तयारी नगरिनुलाई अत्यन्तै दुःखद् रूपमा लिँदै बैठकले संक्रमण दोस्रो चरणमा प्रवेश गरेको स्थितिलाई गम्भीरतापूर्वक लिएर परीक्षणको दायरा तत्काल व्यापक रूपले बढाएर युद्धस्तरमा कार्य गर्न सरकारलाई अपिल गरेको छ,' बैठकपछि कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडैलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बैठकले स्वास्थ्य सामग्री खरिद अनियमिततामा संलग्नलाई पदमुक्त गर्न माग गर्नुका साथै उनीहरूलाई छानबिन र कारवाहीको दायरामा ल्याउन पनि अपिल गरेको छ ।

यसैगरी सीमामा आएर नेपाल प्रवेश गर्न नपाएका नेपालीहरूलाई व्यवस्थित रूपमा क्वारेन्टाइनमा राख्ने तयारी गरी देश भित्रिन दिन समेत कांग्रेसले माग गरेको छ ।

 

स्वास्थ्य सामग्री ल्याउनका लागि सेनाले कसरी गर्दैछ तयारी, कहिले आइपुग्छ ?

कोरोनाभाइरस (कोभिड– १९) को उपचार यस विरुद्धको पूर्व सतर्कतामा प्रयोग हुने स्वास्थ्य उपकरण ल्याउने जिम्मा सरकारले नेपाली सेनालाई दिएपनि सामान ल्याउन केही समय लाग्ने देखिएको छ ।

लिस्ट बनाउने, नेपालस्थित विदेशी दूतावासहरूलाई पत्र पठाउने र दूतावासमार्फत प्राप्त हुने कोटेसन हेरेर सामान ल्याउने काम गर्दा ढिला हुने देखिएको हो ।

सामान कहिलेसम्ममा ल्याउन सकिन्छ भन्ने कुरा अहिल्यै भन्न नसकिने सेनाले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता साहयक रथी विज्ञानदेव पाण्डेका अनुसार सेनाले अहिले आवश्यक स्वास्थ्य सामग्रीहरूको लिस्ट तयार पारेको छ ।

नेपालमा नपाइने औषधि र उपकरणहरू खरिदका लागि जीटूजीमार्फत प्रक्रिया अघि बढाउन लागेको सेनाले जनाएको छ ।

प्रवक्ता पाण्डेले लोकान्तरसँग भने, ‘हामीले लिस्ट तयार पारिसकेका छौं, अब नेपालमा रहेका राजदूतावासहरूलाई पत्र पठाउँदैछौं ।’

सेनाले दूतावासलाई पत्र पठाइसकेपछि उनीहरूले कुन औषधि र उपकरण उपलब्ध गराउने भन्ने प्रतिबद्धता जनाउँछन् त्यही आधारमा खरिद प्रक्रिया अगाडि बढाउने र त्यसकै आधारमा समय निर्धारण हुने प्रवक्ता पाण्डेले लोकान्तरलाई बताए । 

गत चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले कोरोनाभाइरस (कोभिड १९) को रोकाथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकार–सरकार सम्झौता अर्थात् जीटुजी विधिबाट खरिद गर्ने निर्णय गरेको थियो ।

खरिद प्रक्रियाका दौरानमा सेनाले विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त सामग्री मात्र खरिद गर्ने, मध्यस्तकर्ताको प्रयोग नगर्ने, गुणस्तरमा कुनै सम्झौता नगर्ने, प्रतिस्पर्धात्मक शैलीद्वारा मूल्य निर्धारण गर्ने, सामग्री र यातायातको छुट्टाछुट्टै मूल्य निर्धारण गर्ने र समय सीमाभित्र आपूर्तिकर्ताबाट आपूर्तिको व्यवस्था गर्ने योजना रहेको सेनाले जनाएको छ । 

सार्वजनिक खरिद ऐन तथा नियामावलीको परिधिभित्र रहेर पारदर्शिता र मितव्ययी ढंगबाट व्यवस्था गर्न सर्वपक्षीय औषधि, उपकरण तथा स्वास्थ्य सामग्री खरीद व्यवस्थापन समिति गठन गर्ने योजना अनुसार कार्य अघि बढाएको र

खरिद गरिने सामग्रीको गुणस्तर निर्धारणका लागि विभिन्न मन्त्रालयका पदाधिकारी सहितको गुणस्तर नियन्त्रण समिति गठन गरी कार्यसम्पादन गर्ने योजना रहेको प्रवक्ता पाण्डेले बताए ।
 

अनिश्चितकालका लागि स्थगित भयो कक्षा ११ र १२ को परीक्षा
कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको मंगलवार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

कक्षा १२ को परीक्षा आगामी वैशाख ८ र १२ को परीक्षा वैशाख २१ गतेदेखि गर्ने तय भएको थियो ।

कोरोनाभाइरस (कोभिड– १९) का कारण अहिले मुलुक 'लकडाउन'मा छ ।

कोरोनाको संक्रमण फैलिनसक्ने जोखिमलाई मध्यनजर गर्दै एसईई परीक्षा समेत यसअघि नै स्थगित भइसकेको छ ।

नेपालमा हालसम्म ९ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि सरकारले गरिसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x