मंसिर ४, २०८०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
त्रिभुवन विश्वविद्यालयका चार केन्द्रीय विभागले नेपालमा देखिएको कोरोना भाइरस (कोभिड–१९)को अनुसन्धान गर्ने भएका छन् । त्रिविको माइक्रोबायोलोजी, बायोटक, बायोमेटरियल र फिजिक्स केन्द्रीय विभागले कोरोना भाइरसको अनुसन्धान गर्न लागेका हुन् ।
त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले नेपालमा देखिएको कोरोना भाइरसको अध्ययन गर्न चार केन्द्रीय विभागलाई निर्देशन दिइसकेको बताए । नेपालमा देखिएको कोरोना कतिको शक्तिशाली छ, यसका कमजोरी के हो, यसलाई कसरी परास्त गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न निर्देशन दिएको उनले बताए ।
केन्द्रीय विभागहरूलाई अनुसन्धानका लागि प्रस्तावना मागेको बाँस्कोटाले बताए । उनले भने, ‘अनुसन्धानका लागि स्रोत हामी (केन्द्र) दिन्छौँ, अहिले तीनवटा प्रदेशमा देखिएको छ, भोलि सबैतिर फैलिएमा सातै प्रदेशमा अनुसन्धान गर्ने गरी प्रस्तावना मागेको छु ।’ अहिलेसम्म तीनवटा प्रदेशमा कोरोना भाइरसका नौजनामा संक्रमण देखिएको छ । त्रिविले अहिले सबै केसलाई अनुसन्धान गर्ने र संक्रमण फैलिएमा सबै प्रदेशलाई समेट्ने गरी नमुना छनोट गरी अनुसन्धान गर्न निर्देशन दिएको बाँस्कोटाले बताए । उनले कोरोनाको नालीबेली पत्ता लगाउने गरी अनुसन्धान हुने बताए । नेपालको कोरोना र अन्य देशको कोरोना भाइरसबीच तुलनात्मक अध्ययन हुने उनले बताए । नेपालका छिमेकी भारत, चीन तथा पश्चिमा देशमा देखिएका कोरोना भाइरससँग तुलना गरी अध्ययन गर्ने त्रिविको योजना छ । अहिले सानो नमुना छनोट गरी पछि विस्तार गर्ने त्रिविका पदाधिकारीको भनाइ छ । आवश्यक सामग्री जुटाएर तत्काल अनुसन्धान सुरु गर्ने उनले बताए । अनुसन्धानका लागि कति जनशक्ति खटिने, कहिलेसम्म अनुसन्धान गर्नेलगायत तयारी केन्द्रीय विभागहरूले गरिरहेका छन् ।
कोरोना परीक्षण गर्न त्रिविका आफ्नै उपकरण र जनशक्ति
कोरोना भाइरस परीक्षण गर्न त्रिविसँग आफ्नै जनशक्ति र उपकरण छन् । त्रिविसँग कोरोना परीक्षण गर्ने तीन ल्याब र आवश्यक जनशक्ति रहेको उपकुलपति बाँस्कोटाले बताए । यसका लागि त्रिविमा माइक्रोबायोलोजी, बायो टेक्नोलोजी केन्द्रीय विभाग र बायो मटरियल युनिट तयारी अवस्थामा राखिएका छन् । कोरोना भाइरस परीक्षण गर्न सक्ने त्रिविसँग तीनवटा ल्याब छन् । कोरोना भाइरस परीक्षण गर्न सकिने उपकरण (रियल टाइम पिसिआर मेसिन) हुन् । कोरोनाको परीक्षण भइरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाजत्तिकै सुविधायुक्त ल्याब त्रिविसँग छ । विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि प्रयोग भएका तीन ल्याबबाट कोरोना भाइरस परीक्षण गर्न सकिन्छ ।
लिट्रेचर रिभ्यु गर्दै छौँ : बन्जरा
त्रिविको माइक्रोबायोलोजी केन्द्रीय विभाग प्रमुख एसोसिएट्स प्रोफेसर मेघराज बन्जराले कोरोना भाइरसका विषयमा अहिले लिट्रेचर रिभ्यु सुरु गरेको बताए ।कोरोना भाइरस, जेनेटिक्स, रेसिस्टेन्टलगायत रिसर्चका धेरै एरिया रहेको बताए । उनले भने, ‘रिसर्चको काम सुरु गरिसकेका छौँ, तर केस थोरै भएकाले हाइफोथेसिस बनाइहाल्ने वेला भएको छैन ।’ त्रिविसँग सीप र उपकरण भएकाले बाहिरका विश्वविद्यालयसरह अनुसन्धान गर्न सक्ने उनको दाबी छ ।
स्वास्थ्य मन्त्रालयले दिएन जवाफ
त्रिविले आवश्यक परेको खण्डमा आफ्ना तीन विभागका ल्याब र जनशक्ति काम गर्न तयारी अवस्थामा राखेको उपकुलपति बाँस्कोटाले बताए । विश्वविद्यालयले आफूसँग भएका ल्याब र जनशक्तिको विषयमा स्वास्थ्य मन्त्रालयलाई पत्रमार्फत जानकारी पनि गराइसकेको छ । पत्र पठाएपछि पनि तीन विभागका प्रमुख र स्वास्थ्यसचिवबीच त्रिविले गर्न सक्ने कामका विषयमा छलफल भएको थियो । स्वास्थ्य मन्त्रालयले छलफलमा आवश्यक परेमा सहयोग लिने भने पनि हालसम्म सहयोग मागेको छैन ।
त्रिवि छात्रावासका विद्यार्थीलाई खान समस्या
त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा रहेको होस्टेल र बाहिर भाडामा बस्दै आएका विद्यार्थी समस्यामा परेका छन् । लकडाउनका कारण घरबाट रकम नआएपछि उनीहरू समस्यामा परेका हुन् । केही विद्यार्थी घर गए पनि छात्र ७० र छात्रा १९ जना होस्टेलमा बस्दै आएका छन् ।
कीर्तिपुरस्थित होस्टेलमा बस्दै आएका त्रिवि स्नातकोत्तर तह शिक्षाशास्त्र संकाय चौथो सेमेस्टर अध्ययनरत हेमराज थापाले लकडाउनका कारण घरबाट पैसा नआएकाले समस्यामा परेको बताए । सामान किन्ने पैसा अभाव भएपछि विद्यार्थीलाई विश्वविद्यालय क्याम्पस प्रिन्सिपल कार्यालयले केही दिनअघि पाँच–पाँच किलो चामल र केही संस्थाले एक–दुई दिनलाई पुग्ने चामल–दाल दिएका थिए ।
‘घरबाट पैसा नआएपछि खाद्यान्न अभाव भएको छ,’ उनले भने, ‘अरूले दिएको चामल र दालले केही दिन राहत भयो, अब फेरि समस्या हुन थालेको छ ।’ होस्टेलबाहिर कीर्तिपुर क्षेत्रमै भाडामा बस्ने त्रिवि केन्द्रीय विभागमा अध्ययन गर्ने विद्यार्थीसमेत समस्यामा छन् । छात्रावासबाहिर भाडामा बस्दै आएका त्रिविका विद्यार्थी रामप्रसाद शर्माले बाहिर निकै कठिन भएको बताए । लकडाउनका कारण घरबाट रकम नआउँदा खाद्यान्न र ग्यासको समेत अभाव भएको उनले बताए । कीर्तिपुर नगरपालिकाका मेयरलाई ध्यानाकर्षण गराउँदासमेत कोठाभाडामा बस्नेलाई राहत नदिने र स्थानीय बासिन्दालाई मात्र दिने बताएको गुनासो गरे । नयाँ पत्रिकामा खबर छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...