×

NMB BANK
NIC ASIA

पर्यटन क्षेत्रको र२५ अर्ब लगानी संकटमा

चैत २६, २०७६

NTC
Sarbottam
फाइल तश्वीर
Premier Steels
Marvel

गौतम बुद्धको जन्मस्थान लुम्बिनी, सिद्धार्थनगर र यसको आसपासका होटल तथा पर्यटन व्यवसायीले गरेको रु २५ अर्बको लगानी संकटमा परेको छ ।

Sagarmatha Cement
Muktinath Bank

कोभिड–१९ को सम्भावित सङ्क्रमणका कारण सरकारले घोषणा गरेको बन्दाबन्दीले लुम्बिनी, बुटवल, तिलोत्तमा र भैरहवामा अहिले सानाठूला करीब ३०० होटल तथा रेष्टुरेन्ट एवं १०० ट्राभल एजेन्सी बन्द  छन् । यसले पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न सघाउ पुर्‍याएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्भावित सङ्क्रमणका कारण नेपाल भ्रमण वर्ष २०२० यसअघि नै सरकारले स्थगन भएको  घोषणा गरेको थियो । जिल्लामा  २५ तारे होटेल मात्रै  छन् । यसमा आश्रित लगभग सात हजार कर्मचारी र उनका परिवारमा पनि दैनिक गुजारा चलाउन समस्या परेको छ । 


Advertisment
Nabil box
Kumari

तिलोत्तमामा सिल्भर हेरिटेज ग्रुपको रु तीन अर्ब लगानी रहेकोे पाँचतारे होटल टाइगर प्यालेस १५ दिन यतादेखि पूर्णरुपमा बन्द  छ । होटलमा काम गर्ने सात सय कर्मचारीलाई पनि होटल व्यवस्थापनले अहिले बिदा दिएको छ । 
दैनिक रु ३५ लाखको कारोवार हुने सो होटलमा क्यासिनोसमेत छ । होटेलमा  मासिक  रु ३५ हजारभन्दा बढी भारतीय पर्यटक आउने बताइएको छ । होटलका सूचना अधिकारी रणधीर यादव होटलमा ठूलो नोक्सानी भएको बताउनुहुन्छ । यहाँबाट आश्रित कर्मचारीको परिवारलाई समेत समस्या परेको छ । 

Vianet communication
Laxmi Bank

णिग्राममा रहेको चारतारे होटल ड्रिम ल्याण्ड गोल्ड रिसोर्ट पनि झन्डै  रु एक अर्ब लगानीमा  सञ्चालनमा रहेको होटल हो । होटलले पनि आफ्ना २०० कर्मचारीलाई बिदा दिएको छ । होटलका सञ्चालक तथा होटल व्यवसायीको छाता संगठन होटल एशोसियशन अफ नेपाल (हान)का केन्द्रीय सदस्य गोपाल रानाले होटेल पर्यटनको आधार भएको उल्लेख गर्दै यसले सबैलाई मारमा पारेको छ भने। 

उहाँले नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि  धेरै लगानी खर्च गरेका होटल व्यवसायीलाई अहिलेको महामारीले ठूलो घाटामा पुर्‍याउने बताए । 

बुटवलमा होटल क्लब डेनभो, एभिन्यू, होटल टुलिप जस्ता ठूला होटल अहिले बन्द छन् । भैरहवा क्षेत्रका तारे होटलमध्ये होटल निर्माण, होटल नान्स, होटल मौर्य, होटल रेडसन, होटल यती, होटल ह्वाइट लोटस पनि लकडाउनपछि पूर्ण रुपमा बन्द छन् । लुम्बिनी क्षेत्रमा रहेका होटल पवन प्यालेस, होटल होक्के, होटल कसाई, होटल बुद्धमाया गार्डेनलगायत होटल सबै बन्द रहेको सिद्धार्थ होटल एसोशियसन रुपन्देहीले जनाएको छ ।

पछिल्लो समय रुपन्देहीमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलका कारण पनि नयाँ होटल खुल्ने क्रम जारी छ छ ।  अहिले विश्वमा आएको कोरोना महामारीले गर्दा भने सबैलाई निराश बनाएकोे सिद्धार्थ होटल एशोसियशन रुपन्देहीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताउनुभयो ।   “सरकारले होटलमा लगानी रहेको बैंकको मासिक व्याज, बिद्युत र बैंकको मासिक किस्तामा सहुलियत दिनुपर्छ”,  श्रेष्ठले माग गरे । 

होटेल न्यू इरा बुटवलका सञ्चालक माधव नेपालले बन्दाबन्दीका कारण होटेल व्यवसायीलाई लगानीको ब्याज तिर्न समस्या हुने बताए।   नेपालको पैदलमार्ग हुँदै धेरै पर्यटक आउने बेलहियासमेत रुपन्देहीमा पर्ने भएकाले यहाँ वार्षिक स्वदेशी र विदेशी गरी २० लाख पर्यटक आउने गरेको सिद्धार्थ होटल एशोसियशनको तथ्याङ्कमा उल्लेख छ  ।

 बर्दियाको पर्यटन प्रभावित
धम्बोझी– कोरोना भाइरसका कारण प्रदेश नं ५ को प्रमुख पर्यटकीय केन्द्र बर्दियाको पर्यटन क्षेत्र प्रभावित भएको छ । बर्दियामा खुलेका ठूला तथा साना होटल अहिले लकडाउनका कारण सुनसान छन् ।   

बर्दिया सदरमुकाम गुलरिया र  पर्यटकीय केन्द्र ठाकुरद्वरामा सञ्चालित ठूला सुविधासम्पन्न होटलको कारोवार अहिले शून्यमा झरेको गुनासो पर्यटन व्यवसायीले  गरेका छन् ।  गुलरिया र ठाकुरद्वारा राष्ट्रिय निकुञ्जमा पर्यटकलाई लक्षित होटल सुनसान रहेको होटल व्यवसायी संघ बर्दियाका अध्यक्ष तुलसी तिमिल्सेना बताउँछन्।

 गुलरियामा विजया गेष्ट हाउस, होटल मिर्मिरे र  होटल कृष्णसार तथा ठाकुरद्वारास्थित राष्ट्रिय निकुञ्जका क्षेत्रमा टाइगर टप, बर्दिया टाइगर रिसोर्ट, गैँडा क्याम्प, टाइगर रिसोर्टलगायत दर्जनाँै होटल मर्कामा परेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज भम्रणमा लकडाउनअघि आएका कतिपय विदेशी पर्यटक  अन्तरराष्ट्रिय हवाई उडान रोकिएका कारण अलपत्र परेको अध्यक्ष तिमिल्सेना बताउनुहुन्छ । होटल बन्द हुँदा कामदार र  कर्मचारीलाई तलव खुवाउन र बैंकको किस्ता तिर्न  गाह्रो भएको उनले चिन्ता व्यक्त गरे । कमल रायमाझी र मेनका चौधरी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x