×

NMB BANK
NIC ASIA

राहत र उद्धारमा सङ्घ र प्रदेशका सांसद

चैत २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न लकडाउन जारी भएका बेला जिल्लाका सङ्घीय तथा प्रदेश सांसदले स्थानीय तहमा राहत वितरण अभियान थालेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यले पहिलो चरणको राहत अभियानअन्तर्गत मण्डनदेउपुर नगरपालिकाबाट मास्क र स्यानिटाइजर वितरण अभियान थालेका हुन् ।
      
प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले छ स्थानीय तहका लागि ९८० स्यानिटाइजर र ८५० सर्जिकल मास्क उपलब्ध गराउनुभएको छ । उक्त सामग्री सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घ र अनेरास्ववियु काभ्रेपलाञ्चोकले सम्बन्धित स्थानीय तहका जनप्रतिधिलाई वितरण गरेका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

बाँस्कोटाले हाल आफूसँग उपलब्ध भएको स्वास्थ्य सामग्री राहतको पहिलो चरणअन्तर्गत वितरण गरिएको जनाउँदै भन्नुभयो, “जिल्लामा आवश्यक पर्ने सबै प्रकारको सहयोग गर्न तत्पर छु, खाद्यान्नसहितको थप राहत सामग्री यही हप्ता उपलब्ध हुँदैछ, सङ्क्रमणको जोखिम अन्त नभएसम्म यो निरन्तर चलिरहन्छ ।” यसअघि उहाँले लकडाउनमा धादिङमा फसेका काभ्रेपलाञ्चोकका ३४ मजदुरलाई स्वास्थ्य जाँच गरी घर फर्काउन पहल गर्नुभएको थियो ।
 
अर्का प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर दोङले पनि राहतको पहिलो प्याकेज जनाउँदै मङ्गलबार खानीखोला गाउँपालिकमा ८००, पनौती नपामा ६०० र बेथानचोक गाउँपालिकामा २०० मास्क वितरण गर्नुभएको छ । दोङले भन्नुभयो “राहत सङ्कलन तथा वितरणको काम जारी राख्नेछौँ”, उहाँ हाल स्थानीय तहमा राहतका लागि खाद्यान्न सङ्कलनमा लागेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्साल पाँचखाल नपा–१३ स्थित कोशीदेखाका २० परिवारका लागि खाद्यान्न र स्टेशनरी सामग्री वितरण गरेर स्थानीय तहद्वारा राहत वितरणको अनुगमन थालेका छन् । लम्सालले “स्थानीय तहको राहतबारे जनताको भनाइबारे अनुगमन पनि गर्नेछौँ ।' प्रदेश सरकारले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि नपालाई रु १२ लाख र गाउँपालिकालाई रु १० लाख सहयोगसम्बन्धी स्थानीय तहका विपत्का कार्यविधि, योजना र कार्यान्वयनबारे अनुगमन गर्ने जिम्मेवारी प्रदेशसभा सदस्यलाई तोकेको छ ।
 
अर्का प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईंले एक महिनाको तलब प्रदेश सरकारको जम्मा गरी आफ्नो निर्वाचन क्षेत्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीका लागि पिपीई व्यवस्थापनमा लागेका छन् । हुमागाईंले भने, “दाता व्यक्ति तथा संस्थालाई स्थानीय तहसँग राहतका लागि समन्वय गरिरहेको छु ।” जिल्लास्थित अन्य प्रदेशसभा सदस्यले आफूहरु राहतबारे समन्वय गरिरहेको बताएका छन् । 


Advertisment
Nabil box
Kumari

वाग्मती प्रदेश सरकारले प्रदेशसभा सदस्यको आधा महिनाको तलब विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ । जिल्लामा छ नपा र सात गाउँपालिका तथा दुई सङ्घीय सांसद तथा पाँच प्रदेशसभा सदस्य छन् ।  राजकुमार पराजुली,रासस

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x